ठेकेदारले चित्तबुझ्दो जवाफ नदिए सम्झौता रद्द
अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, २ असोज
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा ऋण लगानी गरिरहेको एसियाली विकास बैंक (एडिबी)ले ठेकेदारको कामप्रति असन्तुष्टि जनाएको छ । ठेकेदारको काम चित्तबुझ्दो नभएको भन्दै एडिबीले स्पेनिस निर्माण कम्पनी सान्जोसे कन्स्ट्रक्टोरासँगको ठेक्का सम्झौता तोड्ने चेतावनीसमेत दिएको छ ।

नेपालका लागि एडिबीका कन्ट्री डाइरेक्टर केनिची योकोयामाका अनुसार बैंकले सान्जोसेसँग एक महिना समय दिएर स्पष्टीकरण मागेको छ । स्पष्टीकरणमा चित्त नबुझे सान्जोसेसँगको ठेक्का सम्झौता रद्द हुनेछ ।
सबैभन्दा चुनौतीपूर्ण आयोजना
एडिबीको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनामध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार सबैभन्दा चुनौतीपूर्ण रहेको बैंकको निष्कर्ष छ । एकातर्फ ठेकेदारले काम नगर्नु र अर्कोतर्फ माटोलगायत निर्माण सामग्री उपलब्ध नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिएको कन्ट्री डाइरेक्टर योकोयामाले बताए । ‘उनीहरूको काम चित्तबुझ्दो नभएकाले ठेकेदारलाई एक महिना समय दिएर जवाफ मागेका छौँ,’ म्याक्रोइकोनोमिक अपडेट सार्वजनिक गर्न शनिबार राजधानीमा आयोजित कार्यक्रममा योकोयामाले भने, ‘चित्तबुझ्दो जवाफ नआए ठेक्का रद्द गरी नया“ प्रक्रियामा जान्छौँ ।’

आगामी वर्षको अन्त्यसम्म धावनमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको समयावधि लम्ब्याइएको एडिबीले जानकारी दिएको छ ।
३ वर्षमा १६ प्रतिशत मात्र काम
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आयोजनाको पहिलो चरणको काम मार्च २०१६ सम्ममा पूरा गर्ने गरी सान्जोसेले ठेक्का पाएको हो । सोही अवधिमा केवल १६ प्रतिशत मात्र काम सम्पन्न भएको प्रतिवेदन आयोजना कार्यालयसँग छ ।

निर्माण कम्पनीको कार्यशैलीबाट आयोजना, नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयका अधिकारी सन्तुष्ट छैनन् । यसअघि व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पनि विमानस्थल विस्तार आयोजनामा देखिएको गतिरोधबारे चासो देखाउँदै गतिरोध हटाउन सकिने उपायसहित कार्ययोजना बनाएर पेस गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको थियो । मार्च २०१३ देखि काम थालेको सान्जोसेले मार्च २०१६ भित्र जिम्मेवारी पूरा गर्ने गरी प्राधिकरणसँग सम्झौता गरेको थियो ।
कम्पनीले मागेको थियो २ अर्ब ३१ करोड क्षतिपूर्ति
नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार ठेकेदार कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँ क्षतिपूर्तिसहित थप समय माग गरेपछि ठेक्का सम्झौतालाई निरन्तरता दिने–नदिने भन्ने अन्योल कायमै छ । प्राधिकरण र ठेकेदार कम्पनीबीचका पटक–पटकका छलफलबाट प्राधिकरणका अधिकारीसमेत सन्तुष्ट भने छैनन् ।

लगानीकर्ता एडिबीले तोकिएको समयमा काम सम्पन्न नभए पनि आयोजनाको म्याद भने दुई वर्ष बढाएर सन् २०१८ सम्म पु-याएको छ।
सान्जोसे र प्राधिकरणबीच संरचना निर्माणका लागि ६ करोड १० लाख अमेरिकी डलरको सम्झौता भएको थियो । एडिबीको ऋण तथा अनुदान सहयोगमा विमानस्थल विस्तारको काम सुरु भएको हो । अन्तर्राष्ट्रिय विमानस्थल विस्तारमा एडिबीले ८ करोड डलर लगानी गरिरहेको छ । त्यसमध्ये ७ करोड डलर ऋण र १ करोड डलर अनुदान हो ।

के–के हुँदै छन् काम
त्रिभुवन विमानस्थलको कोटेश्वरतर्फ ३ सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एप्रोन निर्माण र अन्तर्राष्ट्रिय उडानका यात्रुको ब्यागेज ओसार्ने (कन्भेयर बेल्ट) निर्माण, अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणलगायत जिम्मा ठेकेदार कम्पनीले पाएको थियो । विमानस्थल विस्तार आयोजनामा करिब २० लाख घनमिटर माटो बाहिरबाट ल्याउनुपर्छ । त्यसमध्ये हालसम्म ४ लाख घनमिटर मात्र माटो ल्याइएको छ । विमानस्थल विस्तारका क्रममा पशुपति विकास कोषको जग्गाबाट माटो ल्याइए पनि विवाद भएपछि काम प्रभावित भएको थियो ।

आयोजनाको काम नसक्दा के पर्छ प्रभाव ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनका अनुसार विमानस्थलको विद्यमान संरचनाले सन् २०२२ पछि यात्रु र विमानको चाप थेग्न सक्दैन । सोही कारण पनि विस्तार आयोजनाले गति लिनु अत्यावश्यक छ । खासगरी दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाले गति नलिएको अवस्थामा अझै लामो समय नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क त्रिभुवन विमानस्थलबाटै कायम हुने निश्चित छ ।

अन्तिम छलफल चलिरहेको छ : केसी
विमानस्थल विस्तार आयोजनाको ठेक्का सान्जोसेलाई नै निरन्तरता दिने–नदिने भन्ने सम्बन्धमा अन्तिम छलफल जारी रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए । ‘ठेकेदार कम्पनीसँगको पटक–पटकको छलफलमा चित्तबुझ्दो जवाफ दिन सकेको छैन,’ उनले भने । भूकम्प, नाकाबन्दी, माटोको समस्यालगायत व्यावहारिक विषयलाई प्राधिकरणले समेत मनन गरेकाले भविष्यमा आयोजनाबारे ठोस निर्णय हुने उनले बताए ।

Comments
Post a Comment