सरसफाईमा सुधार–मूख्य समस्या जहाँकोतँही
- ‘विदेशी विमानस्थलमा यात्रा गर्ने यात्रुले टिकट काट्नासाथ उसको सम्पूर्ण विवरण पत्ता लागिसक्छ, विमानस्थलका कर्मचारीको गुनासो, ‘हाम्रोमा प्रविधि छैन, अनुहार हेरेर चोर, तस्कर या सज्जन व्यक्ति पत्ता लगाउनुपर्छ ।’
- ‘चोर र बदमासले ज्यू–हजुर गर्दा गल्ति स्वीकार्दैन,’ विमानस्थलस्थित अध्यागमन विभागका प्रमखु खड्का भन्छन्, ‘नझपारे सत्य बोल्दैनन्, झपार्दा कर्मचारी मिठो बोलेन भन्ने गुनासो आउँछ ।’
- गतसाताको तुलनामा शौचालय तथा भुँईमा सरसफाई गरिएको थियो । विमानस्थलस्थित ‘ड्यूटी फ्रि’ पसलमा अव्यवस्थित तथा जथाभावी झण्ड्याइएका सामान भित्र राखिएको थियो ।
- विमानस्थल कार्यालयका अनुसार सन् २००२ मा विद्यमान विमानस्थलको संरचना प्रतिपिकआवर १ हजार ३ सय ४० जना यात्रुलाई लक्षित गरी निर्माण गरिएको थियो । अहिले प्रतिपिकआवर यात्रुसंख्या २ हजार २ सय पुगेको छ ।
- ‘म निर्देशन दिन होइन, आग्रह गर्न आएको हुँ, सबैले आफ्नो भूमिका इमानदारीसाथ पुरा गर्नुहोस, हाम्रो सेवाबाट यात्रु सन्तुष्ट हुनुपर्छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेल
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं २२, मंसिर
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेल मन्त्रालयका उच्चस्तरीय कर्मचारी र सञ्चारकर्मीका साथ अन्तरराष्ट्रिय विमानस्थलको अनुगमनमा थिए । अनुगमन टोलीले विमानस्थलस्थित अध्यागमन विभागमा पुगि विभागका विमानस्थल प्रमुख विष्णु खड्कासँग पछिल्लो अवस्थाको जानकारी लिँदालिँदै विद्युत कटौती भयो । विद्युत गएपछि इण्टरनेट कनेक्सन छुट्यो । त्यतिन्जेलसम्म मन्त्री पोखरेल अनुगमनका लागि अगाडी बढिसकेका थिए । करिव ५ मिनेट कुर्दापनि बिजुली आएन, सो अवधिभित्र अध्यागमनको जाँचपासका लागि दर्जनौं यात्रुको लाइन लागिसकेको थियो ।
विभागका कर्मचारी गुनासो गर्दै थिए, ‘यो सुरक्षा संवेदनशिल क्षेत्र हो, जहाँ २४ सै घण्टा विद्युत र इण्टरनेटको व्यवस्था हुनुपर्छ,’ यही मौका छोपी बदमास र खराब नियतको मान्छेले चलखेल गर्न सक्छ ।’ विभागमा एकजना यात्रुको काम बढीमा ४० सेकेण्ड भित्र पुरा गर्ने भएपनि प्रविधिको अभावले टुत्री हुने गरेको गुनासो कर्मचारीको थियो । ‘विदेशी विमानस्थलमा यात्रा गर्ने यात्रुले टिकट काट्नासाथ उसको सम्पूर्ण विवरण पत्ता लागिसक्छ,’ विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख खड्काले भने, ‘हाम्रोमा प्रविधि छैन, अनुहार हेरेर चोर, तस्कर या सज्जन व्यक्ति हो भन्ने पत्ता लगाउनुपर्छ ।’
‘नझपारे सत्य बोल्दैनन्, झपारे मिठो बोलेन भन्छन्’
विमानस्थलमा कर्मचारीको व्यवहारलाई लिएर निकै प्रश्न उठ्ने गरेका छन् । मन्त्री, सचिव तथा सभासदहरुको अनुगमनका बेला पनि कर्मचारीलाई आफ्नो बोली–व्यवहारमा सुधार गर्न निर्देशन दिँदै आएका छन् । तर, कर्मचारी भने गतिविधि शंकास्पद लागेका व्यक्तिमाथि कडा शब्द प्रयोग गर्नुपर्ने बाध्यता रहेको गुनासो गर्छन् । ‘हाम्रोमा प्रविधि छैन, चोर र बदमासले ज्यू–हजुर गर्दा गल्ति स्वीकार्दैन,’ खड्का भने, ‘नझपारे सत्य बोल्दैनन्, झपार्दा कर्मचारी मिठो बोलेन भन्छन् ।’ ९९ प्रतिशत यात्रुप्रति मिठो बोलेरै व्यवहार गरिएको र एक प्रतिशत यात्रुप्रति कडा रुपमा प्रस्तुत हुनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
सरसफाईमा उल्लेख्य सुधार
