जकार्ता (इन्डोनेसिया), २५ भदौ ।
नेपाल पर्यटन बोर्डले विश्वकै आकर्षक पर्यटकीय गन्तव्य नेपाललाई आफ्नो भ्रमण योजनाको प्राथमिकतामा पार्न विश्वभरका पर्यटकसमक्ष आह्वान गरेको छ । ३९औा पाटा ट्राभल मार्टका अवसरमा इन्डोनेसियाको जाकार्तामा शुक्रबार नेपाली पर्यटन क्षेत्रको पछिल्लो अवस्थाबारे बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले त्यस्तो आह्वान गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसमक्ष नेपालबारे बिफ्रिङ गर्दै जोशीले भने, ‘भूकम्पपछि नेपालबारे अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश गएको थियो । तर, त्यहाा प्रचारमा आएजस्तो क्षति भएको थिएन ।’ नेपाल पर्यटकको सेवाका लागि तत्पर रहेको र सन् २०१६ भित्रै भूकम्पभन्दा अगाडिको समय बराबर पर्यटक आउने अपेक्षा गरिएको उनले बताए ।
नेपालको गहकिलो प्रस्तुति
बोर्डले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसमक्ष प्रस्तुत गरेको नेपालको प्रचार सामग्री अन्य मुलुकका सामग्रीको तुलनामा गहकिलो थियो । खासगरी नेपालमा पर्यटक किन जाने ? भन्ने प्रश्नलाई बोर्डका कार्यकारी निर्देशक जोशीको तर्क र प्रोजेक्टरबाट एकसाथ प्रस्तुत गर्दा नेपालको प्रस्तुति गुणस्तरीय देखिएको थियो । जोशीको प्रस्तुति उत्कृष्ट रहेको भन्दै सहभागीले बधाई दिएका थिए ।

नेपालबारे अनिश्चितता छैन : पाटा नेपाल
भूकम्पपछि नेपाल भ्रमण सम्बन्धमा अन्तर्राष्ट्रिय पर्यटन बजारमा रहेको अन्योल हटेको पाइएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए । पाटा ट्राभल मार्टको समापनसागै नेपाली सञ्चार माध्यमसागको अन्तक्र्रियाका क्रममा पाण्डेले विदेशी नागरिकमा नेपालबारे रहेको भ्रम धेरै हदसम्म हटेको पाइएको जानकारी दिए ।
‘नेपालका विक्रेता व्यवसायीसाग बिजनेस डिल गर्नेमध्ये अधिकांश युरोप र अमेरिकी मुलुकका क्रेता व्यवसायी सहभागी थिए,’ उनले भने, ‘क्रेताले नेपालले अन्य गन्तव्यभन्दा भिन्न के दिन सक्छ भन्नेमा चासो राखेका छन् ।’

नेवानिको खााचो महसुस
नेपालबारे चासो राख्ने पर्यटन व्यवसायी र अवलोकनकर्ताले नेपाल भ्रमणमा जानुअघिको हवाईमार्गबारे सोध्ने गरेका थिए । नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरि शर्माका अनुसार सीधा उडान नहुादा पर्यटकलाई झन्झट हुने गरेको अनुुभव क्रेता व्यवसायीको छ ।

३९ औँ पाटा ट्राभल मार्ट सम्पन्न
विश्वका ६३ मुलुकका क्रेता तथा विक्रेता पर्यटन व्यवसायी सहभागी पाटा ट्राभल मार्टको ३९औा संस्करण सम्पन्न भएको छ । इन्डोनेसियाको जकार्तामा बुधबारदेखि ३ दिनसम्म चलेको मार्टमा नेपालबाट पाटा नेपाल च्याप्टरको नेतृत्वमा १० कम्पनी र संस्था सहभागी थिए । मार्टको आगामी संस्करण चीनले आयोजना गर्नेछ ।

नेपाल पर्यटन गन्तव्यका लागि दक्षिण एसियाको राजधानी
प्रस्तुतिका क्रममा जोशीले विश्वकै सबैभन्दा होचो स्थानदेखि अग्लो सगरमाथासम्म रहेको नेपाल पर्यटन गन्तव्यका लागि दक्षिण एसियाकै राजधानी रहेको उल्लेख गरे । नेपालले अर्गानिक सामग्री मात्र नभएर आतिथ्य सेवामा पनि अर्गानिकपन दिने उनको भनाइ थियो ।

Comments
Post a Comment