काठमाडौं–कोलम्बो जोड्दै हिमालय एयरलाइन्स

काठमाडौं–कोलम्बो जोड्दै हिमालय एयरलाइन्स

काठमाडौं, ५ असोज
निजी क्षेत्रबाट सञ्चालित नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं–कोलम्बो (श्रीलंकाको राजधानी) सीधा उडानको मिति सार्वजनिक गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्ने क्रममा १५ असोज (१ अक्टोबर) देखि काठमाडौं–कोलम्बो रुटमा उडान सुरु गर्न लागेको रिने कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले जानकारी दिए । हिमालयले अहिले कतारको दोहामा नियमित उडान भरिरहेको छ ।
नेपालमा हवाई मार्गमार्फत आउने पर्यटकमध्ये श्रीलंकालीको संख्या उच्च रहे पनि यी दुई मुलुकबीच सीधा हवाई सम्पर्क स्थापित हुन सकेको थिएन । कोलम्बोमा नेपाल वायुसेवा निगमले सन् १९९० को दशकमा उडान गरेको भए पनि अहिले बन्द छ । एकातर्फ नेवानिस“ग जहाज अभाव र अर्कोतर्फ श्रीलंकामा आन्तरिक द्वन्द्व बढ्दै गएपछि कोलम्बो उडान रद्द
गरिएको थियो ।
साताका तीन उडान
हिमालय एयरलाइन्सले एयरबस ३२०–२१४ जहाजबाट काठमाडौं–कोलम्बो रुटमा साताको तीन उडान भर्नेछ । कम्पनीका प्रबन्धक राजु केसीका अनुसार हिमालयले मंगलबार, बिहीबार र शनिबार उडान तालिका बनाएको छ । काठमाडौंबाट करिब साढे तीन घन्टामा कोलम्बोस्थित बन्दरानायक अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे ११ बजे उड्नेछ । कोलम्बोबाट उड्ने सोही जहाज सवा ८ बजे काठमाडौं
अवतरण गर्नेछ ।
दुईतर्फी भाडा ५० हजार
इकोनोमी क्लासमा काठमाडौं–कोलम्बो–काठमाडौंका लागि ५० हजार ४१ रुपैया“ भाडा कायम गरिएको कम्पनीले जानकारी दिएको छ । काठमाडौं कोलम्बो एकतर्फी भाडा २९ हजार १ सय ९१ छ । श्रीलंकामा कम्पनीले क्लासिक ट्राभललाई जनरल सेल्स एजेन्ट (जिएसए) तोकेको छ ।
कोलम्बो उडानले पर्यटक बढाउँछ
बौद्ध धर्मावलम्बी बाहुल्य श्रीलंकाबाट नेपाल आउन यात्रुले भारत, कतार या मलेसियाको विमानस्थलमा ट्रान्जिट पार्नुपर्छ । सोही कारण लामो समयदेखि काठमाडौं–कोलम्बो रुटमा सीधा उडान माग हु“दै आएको थियो । पर्यटन मन्त्रालयको तथ्यांकअनुसार सन् २०१५ मा नेपाल भ्रमण गर्ने श्रीलंकाली पर्यटक संख्या ४४ हजार ३ सय थियो ।
यसबाहेक नेपालबाट आउटबाउन्ड टुरिज्ममा जानेको रोजाइ श्रीलंका तथा माल्दिभ्स रहेकाले पनि यहा“ उडान गर्ने वायुसेवामा यात्रु चाप बढ्ने कम्पनीको विश्वास छ । काठमाडौं–कोलम्बोको सीधा उडानपछि पर्यटक आगमनमा स्वाभाविक वृद्धि हुने प्रबन्धक केसीले बताए ।
दोस्रो एयरबस अक्टोबरभित्रै
नेपालमा दर्ता भएका कुनै पनि वायुसेवा कम्पनीले नियमित व्यावसायिक उडान सुरु गरेको ६ महिनाभित्र दोस्रो जहाज ल्याउनुपर्ने कानुनी प्रावधान छ । सोहीबमोजिम कम्पनीले अक्टोबरभित्रै दोस्रो जहाज ल्याइसक्ने भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले जानकारी दिए । कम्पनीले ए–३२० ब्रान्ड न्यु जहाज नै भिœयाउने र थप गन्तव्यमा उडान विस्तारको योजना बनाएको उनको भनाइ छ ।
कम्पनीले भारतको नयाँ दिल्लीलाई प्राथमिकतामा राखी प्रक्रिया थाले पनि अझै सफल हुन सकेको छैन । अक्टोबरभर प्रक्रिया पूरा भए तेस्रो गन्तव्य दिल्ली हुने प्रबन्धक केसीले बताए । यसबाहेक क्रमशः चीन र अन्य नजिकका गन्तव्यमा उडान थप गर्दै जाने योजना कम्पनीको छ ।
‘कतार एयरलाइन्सका यात्रु खोस्यौ’
१८ जेठदेखि कतारको दोहा उडान थालेको कम्पनीले सो रुटमा अहिले बजार हिस्सा २५ प्रतिशत पु¥याएको दाबी गरेको छ । कम्पनीका प्रबन्धक राजु केसीका अनुसार हिमालयको उडान सुरु हुनुभन्दा अगाडि काठमाडौं–दोहा रुटमा कतार एयरलाइन्सको बजार हिस्सा ९० र नेपाल वायुसेवाको हिस्सा १० प्रतिशत थियो ।
‘अहिले नेवानिको १० प्रतिशत हिस्सा कायम नै छ,’ उनले भने, ‘कतार एयरलाइन्सका यात्रु हामीले खोस्न सफल भएका छौँ ।’ यो रुटमा अधिकांश यात्रु नेपाली रहेको र उनीहरूको पहिलो रोजाइ नेपाली वायुसेवा नै हुने पाइएको केसीले बताए ।
- See more at: http://www.enayapatrika.com/2016/09/91717#sthash.QH83vFq1.dpuf

Comments