निर्धारित समयमा जम्मा १६ प्रतिशत मात्रै काम गरेको ठेकेदार कम्पनीले पशुपति क्षेत्रबाट माटो झिक्न नपाए काम नगर्ने अडान लिएको छ
अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, १९ साउन
स्पेनिस निर्माण कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले पशुपति क्षेत्रबाट माटो निकाल्न नपाए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनाको काम अगाडि बढाउन नसक्ने भन्दै बार्गेनिङ थालेको छ । ठेकेदार कम्पनीले पशुपति क्षेत्रबाट माटो ल्याउन नपाए काम अगाडि बढाउन नसक्ने जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए । ‘नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनीबीच सम्झौता गर्दा आयोजनालाई आवश्यक माटो पशुपतिबाटै ल्याउने भन्ने कुनै सन्दर्भ उल्लेख छैन,’ उनले भने, ‘तर, पनि कम्पनी पशुपतिको माटो ल्याउन नपाए आयोजना अगाडि नबढ्ने बताउन थालेको छ ।’

२ अर्ब ३१ करोड क्षतिपूर्ति माग
विमानस्थल विस्तार आयोजनाको कार्यालयका अनुसार सान्जोसेले तोकिएको जिम्मेवारी पूरा गर्न २ अर्ब ३१ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ । सम्झौताअनुसार कार्यप्रगति दिन असफल कम्पनीले माग गरेको क्षतिपूर्तिलाई पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले पनि पुष्टि गरे । ‘ठेकेदार कम्पनीका मान्छे आयोजनाको भेरिएसनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयमा धाइरहेका छन्,’ उनले भने, ‘ठेकेदारले २ अर्ब ३१ करोड क्षतिपूर्ति मागेको छ ।’ लगानीकर्ता एसियाली विकास बैंकले तोकिएको समयमा काम सम्पन्न नभएपछि आयोजनाको म्याद भने दुई वर्ष बढाएर सन् ०१८ सम्म पुर्याएको छ । आयोजनाको बाँकी काम सम्पन्न गर्न सान्जोसेलाई निरन्तरता दिने या नयाँ प्रक्रियामा जाने भन्ने सम्बन्धमा सरकार अझै अनिर्णीत छ ।

सान्जोसे र प्राधिकरणबीच संरचना निर्माणका लागि ६ करोड १० लाख अमेरिकी डलरको सम्झौता भएको थियो । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा विमानस्थल विस्तारको काम प्रारम्भ भएको हो । अन्तर्राष्ट्रिय विमानस्थल विस्तारमा एडिबीले ८ करोड डलर लगानी गरिरहेको छ । त्यसमध्ये ७ करोड डलर ऋण र १ करोड डलर अनुदान हो ।
सुस्त कार्यप्रगति
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आयोजनाको पहिलो चरणको काम मार्च २०१६ सम्म पूरा गर्ने गरी सान्जोसेले ठेक्का पाएको थियो । तर, सो अवधिमा केवल १६ प्रतिशत मात्र काम सम्पन्न भएको प्रतिवेदन आयोजना कार्यालयसँग छ । निर्माण कम्पनीको कार्यशैलीबाट आयोजना, नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका अधिकारी सन्तुष्ट छैनन् । कम्पनीले डिसेम्बर २०१२ मा तीन वर्षभित्र सक्ने गरी त्रिभुवन विमानस्थलको कोटेश्वरतर्फ ३ सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एप्रोन निर्माण र अन्तर्राष्ट्रिय उडानका यात्रुको ब्यागेज ओसार्ने (कन्भेयर बेल्ट) निर्माण, अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणलगायत जिम्मा पाएको थियो । आयोजनाका लागि करिब २० लाख घनमिटर माटो बाहिरबाट ल्याउनुपर्ने आवश्यकता छ । त्यसमध्ये हालसम्म ४ लाख घनमिटर मात्र माटो आइसकेको छ । प्रारम्भमा पशुपति क्षेत्र विकास कोषको जग्गाबाट माटो ल्याइएको भए पनि विवाद भई अदालती प्रक्रिया प्रारम्भ भएपछि काम प्रभावित भएको हो ।

