प्रतिबद्धताअनुरूप आइकाओले विशेषज्ञ नपठाएपछि युरोपेली संघको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन समस्या
अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, २० साउन
नेपालको हवाई सुरक्षा पर्यवेक्षण क्षमता (सेफ्टी ओभरसाइट क्यापाबिलिटी) सुदृढ गर्न सहयोगको प्रतिबद्धता गरेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले सहमतिअनुसार विशेषज्ञ सेवा उपलब्ध गराउन असफल भएको छ । आइकाओले अन्तर्राष्ट्रिय विशेषज्ञ सेवा उपलब्ध गराउने सहमति नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग गरेको थियो ।

सहमतिअनुसार आइकाओबाट तीनजना विशेषज्ञको सेवा उपलब्ध हुनुपर्ने थियो । तर, आइकाओबाट एक महिनाअघि एकजना मात्र विशेषज्ञ नेपाल आएर काम गरिरहेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए । आइआको र प्राधिकरणबीच २३ अप्रिल २०१५ मा नेपाललाई फ्लाइट अपरेसन, एयर बर्दिनेस र लाइसेन्सिङका क्षेत्रमा अन्तर्राष्ट्रिय विज्ञेषज्ञ सेवा उपलब्ध गराउने सहमतिमा हस्ताक्षर भएको थियो । विशेषज्ञ अभावमा नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन समस्या भएको छ ।
डिसेम्बरसम्म एसएससी ट्यागबाट हटाउने प्रयास
प्राधिकरणले डिसेम्बर २०१६ सम्म आइकाओको ‘सिग्निफिकेन्ट सेफ्टी कन्सर्न (एसएससी)बाट हटिसक्ने गरी हवाई सुरक्षा सुदृढीकरणका लागि काम गरिरहेको बताएको छ । त्यस समयसम्म नेपालले आइकाओको हवाई सुरक्षासम्बन्धी विश्वव्यापी न्यूनतम मापदण्ड पूरा गरिसक्ने क्यानका अधिकारीहरूको भनाइ छ । ‘आगामी डिसेम्बरसम्म एसएससी ट्यागबाट हट्ने गरी प्राधिकरणले काम गरिरहेको छ,’ मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने, ‘आइकाओको एसएससी ट्यागबाट हटिसकेपछि युरोपेली युनियनको सेफ्टी लिस्टबाट हट्न सहज हुनेछ ।’ आइकाओबाट अडिट टोली आएर नियामक निकाय प्राधिकरण तथा सेवा प्रदायक वायुसेवा कम्पनीहरूको सेफ्टी अडिट गरेपछि एसएससी ट्यागबाट हट्ने या नहट्ने भन्ने टुंगो लाग्नेछ ।

सबै कम्पनी नहट्न सक्छन्
प्राधिकरणका अनुसार सेफ्टी अडिटका क्रममा मापदण्ड पूरा नगर्ने कम्पनी भने सेफ्टी लिस्टमा कायम नै रहनेछन् । आइकाओ र प्राधिकरणबाट दिइएका निर्देशन पालना नगरेका कम्पनीहरू सेफ्टी लिस्टमा कायम रहने पोखरेलले जानकारी दिए । मापदण्ड पूरा नगर्ने राष्ट्र र कम्पनीलाई आइकाओले हवाई सुरक्षा अडिटमार्फत निगरानी गरी सुधारका लागि निर्देशन दिने गर्छ । नेपालको वायुसेवा आइकाओको सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै अहिले युरोपेली युनियनको प्रतिबन्धमा छ ।

चासो इयू सेफ्टी लिस्टको
अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन आइकाओको सुरक्षा मापदण्ड ग्लोबल र्याङ्किङ पूरा नगरेको भन्दै युरोपेली युनियनले नेपालमा उडान गरिरहेका सम्पूर्ण वायुसेवा कम्पनीलाई २० मंसिर ०७० मा सेफ्टी लिस्टमा राखेको थियो । यस लिस्टमा राखेपछि युनियनअन्तर्गतका मुलुकमा उडान भर्न निषेध गर्ने गरी प्रतिबन्ध लागेको छ । युनियनले आफ्ना नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेको छ ।

इयू र आइकाओले नेपालको हवाई पूर्वाधार तथा उडानयोग्य प्रमाणपत्र (टाइप सर्टिफिकेट) प्रदान गर्ने प्रक्रियालगायत क्षेत्रमा सुधारका लागि दिएका सुझाब अविलम्ब कार्यान्वयन गर्ने प्रक्रियामा रहेको प्राधिकरणको भनाइ छ । आइकाओबाट प्रतिबद्धता जनाएअनुसार काम भएको भए जुलाई २०१६ सम्म एसएससी ट्यागबाट हटिसक्ने र डिसेम्बरसम्म युरोपेली युनियनको सेफ्टी लिस्टबाट नेपाल हटिसक्ने आशा नेपालको थियो ।
Comments
Post a Comment