निगमले दुईवटा वाइडबडी जहाज खरिद गर्न सोमबार विश्वव्यापी बोलपत्र आह्वान गर्दै, एक वर्षभित्र जहाज आउने
अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, १० असोज
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो इतिहासमै पहिलोपटक वाइडबडी जहाज खरिद गर्ने निर्णय गरेको छ । निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले निगमका लागि दुईवटा वाइडबडी जहाज किन्ने निर्णय गरेको निगमले जानकारी दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जहाज खरिद गर्ने निर्णय गरेको प्रवक्ता रामहरि शर्माले जानकारी दिए । निगमले एयरबस कम्पनीका तयारी जहाज किन्ने निर्णय गरेको हो । पछिल्लो प्रक्रियाअनुसार एक वर्षभित्र निगमले पहिलो वाइडबडी एयरबस प्राप्त गरिसक्नेछ ।
सोमबार बोलपत्र आह्वान
सञ्चालक समितिले निगम व्यवस्थापनका तर्फबाट जहाज खरिद गर्ने प्रयोजनका लागि पेस गरिएको बोलपत्र आह्वान (रिक्वेस्ट फर प्रोपोजल)लाई स्वीकृत गरेको छ । सोहीबमोजिम निगमले सोमबार जहाज खरिद सम्बन्धमा विश्वव्यापी बोलपत्र आह्वान गर्दै छ । दुई वाइडबडी जहाज खरिद गर्न ४५ दिनको म्याद राखी बोलपत्र आह्वान गर्नेछ ।

सरकार जमानी बसेपछि प्रक्रियाले गति लियो
निगमले माघ ०७२ मा अन्तर्राष्ट्रियतर्फ चार र राष्ट्रियतर्फ चार गरी थप आठ जहाज खरिद गर्न प्रक्रिया थाल्ने निर्णय गरेको थियो । सोहीबमोजिम निगमले ११ माघमा निगम सुधारका तीनवर्षे कार्ययोजनासहित वाइडबडी जहाज खरिद गर्नेसम्बन्धी टाइमलाइन सार्वजनिक गरेको थियो ।

प्रक्रियाबमोजिम जमानी बस्न आग्रह गर्दै निगमले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । निगमको प्रस्तावलाई तत्कालिन सरकारले बेवास्ता गर्दै आएको थियो । तर, गत भदौ अन्तिम सातादेखि अर्थ मन्त्रालयले निगमको जहाज खरिदसम्बन्धी योजनालाई प्राथमिकता दिँदै प्रक्रिया अगाडि बढाएको थियो । सोहीबमोजिम नेपाल सरकार जमानी बस्न तयार भएपछि अन्ततः निगम जहाज खरिदको अन्तिम प्रक्रियामा पुगेको हो ।
तयार छन् लगानीकर्ता
निगमले दुईवटा वाइडबडी जहाज जहाज किन्ने र त्यसका लागि २५ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रस्तावमा जमानी बस्न आग्रह गर्दै अर्थ मन्त्रालयमा चिठी पठाएपछि ऋण लगानीकर्ताका थुप्रै प्रस्ताव आएको प्रवक्ता शर्माले जानकारी दिए । त्यसमध्ये नेपालभित्रबाट कर्मचारी सञ्चयकोषले निगमलाई लगानीको आसयपत्र नै पठाइसकेको छ । यसबाहेक नागरिक लगानी कोष तथा विभिन्न वाणिज्य बैंकहरूबाट पनि प्रस्ताव आएको उनले जानकारी दिए । निगमले सबैभन्दा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने संस्था तथा कम्पनीबाट जहाज किन्न ऋण लिने बताइसकेको छ । निगमले अहिले व्यावसायिक उडान गरिरहेका दुईवटा एयरबस ३२० जहाज किन्ने क्रममा कर्मचारी सञ्चयकोषले १० अर्ब रुपैयाँ लगानी गरेको थियो ।

