काठमाडौं, ७ कात्तिक
सगरमाथाको सफल आरोहण गर्ने प्रथम महिला आरोही जुनको तावेईको निधन भएको छ । उनको ४ कात्तिकमा जापानमै निधन भएको नेपाल पर्वतारोहण संघले पुष्टि गरेको छ । ‘उहाँ केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो,’ संघका अध्यक्ष आङछिरिङ शेर्पाले भने, ‘२० अक्टोबरमा निधन भएको छ ।’ २७ सेप्टेम्बर १९३९ मा जन्मिएकी तावेईले १६ मे १९७५ मा सगरमाथा चुचुरो चुमेकी थिइन् । उनले सगरमाथामा पाइला टेकेको ९ दिनपछि तिब्बती साइडबाट एक तिब्बती महिला आरोही शिखर पुग्न सफल भएको शेर्पाले जानकारी दिए ।

नेपाल प्रवद्र्धनकी हिमायती
सगरमाथाको सफल आरोहणपछि तावेई विश्वभर महिला सशक्तीकरण र पर्वतारोहण प्रवद्र्धनमा सक्रिय रहिन् । संघका अनुसार उनी नेपालमा हिमाल र पर्वतीय पर्यटनसँग सम्बन्धित हरेक निमन्त्रणा स्वीकार गर्दै नेपाल आउँथिन् । त्यति मात्र होइन, विश्वभर हुने प्रवद्र्धनात्मक कार्यक्रममा नेपाल र नेपालका हिमालको प्रचार–प्रसारमा सक्रिय रूपमा लाग्नेगरेको शेर्पाले जानकारी दिए ।

१९६९ देखि पर्वतारोहणमा
तावेई सन् १९६९ मा लेडिज क्लाइमिङ क्लब स्थापना गरी पर्वतारोहण क्षेत्रमा प्रवेश गरेकी थिइन् । त्यसपछि जापानका हिमाल आरोहण गर्दै आरोहणको यात्रा प्रारम्भ गरेकी थिइन् । सन् १९७५ मा सगरमाथाको सफल आरोहण गर्ने क्रममा उनले सगरमाथाका प्रथम आरोही सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा गएकै रुट प्रयोग गरेकी थिइन् । सगरमाथामा पुरुषले पाइला टेकेको २२ वर्षपछि तावेईले प्रथम महिलाका रूपमा सगरमाथा चढ्न सफल भएकी थिइन् । तावेईले नेपालको मनास्लु, चोयुलगायत थुप्रै साना हिमालको समेत सफल आरोहण गरेकी थिइन् । उनी सात महादेशका सबै उच्च चुचुराको सफल आरोहण गर्न सफल प्रथम महिलासमेत हुन् । तावेई पछिल्लो समय एक कम्पनीमार्फत वातावरण संरक्षणसम्बन्धी गतिविधिमा सक्रिय थिइन् ।

भूकम्पपछि पर्यटन पुनरुत्थानमा तावेईको योगदान
१२ वैशाख २०७२ पछि पनि उनी दुईपटक नेपाल आइसकेकी थिइन् । नेपाल पर्वतारोहण संघले सेप्टेम्बर २०१५ मा तावेईले सगरमाथा आरोहण गरेको ४०औँ वर्ष पूरा भएको अवसरलाई विशेष रूपमा मनाएको थियो । त्यसपछि ल्होत्से र मनास्लु आरोहणको हीरक महोत्सव बनाउने क्रममा पनि उनी नेपाल आएकी थिइन् । ‘भूकम्पपछि नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वभर पु¥याउन उहा“को ठूलो योगदान रहेको छ,’ अध्यक्ष शेर्पाले भने, ‘त्यसवेला सगरमाथा आधार शिविरदेखि अन्नपूर्ण चितवनसम्म पुगेर हौसला बढाउनुभएको थियो ।’

Comments
Post a Comment