आकस्मिक अवतरणका क्रममा जहाज खोलाले बगाए पनि दुई पाइलट भने सामान्य घाइते मात्रै भएका छन्
अच्युत, विश्वराज/नयाँ पत्रिका
काठमाडौं, २१ साउन
काठमाडौं, २१ साउन
मकालु एयरको सिंगल इन्जिन जहाजमा प्राविधिक गडबडी आएपछि आकस्मिक अवतरण गरिएको छ । बिहीबार हुम्ला जिल्लास्थित सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि उडेको जहाजमा प्राविधिक गडबडी आएपछि हुम्ला जिल्लाको हेल्दुङ खोलामा आकस्मिक अवतरण गरिएको हो । सुर्खेतबाट कार्गो सामान लिएर हुम्ला पुगेको सो जहाज खाली फर्कने क्रममा रहेको चालक दललाई उद्घृत गर्दै नेपालगन्ज एयरपोर्टले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय, खोज तथा उद्धार केन्द्रका अनुसार मकालु एयरको ९ एन–एकेसी दर्ता नम्बर रहेको ‘एसइएसएनए २०८’ वायुयानलाई आकस्मिक अवतरण गर्नुपरेको हो । प्राविधिक गडबडी आएपछि चालकले ३ बजेर ५७ मिनेट जाँदा अवतरण गराएका थिए ।
मानवीय क्षति भएन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आकस्मिक अवतरण गरेको जहाज कार्गो उडानका क्रममा थियो । आकस्मिक अवतरण गरिए पनि मानवीय क्षति भने नभएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । उनका अनुसार घटनामा परी चालक दलका दुई सदस्य, पाइलट साङ्गे ग्याल्मु लामा र को–पाइलट प्रशान्त शाह सामान्य घाइते भएका छन् । अवतरणपछि चालकद्वय ढोका खोलेर बाहिर निस्केका थिए ।

उनीहरूलाई सिम्रिक एयरको जहाजमार्फत उद्धार गरी उपचारका लागि सिमिकोट लगिएको छ । सिमिकोटमा सामान्य उपचारपछि दुवै जनालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ल्याइएको छ । लामाको छाती र बायाँ खुट्टामा चोट लागेको छ । को–पाइलट शाहको टाउकोमा टुटुल्को उठेको र हातमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले जानकारी दिए । ‘दुवैजनाको अवस्था सामान्य छ, बोलिरहनु भएको छ,’ पोख्रेलले भने । जहाजमा अन्य यात्रु नरहेको नेपालगन्ज बिमानस्थलका एयर कन्ट्रोलर किशोर आचार्यले बताए । बगरमा आकस्मिक अवतरण गराएपछि जहाज भने खोलामा बगेको खबर आएको मन्त्रालयका प्रवक्ता उपाध्यायले बताए ।
पहाडी इलाकामा चल्छन् सिंगल इन्जिन
खासगरी नेपालगन्ज, सुर्खेतलगायत विमानस्थलबाट पहाडी जिल्लामा एकल इन्जिनयुक्त जहाज सञ्चालनमा छन् । नेपालमा सिंगल इन्जिन जहाजलाई नियमित तालिकाअनुसार उडाउन पाइँदैन । प्राधिकरणले सिंगल इन्जिन जहाजलाई उडान अनुमति दिने क्रममा एयर ट्याक्सी र कार्गो उडान गर्न पाउने तर, जहाज नियमित उडानमा प्रयोग गर्न नपाउने प्रावधान राखेको छ । सोहीकारण सिंगल इन्जिनयुक्त जहाज भएका कम्पनीले चार्टर्ड उडानमार्फत यात्रु र कार्गो ओसार्दै आएका छन् । नेपालमा अहिले मकालु एयरसँग दुई, गोमा एयरसँग दुई र काष्ठमण्डप एयरसँग एक गरी कुल पाँचवटा सिंगल इन्जिनयुक्त जहाज छन् । काष्ठमण्डप एयरसँग दुईवटा विमान रहेको भए पनि गत फागुन १४ मा कालिकोटमा एक जहाज दुर्घटनामा परेपछि एउटा मात्रै बाँकी छ ।

सर्वोच्चको आदेशपछि यात्रु बोक्छन् सिंगल इन्जिन
१४ फागुन २०७२ मा काष्ठमण्डप एयरको जहाज कालिकोटमा दुर्घटनामा परी दुई पाइलटको निधन भएपछि पर्यटन मन्त्रालयले सिंगल इन्जिन जहाजले यात्रु बोक्न नपाउने निर्णय गरेको थियो । उक्त निर्णय सच्याउन कानुनी लडाइँ थालेका व्यवसायीले सर्वोच्च अदालतको अन्तरिम आदेशमार्फत अहिले भने यात्रुसमेत बोकिरहेका छन् । मन्त्रालयले गत २३ फागुनमा तत्कालका लागि सबै सिंगल इन्जिन जहाजले यात्रु बोक्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । काष्ठमण्डप एयरको जहाज दुर्घटनापछि समिति गठन गरी प्राविधिक अध्ययन थालेको मन्त्रालयले अध्ययन प्रतिवेदन प्राप्त गरेपछि २६ चैतदेखि सधैँका लागि सिंगल इन्जिनले यात्रु बोक्ने नपाउने निर्णय गरेको थियो । प्राविधिक समितिको प्रतिवेदनले सिंगल इन्जिन जहाजले यात्रु बोक्न प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण उल्लेख नगरेको अवस्थामा सरकारले विनाआधार निर्णय गरेको भन्दै व्यवसायीले प्रतिबन्ध फुकुवाका लागि सर्वोच्चमा रिट निवेदन हालेका थिए ।

Comments
Post a Comment