वाइडबडीपछि कहाँ–कहाँ उडान ?
निगमले अहिले एयरबस कम्पनीका २ वटा न्यारोबडी जहाज र एउटा बोइङ ७५७ बाट पा“च मुलुकका ८ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । वाइडबडी विमान ल्याइसकेपछि काठमाडौंबाट लामो दूरीका गन्तव्यसँगै थप क्षेत्रमा उडान गर्न सकिने निगमले उल्लेख गरेको छ । निगमका अनुसार एयरबस ३२०–२०० न्यारोबडी सेवामा लगाएपछि अन्तर्राष्ट्रियतर्फ निगमको बजार हिस्सा ५ प्रतिशतबाट बढेर १० प्रतिशत पुगिसकेको छ । दुई वाइडबडी आएपछि बजार अंश १६ प्रतिशत पुग्ने अपेक्षा गरिएको प्रवक्ता शर्माले बताए । निगमले यी जहाजबाट कोरियाको सोल, जापानको टोकियो, चीन तथा अस्ट्रेलियासम्म उडान गर्ने योजना बनाइरहेको छ ।

वाइडबडी उडाएको अनुभव छ निगमसँग
निगमले यसअघि वाइडबडी जहाज उडाइसकेको छ । भाडामा लिएका ती जहाजबाट निगमले विगतमा बेलायतको लन्डन, जापानको टोकियो, फ्रान्सको पेरिसलगायत गन्तव्यमा उडान सेवा दिइसकेको छ । आफ्नै स्वामित्वको वाइडबडी जहाज भने निगमले पहिलोपटक किन्न लागेको हो ।

तीनवर्षे कार्ययोजना कार्यान्वयनको प्रस्ताव
यसैबीच, निगम व्यवस्थापनले तीनवर्षे व्यावसायिक कार्ययोजनामा समावेश कार्यक्रम सफल कार्यान्वयन गर्न सरकारका तर्फबाट गरिएको अपेक्षासम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको छ । सञ्चालक समितिले निगम व्यवस्थापनलाई व्यवस्थापकीय पुनर्संरचना, वाइडबडी जहाज सञ्चालन गर्न आवश्यक पाइलट तथा इन्जिनियरको व्यवस्थापन, आन्तरिक सुदृढीकरण र पूर्वाधार विकासका लागि विशेष कार्ययोजनासहित सरकारका तर्फबाट आवश्यक सहयोगका लािग ठोस प्रस्ताव तयार गर्ने दायित्व व्यवस्थापनलाई दिएको हो । प्रस्ताव तयार पारी व्यवस्थापनले सञ्चालक समितिमा प्रस्तुत गर्ने कार्यक्रम तोकिएको छ ।

कुन जहाज किन्दै छ निगम ?
युरोपेली जहाज निर्माता कम्पनी एयरबसको जहाज खरिद गर्ने योजना बनाएको छ । तर, मोडल भने सार्वजनिक गरिएको छैन । यसअघि निगमले एयरबस ३३०–२०० मोडलका जहाज आवश्यक रहेको उल्लेख गरेको थियो । खरिदको योजना बनाइएका वाइडबडी जहाजमा २ सय ६० देखि २ सय ८० सिटसम्म रहनेछन् । जहाज सन् २०१४ पछि निर्माण भएको हुनुपर्नेछ । बढीमा १ हजार घन्टा उडेको जहाज खरिद गर्ने योजना निगमको छ । निगमले उडान सुरक्षालाई ध्यानमा राखी खरिदका लागि स्वीकृत वाइडबडी विमानमा ‘रोल्स ¥वायस ट्रेन्ट ७७२ वी इन्जिन’ हुनुपर्ने प्रावधान राखेको छ । यी जहाजले १० घन्टासम्मको दूरी एकै उडानमा पार गर्न सक्छ ।

Comments
Post a Comment