स्मार्ट पुस्ताको स्मार्ट भेहिकल : स्कुटर

अच्युत पुरी 
काठमाडौंको एक निजी कम्पनीमा कार्यरत दोलखाका सुजन सुवेदी आफ्नो दैनिक यात्रामा स्कुटर प्रयोग गर्छन् । तर, आफ्नै व्यवसाय चलाइरहेका उनका दुईजना भाइ भने आधुनिक मोडलका हेभी बाइक कुदाउँछन् । हलुका, सानो तथा साँघुरो सडकमा पनि सजिलोसँग चलाउन सकिने स्कुटर रोजेको उनी बताउाछन् । उनी भन्छन्, ‘स्कुटरमा चढ्दा स्मार्ट देखिएको पनि अनुभव गर्छु ।’ त्यस्तै, भक्तपुर कौशलटारमा सुआन कलेक्सन चलाइरहेकी गुल्मीकी सुनु श्रेष्ठले पनि यसैसाता स्कुटर खरिद गरिन् । होलसेल पसलबाट सामान ल्याउन बारम्बार श्रीमान्सँग आग्रह गर्नुको साटो आफ्नै सवारीले सजिलो हुने हुादा स्कुटर किनेको उनले बताइन् । श्रीमान् कार्यालयबाट ढिला घरमा फर्कने भएकाले आवश्यक पर्दा स्कुटर दुवैजनालाई उपयुक्त हुने श्रेष्ठ दम्पतीको अनुभव छ । 
स्मार्ट पुस्ताको स्मार्ट भेहिकल स्कुटर
स्कुटरप्रति पुरुषको आकर्षण 
केही समयअगाडिसम्म स्कुटर भन्नेबित्तिकै महिलाले चढ्ने बाहनका रूपमा लिइन्थ्यो । तर, अहिले समय फेरिएको छ । विक्रेताहरूका अनुसार पछिल्लो समय स्कुटर खरिद गर्ने पुरुष ग्राहक बढेका छन् । ‘झलक्क हेर्दा मोडल मन परेपछि मैले स्कुटर किनेको हो,’ सुवेदी भन्छन्, ‘अहिलेको जमानामा महिला–पुरुषभन्दा पनि सजिलो र फेसनेबल रोज्ने हो ।’ केही समय पहिलेसम्म विक्रेताहरूले नेपालमा मोटरसाइकललाई उच्च प्राथमिकता दिएर प्रचार–प्रसार गर्थे । सोहीअनुसार अन्तर्राष्ट्रिय बजारमा आएका नयाँ–नयाँ मोडल पनि भित्र्याउने गर्थे । तर, अहिले भने मोटरसाइकलको तुलनामा स्कुटरको माग अत्यधिक रहेको विक्रेताहरूको अनुभव छ । सोही कारण हरेकजस्तो कम्पनी नयाा–नयाा मोडल सार्वजनिक गर्न प्रतिस्पर्धा गरिरहेका छन् । 
मल्टी–पर्पाेज बाहन 
आर्थिक रूपमा सम्पन्न परिवारका छोराछारीलाई बाबा–आमाले परीक्षामा राम्रो अंक ल्याएमा दुईपांग्रे सवारी किनिदिने वाचा गरेका हुन्छन् । सोहीअनुसार एसएलसीपछि दुईपांग्रे सवारीसाधन खरिद अत्यधिक हुने गरेको यामाहा ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजका बजार प्रबन्धक दीपक रौनियारको भनाइ छ । ‘स्कुटर मल्टी–पर्पाेज बाहनका रूपमा विकसित भइरहेको छ,’ उनले भने, ‘बिहानभर छोरीले कलेज लिएर जाने स्कुटर दिउासो भने बाबाले अफिस जाँदा लैजाने ट्रेन्ड बढेको छ ।’ 
सस्तो र किफायती 
पुरुषसँगै महिला पनि आत्मनिर्भर र कामकाजी बन्दै गएपछि सहरी इलाकामा स्कुटरको माग बढ्न थालेको विक्रेताहरू बताउँछन् । बढी वजन हुने र चलाउँदा नियन्त्रण गर्न समस्या हुने भएकाले मोटरसाइकल सामान्यतया महिलाको रोजाइमा पर्दैन । घरमा दुवैजना कामकाजी भएपछि समयको बचत र सार्वजनिक सवारीको झन्झट कम गर्न आफ्नै सवारीसाधन अत्यावश्यक बनेको हो । त्यसक्रममा महिला र पुरुषलाई छट्टाछुट्टै सवारीसाधन खरिद गर्नुको साटो एउटै सवारीसाधन दुवैजनाले प्रयोग गर्न थालिएको हो । ‘मध्यमवर्गीय परिवारमा स्कुटर लोकप्रिय बनेको छ,’ रौनियारले भने, ‘महिला–पुरुष दुवैले एउटै सवारीसाधनको प्रयोग गर्नुको मतलब अर्को एउटा साधन किन्नेबराबर रकम बचत गर्नु पनि हो ।’ श्रेष्ठ परिवारले स्कुटर रोज्नुको कारण पनि मल्टिप्रपोज प्रयोग नै हो । ‘श्रीमान् अफिसबाट घर फर्कंदा रातमा अबेर हुन्छ,’ कौशलटारकी सुनु श्रेष्ठले भनिन्, ‘बिहान र दिनमा काम पर्दा मैले चलाउँछु, साँझ श्रीमान्ले अफिस लिएर जानुहुन्छ ।’ 
