दुर्गम क्षेत्रमा नियमित उडानको अनुमति लिने, तर बढी नाफा आउने भएपछि नियमित उडानको साटो चार्टर्ड उडान धेरै गर्ने आरोप विमान कम्पनीहरूमाथि छ
अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, ३ मंसिर
वायुसेवा कम्पनीले दुर्गम इलाकाका गन्तव्यमा नियमित उडानको साटो चार्टर्ड उडानलाई प्राथमिकता दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कडाइ गर्न थालेको छ । प्राधिकरणबाट वायुसेवा कम्पनीले नियमित उडानको तालिका लिने, तर त्यसअनुसार उडान नगर्ने प्रवृत्ति बढेपछि कडाइ गर्न लागिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । वायुसेवा कम्पनीहरूले नाफामूलक सुगम र पर्यटकीय गन्तव्यका विमानस्थललाई प्राथमिकता दिँदै उडान गरिरहेको गुनासो बढेको छ ।

चार्टर्ड उडानको अनुमति अब मुख्य कार्यालयबाट
स्रोतका अनुसार नियमित उडान गर्ने गरी अनुमति लिएका सबै वायुसेवा कम्पनीले अब चार्टर्ड उडानको अनुमति लिन प्राधिकरणको मुख्य कार्यालय धाउनुपर्ने भएको छ । यसअघि उक्त अनुमति सीधै विमानस्थलबाट प्राप्त हुने प्रावधान थियो । वायुसेवा कम्पनीले दुर्गम इलाकाका विमानस्थलमा नियमित उडान नगर्ने, तर यात्रु भने चार्टर्ड उडानबाट ओसार्ने प्रवृत्ति बढेपछि कडाइ गर्न थालिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

प्राधिकरणले बुधबार वायुसेवा कम्पनीहरूलाई एक सर्कुलर जारी गर्दै चार्टर्ड उडानको अनुमति प्राधिकरणस्थित उडान अनुमति शाखाबाटै लिनुपर्ने जानकारी गराएको छ । चार्टर्ड उडानको अनुमति दिँदा कम्पनीले यसअघि लिएको तालिकाअनुसार सेड्युल फ्लाइट भए–नभएको हेरेर मात्र अनुमति दिइनेछ ।
हेलिकोप्टरलाई लागू हुँदैन मापदण्ड
प्राधिकरणबाट चार्टर्ड उडानको प्रयोजनका लागि अनुमति लिएका कम्पनीका हकमा भने पछिल्लो मापदण्ड लागू नहुने भएको छ । यसअन्तर्गत हेलिकोप्टर या चार्टर्ड उडान गर्ने कम्पनीले विमानस्थलबाटै चार्टर्ड उडान अनुमति प्राप्त गर्नेछन् ।

संसदीय समितिको निर्देशन
वायुसेवा कम्पनीले दुर्गममा नियमित उडानको साटो चार्टर्ड उडानलाई प्राथमिकता दिएपछि हवाईसेवा पहुँचवाला सीमित व्यक्तिको हातमा पुगेको गुनासो बढ्दै गएको छ । सोहीअनुसार व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणका नाममा पटक–पटक निर्देशन जारी गर्दै दुर्गम क्षेत्रमा वायुसेवा कम्पनीको मनोमानी नियन्त्रण गर्न आग्रह गर्दै आएको छ । नियमित उडानमा नलगेर चार्टर्ड गरी उडाउँदा दोब्बर भाडा असुल्न पाएपछि कम्पनीहरूले चार्टर्ड उडानलाई मात्र प्राथमिकता दिन गरेको प्राधिकरणको भनाइ छ ।

कसरी निर्धारण हुन्छ दुर्गम क्षेत्रका विमानस्थल ?
हवाई नीति– २०६३ ले नेपालका विमानस्थललाई चार वर्गमा वर्गीकरण गरेको छ । नीतिले अन्तर्राष्ट्रिय, क्षेत्रीय हव विमानस्थल, सडक यातायातको पहुँच पुगेको क्षेत्रका विमानस्थल र दुर्गम क्षेत्रका विमानस्थल गरी वर्गीकरण गरेको छ । दुर्गम क्षेत्रका विमानस्थल हुन सडक सञ्जालले नछोएको जिल्ला वा भौगोलिक क्षेत्र हुनुपर्छ । सबै मौसममा यातायात सञ्चालनमा आउन नसक्ने सडक र यातायातको प्रमुख या एक मात्र साधन हवाईसेवा रहेको क्षेत्रका विमानस्थललाई यस वर्गमा राखिएको छ ।

जहाज अभाव मुख्य कारण हो : आयोन
वायुसेवा सञ्चालकहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले भने कम्पनीहरूसँग पर्याप्त जहाज नहुँदा धेरै गन्तव्यमा उडान गर्न नसकिएको बताएको छ । सोही कारण अहिले अधिकांश वायुसेवा कम्पनी वायुयान थप गर्ने प्रक्रियामा रहेको आयोनका प्रवक्ता घनश्याम उपाध्याय बताउँछन् । दुर्गममा अग्रिम लिनुपर्ने नियमित उडान तालिका सकिएपछि मात्र थप उडान भइरहेको उनले बताए ।

‘दुर्गम क्षेत्रका हवाई उडानमा भाडा सहुलियत प्रदान गर्नेसम्बन्धी मापदण्ड २०७३’ ले निम्न विमानस्थललाई दुर्गम क्षेत्रका विमानस्थल तोकेको छ । यी अहिले सञ्चालनमा रहेका विमानस्थल मात्र हुन् ।
१. डोल्पा विमानस्थल
२. सिमिकोट (हुम्ला)
३. थामखर्क
४. रारा (ताल्चा) विमानस्थल, मुगु
५. खानीडाँडा विमानस्थल
६. कांगेलडाँडा विमानस्थल
७. लामिडाँडा विमानस्थल
२. सिमिकोट (हुम्ला)
३. थामखर्क
४. रारा (ताल्चा) विमानस्थल, मुगु
५. खानीडाँडा विमानस्थल
६. कांगेलडाँडा विमानस्थल
७. लामिडाँडा विमानस्थल

Comments
Post a Comment