देशभरका बन्द विमानस्थल बैशाखसम्म सञ्चालनको योजना

थप चिनियाँ जहाज ल्याएर उडाउछौं ः मन्त्री पोखरेल
  • बन्द अवस्थामा रहेका १७ वटा विमानस्थललाई वैशाखसम्म उडानयोग्य बनाएर सञ्चालनमा ल्याउने योजना रहेको पर्यटन मन्त्रीद्धारा जानकारी
  • नेपाल एयरलाइन्सका लागि चीनबाट निकट भविश्यमा ल्याउन लागिएका चार वटा जहाजमार्फत दूर्गम क्षेत्रका विमानस्थलमा सेवा बिस्तार गरिने
  • चिनियाँ जहाजको प्राविधिक अध्ययन गरेर फर्किएको टोलीले प्रतिवेदन बुझाएको छ
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं ६, माघ
सरकारले देशभर बन्द अवस्थामा रहेका आन्तरिक विमानस्थल आगामी वैशाखसम्म सञ्चालन गर्ने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले देशभर बन्द अवस्थामा रहेका १७ वटा विमानस्थललाई वैशाखसम्म उडानयोग्य बनाएर सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिएका छन् । 
बन्द सबै विमानस्थल वैशाखसम्ममा सञ्चालन
‘हामीलाई संसदीय समितिले पनि निर्देशन दिइसकेको छ,’ बुधबार चीनको सिन्ह्वा समाचार समितिद्धारा राजधानीमा आयोजित नेपाल–चीन उड्डयन सहकार्य ः अवसर र चूनौती’ विषयक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने, ‘बन्द रहेका सबै विमानस्थललाई सञ्चालन योग्य बनाउँछौं ।’ चीनबाट नेपालले बुझ्न बाँकि जहाज निकट भविश्यमा नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिँदै उनले ती गन्तब्यमा चिनियाँ जहाजबाटै सेवा सञ्चालन गरिने बताए ।
पर्यटन विकासको पर्याप्त सम्भावना बोकेको नेपालले धार्मिक, सांस्कृतिक तथा इको टूरिजमका माध्यमबाट ठूलो संख्यामा पर्यटक भित्राउन सक्ने बताए । तर, त्यसका लागि नेपालजस्ता भूपरिवेष्ठित मुलुकमा हवाई उद्योग सक्षम  र आत्मनिर्भर हुनुपर्ने उनको भनाई छ । नेपालमा एक अन्तरराष्ट्रिय, ६ वटा निर्माणाधिनसहित ५६ वटा विमानस्थल रहेका छन् । त्यसमध्ये ३२ वटा विमानस्थलमा मात्र अहिले नियमित व्यवसायिक उडान भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 
प्राविधिक टोलीले प्रतिवेदन बुझायो
यसैबीच, नेपाल ल्याउन बाँकि चिनियाँ जहाजको प्राविधिक अध्ययन गरेर फर्किएको टोलीले प्रतिवेदन बुझाएको छ । टोलीले मंगलबार नै प्रतिवेदन बुझाइसकेको मन्त्री पोखरेलले जानकारी दिए । पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य नेतृत्वमा केही साताअघि प्राविधिक टोली चीन गएको थियो । मत्र िपोखरेलका अनुसार निकट भविश्यमा चीनबाट चार वटा जहाज ल्याउने तयारी भइरहेको छ । चीनले एमए ६० र वाई १२ मोडलका दुई वटा जहाज अनुदानमा नेपाललाई उपलब्ध गराइसकेको छ । थप एउटा एमए ६० र तीन वटा वाई १२ सहुलियतपूर्ण ऋण सहयोगमा नेपालले खरीद गर्ने सम्झौता यसअघि नै भइसकेको छ ।
चिनियाँ जहाजमा बीमा शुल्क महंगो हुने, प्राविधिक समस्या आइरहने, बिक्रिपछिको रेस्पोन्स भरपर्दो नभएकोजस्ता समस्या निगमले भोग्दै आएको छ । जहाज निर्माता कम्पनी एभिक इण्टरनेशनले नेवानिले उठाएका प्रश्न सम्बोधन गर्ने भएपछि थप जहाज ल्याउने तयारी भइरहेको छ । कम्पनीले उपलब्ध गराएको विवरणअनुसार भार बहन गर्न नसक्दा अहिले उडिरहेका चिनियाँ जहाजले पूर्ण क्षमतामा यात्रु बोकेका छैनन् ।
कार्यक्रममा चिनियाँ जहाज निर्माता कम्पनी एभिक इण्टरनेशनलका उपाध्यक्ष सु बोले नेपाललाई उपलब्ध गराइएको दुई वटा जहाजले भूकम्पका बेला महत्वपूर्ण सहयोग पुगेको उल्लेख गरे । नेपाल एयरलाइन्सको दूर्गम क्षेत्रमा नयाँ रुट बिस्तार गर्दै आम सर्वसाधारणलाई सेवा पु¥याउने योजनामा एभिकको साथ रहने प्रतिवद्धता उनको थियो ।
नेपालका  लागि चिनियाँ राजदूत वु चुन्ताईले एभिक इण्टरनेशनल र नेपाल एयरलाइन्सबीचको सम्झौताले दुई देशबीचको सम्बन्धमा ऐतिहासिक महत्व राख्ने बताए । चीनले सधै नेपालको विकास चाहने उल्लेख गर्दै उनले नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालनको तयारी गरिरहेको हिमालयन एयरलाइन्स यी देशबीचको सम्बन्धको अर्को उदाहरण बन्ने बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले नेपाल एयरलाइन्सका लागि यसअघि अनुदानमा प्राप्त जहाजमा देखिएका प्राविधिक समस्याबारे एभिक इण्टरनेशनललाई जानकारी गराइएको र कम्पनीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी दिए । यूरोपेली यूनियनले नेपालको हवाई सुरक्षामा प्रश्न उठाउँदै प्रतिवन्द सूचिमा राखेपछि नेपालको पर्यटन प्रवद्र्धनमा नकारात्मक असर परिरहेको प्रति उनले ध्यानाकर्षण गराएका थिए ।
नेपाल एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंशाकारले निटक भविश्यमा चीनको कुनमिङ र ग्वाङझाउमा सिधा उडानको तयारी भइरहेको जानकारी दिए । वाइडबढी जहाज थप गर्दै चीनको सांघाई, बेइजिङ, दक्षिण कोरिया, जापानलगायत गन्तब्यमा उडान बिस्तार गर्न सके पर्याप्त पर्यटक भित्राउन सकिने उनको भनाई छ । वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले यतिबेला अन्तरराष्ट्रिय समुदायले नेपालको हवाई सुरक्षाको विषयलाई चासोका साथ हेरिरहेको भन्दै यसप्रति सबैपक्ष गम्भिर हुनुपर्ने बताए । सिन्ह्वा समाचार समिति काठमाडौं ब्यूरोका प्रमुख झाउ सेङपिङले नेपाल र चीनबीचको आर्थिक र सामाजिक विकासमा उड्डयन क्षेत्रको सहकार्य अनिवार्य रहेको बताएका थिए । 
posted by : http://www.enayapatrika.com/2016/01/48875

Comments