पर्यटनमन्त्रीले गरे कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता

अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, ८ असोज 
पर्यटनमन्त्री जीवनबहादुर शाही र मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीबीच कार्यसम्पादन करार सम्झौता भएको छ । २६ कार्यक्रम र करिब १ सय सूचकमा आधारित रहेर शुक्रबार मन्त्री र सचिवबीच कार्य सम्पादन करार सम्झौतामा हस्ताक्षर भएको हो । पहिलोपटक मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता नेपालको इतिहासमा पहिलोपटक मन्त्री र सचिवबीच कार्यसम्पादन करार सम्झौता भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । पर्यटन मन्त्रालय सम्हालेको छोटो अवधिभित्रै यस क्षेत्रमा अत्यन्त बेथिति पाएको र त्यसको निराकरण गर्न कर्मचारी संयन्त्रसँग कार्यसम्पादन करार गर्नुपरेको मन्त्री शाहीले बताए । उनले भने, ‘पर्यटन मन्त्रालय फेल भयो भने मुलुक बन्दैन, यो तथ्य मनन गर्नुहोला ।’ 
पर्यटनमन्त्रीले गरे कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता

सचिव र महाशाखा प्रमुखबीच छुट्टाछुट्टै सम्झौता 
एकवर्षे करार सम्झौताअन्तर्गत मन्त्रालय मातहतका निकायले गर्नुपर्ने नीतिगत सुधार, पूर्वाधार विकास तथा दैनिक कार्यसञ्चालनका विविध कार्यक्रम समेटिएका छन् । कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सचिव अधिकारीले सम्बन्धित महाशाखा प्रमुख र विभागका महानिर्देशकसँग छुट्टाछुट्टै कार्य सम्पादन करार गरेका छन् । सचिव र महाशाखा प्रमुख तथा महानिर्देशकबीच करिब १ सय मुख्य कार्यक्रम र १ हजार क्रियाकलाप कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको हो । १ सय पूर्णाङ्क, ५० भन्दा कम ल्याए कारबाही कार्य सम्पादन करार सम्झौतामा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीमाथि कारबाही व्यवस्था गरिएको सचिव अधिकारीले जानकारी दिए । एक वर्षका लागि सम्झौता भए पनि कार्यान्वयन समीक्षा हरेक साता गर्नुपर्ने र त्यसको खाका तीन दिनभित्र तयार पारेर बुझाउन सचिव अधिकारीले मातहतका प्रमुख तथा महानिर्देशकलाई निर्देशन दिए । ‘आफ्नो जिम्मेवारी र कार्यप्रगतिको हरेक साता समीक्षा गर्नुस्, हरेक महिना कार्यप्रगति रिपोर्ट सचिवलाई बुझाउनुस्,’ उनले भने, ‘करारले तपाईंको क्षमता र जिम्मेवारीको मूल्यांकन गर्नेछ ।’ मन्त्रालयका कतिपय कर्मचारी र अधिकारीसँग यसअघि सँगै काम गरिसकेको भएकाले चिनजानका आधारमा हाकिम रिझाएर जागिर पकाउाछु भन्नेतर्फ नसोच्न पनि सचिव अधिकारीले निर्देशन दिए । 
फकाएर टेर्नुभएन, अब कारबाही गर्छु : मन्त्री शाही 
पर्यटन मन्त्रालय मातहतका निकायमा बेथिति रहेको र यसले मुलुकको छवि बिगार्ने भन्दै मन्त्री शाही कर्मचारीको प्रवृत्तिप्रति कडा रूपमा प्रस्तुत भएका थिए । कहीा कतै अप्ठ्यारो पर्‍यो भने मलाई भन्नुस्, सहजीकरण गरिदिन्छु, तर तपाईं नै कामप्रति इमानदार नहुँदा जनतामा मात्र होइन, मलाई पनि शंका उत्पन्न गराउँछ ।’ आफूले यसभन्दा अगाडि दुईपटक मीठो बोलीले फकाएर दिएको निर्देशन अटेर भएकाले कडा रूपमा प्रस्तुत हुनुपरेको उनको भनाइ छ । खासगरी विमानस्थल व्यवस्थापन, ऐतिहासिक सम्पदा पुनर्निर्माणको बेथिति, हवाई सुरक्षा, पर्यटन प्रवद्र्धन र नेपालको प्रचारप्रसार गर्ने शैलीप्रति उनको असन्तुष्टि छ । 
मन्त्री र सचिवबीचको सम्झौताका मुख्य क्रियाकलाप 
  • संविधान कार्यान्वयन गर्ने सम्बन्धमा मन्त्रालय मातहतका नीति–नियम तर्जुमा गर्ने
  • चालू आर्थिक वर्षमा पर्यटक आगमन ७ लाख पुर्‍याउने
  • नेपाल वायुसेवा निगमका लागि २ वाइडबडी जहाज खरिद प्रक्रिया सम्पन्न गर्ने 
  • नेपाललाई युरोपेली युनियनको सेफ्टी लिस्टबाट हटाउने
  •  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ५० प्रतिशत पूरा गर्ने 
  • पोखरा विमानस्थलको सिभिलतर्फको काम प्रारम्भ गर्ने 
  • निगमगढ विमानस्थलको जमिनको मुआब्जा वितरण सम्पन्न गर्ने र डिपिआर तयार पार्ने 
  • सम्पदा पुनर्निर्माणलाई तीव्रता दिने – घुमफिर वर्ष २०७३ लाई प्रभावकारी बनाउने 
  • हिमालको विद्युतीय प्रोफाइल तयार पार्ने – क्यासिनो नियमावली संशोधन गर्ने 
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन See more at: http://www.enayapatrika.com/2016/09/92507#sthash.VB4LU1fk.dpuf

Comments