फाइल तस्विर
अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, ५ भदौ ।
नेपालमा नीतिगत कमजोरीको फाइदा उठाउँदै विदेशी नागरिकको अवैध गतिविधिमार्फत चलखेल बढेको सरोकारवालाले बताएका छन् । नेपाल भित्रिएका पर्यटकमाथि निगरानी नगर्ने राज्यको कमजोरीले अवैध गतिविधि बढेको उनीहरूको भनाइ छ ।
नेपालमा एउटा प्रयोजनका लागि भिसा लिएर अन्य गतिविधि गर्नेमाथि कडा कारबाहीको नीतिगत व्यवस्था नहुनु र भएका व्यवस्थाको कार्यान्वयन फितलो हुँदा पर्यटनमा विकृति बढेको नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य राजेन्द्र सापकोटाले बताए । ‘नेपालमा सामाजिक गतिविधि, स्वयंसेवा वा अन्य परोपकारी कार्य गर्छु भनेर भिसा माग्यो भने अध्यागमनबाट निकै झन्झट व्यहोर्नुपर्छ,’ टुरिजम फोरम नेपालद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘त्यसैले सजिलै पाइने पर्यटक भिसा लिएर अरू गतिविधिमा लागेका विदेशीको संख्या बढ्दो छ ।’

कसरी रोक्ने विकृति ?
नेपाल आउने पर्यटकले जुन प्रयोजनमा आउन चाहेको हो, सोही प्रयोजनका लागि छुट्टाछुट्टै भिसा दिने प्रक्रियामा कडाइ गर्नुपर्ने होटेल संघ नेपाल (हान)का महासचिव विनायक शाहले बताए । ‘नेपाल आएका पर्यटकबाट राज्यले फाइदा लिन सक्नुपर्छ,’ उनले भने, ‘सामाजिक गतिविधि र स्वयंसेवा गर्नेका लागि पर्यटकीय प्याकेज बनाउने र अवैध गतिविधि गर्नेमाथि कारबाही बढाएमा विकृति रोक्न सकिन्छ ।’
नेपालमा पर्यटकबाट कहाँ, कसरी, के–कस्ता अवैध गतिविधि भएका छन् भन्ने सम्बन्धमा विस्तृत अध्ययन हुन नसकेको ट्ेरकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले जानकारी दिए । नेपालमा हिमाली तथा उच्च पहाडी भेगमा सहजै प्रवेश पाउने पर्यटकले जटिल अनुसन्धानका नाममा अवैध गतिविधिमा संलग्न हुने गरेको नेपाल पर्वतारोहण संघका महासचिव ठाकुरराज पाण्डेले बताए ।
कस्ता–कस्ता गतिविधिमा आबद्ध छन् विदेशी
अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेका अनुसार भिसा अवधि सकिएपछि पनि स्वदेश नफर्कने विदेशी नागरिकको संख्या नेपालमा बढी छ । पत्ता लागेपछि विदेशी नागरिकलाई निश्चित शुल्क जरिवानास्वरूप लिएर स्वदेश पठाइने गरिएको र उनीहरू पुन: नयाँ प्रक्रियाद्वारा नेपाल आई अवैध गतिविधिमै लाग्ने न्यौपानेले जानकारी दिए ।
एउटा भिसा लिएर अन्य गतिविधि गर्ने, लागुऔषध ओसार–पसार र व्यापार, नेपाल बसुन्जेल बिहे गरेर बस्ने अनि सोही आवरणमा अवैध गतिविधि गर्ने, धर्म परिवर्तनका लागि सक्रिय हुने, बहुमूल्य जडीबुटी, सम्पदाको अनुसन्धान र चोरी–निकासीजस्ता गतिविधिमा पनि पर्यटक संलग्नता देखिएको टुरिजम फोरमका अध्यक्ष मनोज गिरीको भनाइ छ ।
के भन्छन् नियामक निकाय ?
पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा पर्यटकबाट हुने अवैध गतिविधि रोक्न निजी क्षेत्रको अस्वस्थ प्रतिस्पर्धा बन्द हुनुपर्ने आवश्यकता औाल्याए । ‘नेपालको अध्यागमन प्रक्रियामा समस्या छन्, सरकार कमजोर छ,’ उनले भने, ‘यसको फाइदा उठाउँदै निजी क्षेत्रमा हुने अस्वस्थ प्रतिस्पर्धाले पर्यटकलाई अवैध गतिविधि गर्न सहज भएको छ ।’
नेपालमा सामाजिक पर्यटन या स्वयंसेवाका लागि आउने पर्यटकलाई ग्रामीण या होमस्टे पर्यटन अवधारणासँग जोडेर विकास गर्न सकिने सचिव राईको भनाइ छ । ‘ग्रामीण पर्यटन, होमस्टे, सामाजिक पर्यटन तथा वातावरणलाई जोडेर प्याकेज बनाउनुस्,’ उनले भने, ‘त्यसको सहजीकरण सरकारले गर्छ ।’
अब बन्ने नीति, नियमावली र कार्यविधिमा सामाजिक पर्यटनको अवधारणालाई पनि समेट्ने आश्वासन उनले दिए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) दीपकराज जोशीले व्यवहारमै नैतिकता आवश्यक रहेको बताए । आफूले नयाँ प्रडक्ट नल्याउने र अरूले ल्याएको प्रडक्टलाई सकेसम्म सस्तोमा बेचेर गोलमटोल बनाउने विकृति नेपालमा रहेको उनको भनाइ छ । पर्यटकका गतिविधिलाई कडा अनुगमन गर्न नसक्दा पनि यस्ता गतिविधि हुने गरेको उनले बताए ।
नेपालमा अहिले पनि पर्यटकीय तथ्यांक अद्यावधिक प्रणाली कमजोर छ । खासगरी नेपाल आएका पर्यटक कहाँ, के प्रयोजनका लागि आएका हुन् भन्नेबारे राज्य र सुरक्षा निकायलाई पनि जानकारी हुादैन । यसले एकातर्फ नेपालका सम्पदामा विदेशीको सहज पहुँच विस्तार भएको छ भने अर्कोतर्फ पर्यटनबाट राज्यले फाइदा लिन सकेको छैन ।
- See more at: http://www.enayapatrika.com/2016/08/83779#sthash.g0Trecf3.dpuf

Comments
Post a Comment