मध्यस्थकर्ताको सुझाब
ठेकेदार कम्पनीले पशुपतिको माटो ल्याउन नपाए काम नगर्ने अर्घेल्याइा र अदालती प्रक्रियाका कारण माटो उपलब्ध हुन नसक्ने अवस्थामा एसियाली विकास बैंकले अन्तर्राष्ट्रिय मध्यस्थकर्ता नियुक्ति गरी समस्या समाधानको प्रयास थालेको थियो । सचिव राईका अनुसार एडिबीले नियुक्त गरेको फिडिक नामक मध्यस्थकर्ता कम्पनीले सकेसम्म पशुपति क्षेत्रबाटै माटो ल्याउने व्यवस्था गर्न मन्त्रालयलाई सुझाब दिएको छ । कम्पनीले ठेकेदारलाई माटो आवश्यक नपर्ने अन्य भौतिक संरचना निर्माणको कामलाई निरन्तरता दिन सुझाब दिएको छ । सुझाबअनुसार कम्पनीले अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको काम थालेको छ । त्यसबाहेक मध्यस्थकर्ता कम्पनीले आयोजनाको समय र लागतसमेत बढाउन सुझाब दिएको छ ।
अदालतको फैसला कुर्दै नियामक निकाय
पशुपति क्षेत्र विकास कोषको माटो ल्याउन पाउने या नपाउने भन्ने सम्बन्धमा सर्वोच्च अदालत र विशेष अदालतबाट आउने फैसलाले आयोजनाको भविष्य निर्धारण गर्ने सचिव राईले बताए । ‘सरकार सोही कम्पनीबाटै थप काम पूरा होस भन्ने मनसायमा छ,’ उनले भने, ‘यस अवस्थामा नयाँ ठेकेदार खोज्नुपर्दा आयोजनाको लागत र समय दोब्बरभन्दा बढीले वृद्धि हुने पक्का छ ।’ भेरिएसन गरेरै भए पनि सान्जोसेबाटै आयोजनाको थप काम सम्पन्न गराउने मनसायमा सरकार छ ।

के–के काम हुँदै छ ?
सान्जोसेले आयोजनाको पहिलो चरणअन्तर्गत एयरसाइडमा भौतिक पूर्वाधार बनाउने, नयााँ टर्मिनल भवन बनाउने, हवाई उडानका विभिन्न प्रविधि जडान गर्ने जिम्मेवारी पाएको थियो । यसअन्तर्गत विमानस्थलको एयर साइट विकासमा ३ सय मिटर धावनमार्ग बढाउने, नयाँ ट्याक्सी वे बनाउने, धावनमार्गमा सेन्ट्रलाइन लाइट जोड्ने, नौवटा अन्तर्राष्ट्रिय उडानका जहाज पार्किङ क्षेत्र थप गर्ने, नयाँ प्रस्थान गेट, आगमनतर्फ नयाँ ब्यागेज क्षेत्र, एयर ट्राफिक कन्ट्रोलरमा अटोमेसनसहित प्रविधि जडान गर्ने कामको जिम्मेवारी कम्पनीलाई छ ।

काम नहुँदा के प्रभाव पर्छ ?
करिब ३५ वर्षअगाडि निर्माण भएको संरचनाले यात्रुको चाप थेग्न नसकेको भन्दै विमानस्थल व्यवस्थापनमा समस्या उत्पन्न भएको गुनासो कर्मचारीको छ । त्यसमाथि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सुरसार नै नरहेका कारण अझै कैयौा वर्ष अन्तर्राष्ट्रिय हवाई सम्बन्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै जोडिने पक्का छ । यस अवस्थामा जहाज तथा यात्रुको आगमन व्यवस्थापन गर्न पनि विमानस्थल विस्तार अनिवार्य छ ।

Comments
Post a Comment