मन्त्री पोखरेल तथा मन्त्रालयका सचिव दिनेशकुमार थपलीयाले गतसाता विमानस्थलको स्थलगत अनुगमन गरी सरसफाई तथा भौतिक पूर्वाधार तत्काल सुधार गर्न निर्देशन गरेका थिए । एक सातापछि सञ्चारकर्मीसहित आउने जानकारीसहित निर्देशन दिएका मन्त्री तोकिएकै समयमा विमानस्थल पुग्दा सरसफाईमा ब्यापक सुधार देखिएको थियो । अनुगमनमा सहभागी मन्त्रालयका उपसचिव हरी खड्काका अनुसार गतसाताको तुलनामा शौचालय तथा भुँईमा पनि निकै सरसफाई गरिएको थियो । विमानस्थलस्थित ‘ड्यूटी फ्रि’ पसलमा अव्यवस्थित तथा जथाभावी झण्ड्याइएका सामान भित्र राखिएको थियो । ‘छोटो समयमा धेरै परिवर्तन गरिएको अनुभव गरे’, उपसचिव खड्काले भने ।
विमानस्थलका महाप्रवन्धक देवआनन्द उपाध्यायका अनुसार एक साताको अवधिमा विमानस्थलको व्यवस्थापन र सेवाको सुधारका लागि विभागीय प्रमुखहरुबीच छलफल भयो । सोहीबीचमा विमानस्थलका सम्पूर्ण सफाई कर्मचारीलाई विशेषज्ञमार्फत तीन दिने तालीम प्रदान गरिएको थियो । ‘अब हरेक शौचालयमा सफाई कर्मचारी खटिएका हुनेछन्’, उपाध्यायले भने, ‘उनीहरुलाई सरसफाईमा प्रयोग हुने सम्पूर्ण साधन उपलब्ध गराएका छौं ।’
यात्रु चाँपले व्यवस्थापनमा समस्या
विमानस्थल कार्यालयका अनुसार सन् २००२ मा विद्यमान विमानस्थलको संरचना प्रतिपिकआवर १ हजार ३ सय ४० जना यात्रुलाई लक्षित गरी निर्माण गरिएको थियो । अहिले प्रतिपिकआवर यात्रुसंख्या २ हजार २ सय पुगेको छ । साँघुरो संरचना र यात्रुको चाँपका कारण व्यवस्थापनमा चूनौति थपिएको छ,’ महाप्रवन्धक उपाध्यायले भने, ‘विमानस्थलको स्तरोन्नती आयोजना समयमै नसकिएका कारण समस्या बढेको हो ।’
गुणस्तरीय सेवा र चुस्त व्यवस्थापन ः मन्त्रालय
मन्त्रालयका निमित्त सचिव साधुराम सापकोटाले विमानस्थलमा गुणस्तरीय सेवा र चुस्त व्यवस्थापनका लागि मन्त्रालय लागिपरेको बताए । ‘भौतिक विकास, नयाँ प्रविधि जडान र कर्मचारीको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले हरसम्भव प्रयास गर्नेछ,’ उनले भने, ‘यो विमानस्थलमा हामीले क्षेत्रफल होइन, गुणस्तर नै बढाउने हो ।’
यात्रुलाई सोध्न फेरी आउँछु ः मन्त्री पोखरेल
पर्यटनमन्त्री पोखरेलले विमानस्थलको सेवा–सुविधा तथा सौन्दर्यबाट विभागीय मन्त्री, कर्मचारी र सञ्चारकर्मीमात्र सन्तुष्ट भएर नपुग्ने भन्दै अर्कोपटक यात्रुसँग प्रत्यक्ष गुनासो सुन्ने गरी आउने जानकारी गराए । ‘म निर्देशन दिन होइन, आग्रह गर्न आएको हुँ,’ उनले भने, ‘सबैले आफ्नो भूमिका इमानदारीसाथ पुरा गर्नुहोस, हाम्रो सेवाबाट यात्रु सन्तुष्ट हुनुपर्छ ।’
अधिकारलाई दुरुपयोग गर्दै विमानस्थललाई नाफा कमाउने स्थलका रुपमा प्रयोग गर्न नहुने उनको भनाई छ । स्वदेशको कुनै पनि सेवाको व्यवस्थापनका लागि अन्तरराष्ट्रिय व्यवस्थापक झिकाउनु नपरोस भन्दै उनले नेपाल एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डिलिङ सेवामा सुधार गर्नसमेत आग्रह गरे । त्यसअघि महाप्रवन्धक उपाध्यायले ग्राउण्ड ह्याण्डिलिङ सेवालाई ग्लोबल टेण्डरमार्फत अन्तरराष्ट्रिय कम्पनीलाई जिम्मा नदिएसम्म सेवामा सुधार नहुने दावि गरेका थिए ।
मन्त्री पोखरेलले मन्त्रालय सम्हालेपछिको एक महिनाभित्र तीन पटक विमानस्थलमा स्थलगत अनुगमन गरिसकेका छन् । विमानस्थलमा पाइला राख्नासाथ विदेशी नागरिकले नेपालबारे पहिलो इमेज बनाउने भन्दै उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सेवा–सुविधालाई प्राथमिकतामा राखेका छन् ।

posted by : http://www.enayapatrika.com
Comments
Post a Comment