ग्रामीण भेगमा पनि बढ्दो माग 
सहरी क्षेत्रमा मात्र होइन, दुईपांग्रे (मोटरसाइकल–स्कुटर) प्रयोगले ग्रामीण क्षेत्रका मानिसको पनि जनजीवन सहज बन्दै गएको छ । सार्वजनिक यातायातको विश्वसनीयता कम हुँदै गएपछि निजी सवारीसाधनप्रति आकर्षण बढेको हो । एक दशकअघिसम्म नेपालमा दुईपांग्रे सवारी प्रयोग गर्नु प्रतिष्ठाकै रूपमा लिइन्थ्यो । अझ, स्कुटर चढ्ने महिलालाई अनौठो रूपमा हेर्ने प्रवृत्ति थियो । तर, आकर्षक मोडलमा नयाँ–नयाँ कम्पनीले स्कुटर भित्र्याएपछि भने अब स्कुटर सहरी जनजीवनको एक आकर्षक सवारी बन्दै गएको छ । 
यातायात व्यवस्था विभागका अनुसार वार्षिक डेढ लाखभन्दा बढी संख्यामा नेपालमा दुईपांग्रे सवारी भित्रन्छन् । त्यसको ३५ देखि ४० प्रतिशत हाराहारी स्कुटर बिक्री हुने गरेको विक्रेताहरूको अनुमान छ । विभागले दुईपांग्रे सवारीको दर्ता गर्दै आए पनि मोटरसाइकल र स्कुटरको संख्या भने छुट्याउने गरेको छैन । आर्थिक वर्ष ०७०/७१ मा देशभर १ लाख ६३ हजार ९ सय ४५ वटा मोटरसाइकल दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ । 
आव ०७१/०७२ मा १ लाख ९६ हजार ३ सय ८३ दुईपांग्रे सवारी दर्ता भएका थिए । नेपालमा आव ०६६/६७ देखि दुईपांग्रे सवारीसाधनको माग बढ्न थालेको हो । विक्रेताहरूका अनुसार बजारमा स्कुटरको बिक्री बढ्नुको मतलब कामकाजी महिलाको संख्या वृद्धि हुनु हो । नेपाल जनरल मोटर्सकी मिडिया कोअर्डिनेटर शीतल दाहालका अनुसार आफ्नो कम्पनीको मात्रै मासिक ३ सय स्कुटर बिक्री हुने गरेको बताइन् । हिरोको प्लेजर, ड्यास र डुएट स्कुटर नेपाली बजारमा उपलब्ध छ । 
यसकारण लोकप्रिय छ स्कुटर
बजारमा उपलब्ध कतिपय ब्रान्डका स्कुटरलाई चालकको उचाइअनुसार अग्लो–होचो बनाउन सकिन्छ । महिन्द्रा ब्रान्डको ‘गेस्टो’ नामक मोडलमा यस प्रकारको सुविधा छ । अव्यवस्थित पार्किङ रहेको सहर–बजारमा पार्किङस्थलबाटै हेलमेट, रेनकोट, पञ्जा, रुमालजस्ता साधन हराउने समस्या छ । स्कुटरमा यस्ता सामग्री सिटमुनि सुरक्षित राख्न सकिन्छ । किनमेलबाट फर्कंदा होस् या भीडभाडमा ड्राइभ गर्दा स्कुटर मोटरसाइकलको तुलनामा सुरक्षित मानिन्छ । आफ्नै गाडी हुने परिवारले पनि सजिलो यात्राका लागि स्कुटर रोज्ने गरेको विक्रेताहरूको अनुभव छ ।
 नेपालमा कुल जनसंख्याको करिब ५ प्रतिशत मानिससँग मोटरसाइकल/स्कुटर रहेको अनुमान छ । कम्पनीहरूका अनुसार नेपालमा हरेक ३५ मध्ये १ जनासँग मोटरसाइकल वा स्कुटर हुन्छ । एसियाली मुलुकमा औसत: हरेक ७ जनामध्ये १ जनासँग मोटरसाइकल/स्कुटर रहेको अनुमान छ । 
सजिलो सर्भिसिङ 
नेपालमा स्कुटरका लागि छुट्टै सर्भिस सेन्टर बनाइएको छैन । मोटरसाइकलको मर्मत गर्ने रिकन्डिसन सेन्टरहरूमा नै स्कुटरसमेत मर्मत हुने गरेको छ । कम्पनीहरूका अनुसार नेपालमा स्कुटर सर्भिसिङमा समस्या छैन । युरोप र अमेरिकाबाट आयातीत केही ब्रान्डका स्कुटरको स्पेयर्स पाटर््स आउन केही समय लाग्ने भए पनि भारतीय ब्रान्डका स्कुटरको स्पेयर्स पाटर््समा पनि कुनै समस्या नहुने बताइन्छ । नेपालमा एमएडब्लु इन्टरप्राइजेज, जगदम्बा मोटर्स, विशाल ग्रुप, अग्नि इन्कर्पोरेटेड, स्याकार ट्ेरडिङ कम्पनी, नेपाल जनरल मार्केटिङ, एचएच बजाजलगायत कम्पनीले विभिन्न ब्रान्डका स्कुटर आयात गर्दै आएका छन् ।
 http://www.enayapatrika.com/2016/06/71462#sthash.Fv5Eowd8.dpuf

Comments