काठमाडौं, ३० भदौ
नेपाल वायुसेवा निगमलाई दुईवटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ । कर्मचारी सञ्चय कोषको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाउने निर्णय गरेको हो । सरकारको जमानीमा सञ्चय कोषले निगमलाई ऋण लगानी गर्नेछ । दुई वाइडबढी जहाज खरिद गर्न २६ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ ।

‘नेपाल वायुसेवा निगमलाई दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाइएको छ,’ कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्यले भने, ‘अब निगमले यसको आवश्यक प्रक्रिया सुरु गर्नेछ ।’ निगमलाई यसअघि १ सय ५८ सिटका दुई एयरबस ३२० जहाज किन्न पनि कोषले ऋण दिएको थियो । निगमले ती जहाज खरिदका लागि कोषबाट १० अर्ब ऋण लिएको थियो । सुरुमा १२ प्रतिशत ब्याजदर तोकिएकोमा अहिले १० प्रतिशतमा घटाइएको छ ।
सञ्चय कोषसँग ऋण लिन अर्थ मन्त्रालयले निगमलाई सैद्धान्तिक स्वीकृत दिएपछि ऋण सम्झौताको प्रक्रिया अघि बढ्नेछ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत जमानीका लागि अर्थमा पहल थाल्नेछ । अर्थबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएपछि निगम र कोषबीच अन्तिम सम्झौता हुनेछ । ‘अब दोस्रो चरणमा ब्याजदरलगायतका विषय टुंगो लाग्छ,’ निगमका प्रवक्ता रामहरि शर्माले भने, ‘अब कम्तीमा ६ महिनामा प्रक्रिया पूरा गरेर हामी टेन्डरमा जान सक्छौँ ।’
यस्तो थियो तयारी
निगमले आगामी मंसिरभित्र पहिलो वाइडबडी जहाज प्राप्त गर्ने योजनासहित तयारी थालेको थियो । तर, ऋण लगानीको प्रक्रिया लम्बिएकाले पूर्वतालिकाभन्दा कम्तीमा ६ महिना ढिलाइ हुने भएको छ । निगमले यसअघि नै वाइडबडी खरिद गर्ने घोषणा गरेको थियो । योजनाबमोजिम सञ्चय कोषबाट वाइडबडी जहाजका लागि लगानी गर्न तयार रहेको आशयपत्र प्राप्त भएकाले खरिद प्रक्रियाले गति लिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गर्ने योजना बनाएका दुई वाइडबडी जहाजलाई २६ अर्ब रुपैयाँ आवश्यक पर्ने उल्लेख गर्दै रकमको जोहो गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । अर्थ मन्त्रालयले सैद्धान्तिक स्वीकृतिको पत्र भने पठाइसकेको छैन । निगमले अर्थमा पठाएको प्रस्तावमा सरकारले बजेटमार्फत रकम छुट्याउने, सस्तो ब्याजदरमा ऋण खोजिदिनुपर्ने, सरकारले सेयर हाल्नुपर्ने वा विदेशी बैंकसँग सरकार जमानी बसेर ऋण लिन सकिनेजस्ता विकल्प प्रस्तुत गरेको थियो ।
लामो दूरीमा जान वाइडबडी जहाज
निगमले काठमाडौंबाट युरोप र एसियाकै अन्य लामो दूरीमा सीधा उडान गर्न वाइडबडी खरिद प्रक्रिया अघि बढाएको हो । अहिले न्यारोबडी जहाजबाट छोटा दूरीमा मात्रै उडान गरिरहेको निगमले नयाँ जहाज आए जापानको टोकियो, दक्षिण कोरियाको सोल, अस्ट्रेलियाको सिड्नी तथा युरोपेली सहरमा जाने योजना बनाएको छ । निगमले तीनवटा विमानबाट अहिले आठवटा गन्तव्यमा उडान गरिरहेको छ । छिटै चीनको ग्वाङझाउ उडान सुरु गर्ने तयारी उसको छ । नेपाली वायुसेवा युरोपेली युनियनको सेफ्टी लिस्टबाट हटिसकेपछि युरोपसम्म उडान विस्तार गर्ने निगमको योजना छ । आगामी माघसम्ममा दुईवटै जहाज नेपाल भित्राउने योजना सार्वजनिक गरेको निगमले जापानको टोकियो, दक्षिण कोरियाको सोल, अस्ट्रेलियाको सिड्नीजस्ता गन्तव्यमा सीधा उडानको लक्ष्य लिएको छ । प्रक्रियागत ढिलाइले जहाज आउन केही समय लाग्ने भए पनि जहाज प्राप्त हुने निश्चित भएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार बताउँछन् ।

दोस्रो चरणमा दुई न्यारोबडी जहाज
दुई वाइडबडीसँगै थप दुई न्यारोबडी जहाज खरिद गरी नजिकका गन्तव्यमा उडान विस्तार गरिने वायुसेवा निगमको तीनवर्षे कार्ययोजनामा उल्लेख छ । न्यारोबडी खरिद गर्न बजेट व्यवस्थाका लागि अन्तिम निर्णय गर्ने म्याद ०७३ असारसम्म राखिएको थियो । यद्यपि यसका लागि अहिलेसम्म लगानीकर्ता भेटिएको छैन । निगमले वाइडबडी भित्राएपछि मात्रै यसको प्रक्रिया अघि बढाउने जनाएको छ । रकमको जोहो भएपछि जहाजको मोडल र खरिद प्रक्रियाबारे भने सञ्चालक समितिले निर्णय गर्नेछ ।

Comments
Post a Comment