एक वर्षअघिको सम्झौता कार्यान्वयन प्रक्रियामा
- नेपाल नागरिक उड्डयन प्राधिकरण र आइकाओबीच ‘आइकाओ सेफ फण्ड’मार्फत नेपाललाई प्राविधिक सहयोग गराउने सम्बन्धमा २३ अप्रिल २०१५ मा सम्झौता भएको थियो
- फेब्रुअरी २०१५ बाट शुरु भएको यो प्रक्रिया करीव १ वर्षपछि कार्यान्वयनको चरणमा पुगेको हो
- कार्यक्रमको कूल बजेट ५ लाख ९९ हजार ८ सय अमेरिकी डलर रहेको छ । त्यसमध्ये प्राधिकरणले २५ प्रतिशत आर्थिक योगदान गर्नेछ
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं १६, पुस
अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपालको हवाई सुरक्षा पर्यवेक्षण क्षमता (सेफ्टी ओभरसाइट क्यापाबिलीटी) लाई सुदृढ गर्ने दीर्घकालिन योजनाअनुसार आगामी फेब्रुअरीबाट प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र आइकाओबीच ‘आइकाओ सेफ फण्ड’मार्फत नेपाललाई प्राविधिक सहयोग गराउने सम्बन्धमा २३ अप्रिल २०१५ मा सम्झौता भएको थियो । फेब्रुअरी २०१५ बाट शुरु भएको यो प्रक्रिया करीव १ वर्षपछि कार्यान्वयनको चरणमा पुगेको प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए ।
दुई निकायबीचको सम्झौताअनुसार आइकाओले नेपाललाई फ्लाइट अपरेशन, एयरवर्दिनेश र लाइसेन्सिंङका क्षेत्रमा अन्तरराष्ट्रिय विशेषज्ञ सेवा उपलब्ध गराउनेछ । संसारभरका नागरिक उड्डयन सेवाको नियामक निकाय आइकाओको सदस्य राष्ट्रले उक्त निकायले तर्जुमा गरेका हवाई सुरक्षासम्बन्धी अन्तरराष्ट्रिय मापदण्ड र मार्गदर्शन कार्यान्वयन गर्नुपर्ने दायित्व छ । संगठनका मापदण्ड पुरा नगर्ने राष्ट्र र कम्पनीलाई आइकाओसहित अन्य विभिन्न निकायले हवाई सुरक्षा अडिटले निगरानी गरी सुधारका लागि निर्देशन दिइन्छ ।
नेपाली वायुसेवा आइकाओका मापदण्ड पुरा नगरेको भन्दै अहिले यूरोपेली यूनियनको प्रतिवन्धमा छ । महानिर्देशक गौतमका अनुसार फेब्रुअरीसम्म कम्तिमा एयरवर्दिनेश र लाइसेन्सिंङका विशेषज्ञ छनोट गर्ने काम सम्पन्न भई सेवा प्राप्त हुनेछ । उनका अनुसार कार्यक्रमको कूल बजेट ५ लाख ९९ हजार ८ सय अमेरिकी डलर रहेको छ । त्यसमध्ये प्राधिकरणले २५ प्रतिशत आर्थिक योगदान गर्नेछ ।
यसैबीच प्राधिकरणबाट नेपालको हवाई सुरक्षामा भएका कार्यहरुको लेखाजोखा गर्न आइकाओ–एसिया प्यासिफिक अफिसबाट निकट भविश्यमा उडान सुरक्षा सम्परिक्षण मिसन नेपाल आउन लागेको महानिर्देशक गौतमले जानकारी दिए । हवाई सुरक्षा कायम गर्नेसम्बन्धमा विगतमा भएका विभिन्न हवाई दूर्घटना छानविन आयोगले गरेका उडान सुरक्षा सिफारिसलाई प्राधिकरणले प्राथमिकता दिएको गौतमको दावि छ । उनका अनुसार प्राधिकरणले ८५ प्रतिशत उडान सुरक्षा सिफारिस कार्यान्वयन गरिसकेको छ ।
‘जनताको मन जितेपछि बोनस माग्नुहोस’
नेपाल नागरिक उड्डयन प्राधिकरण बिहीबारदेखि १७ औं वर्षमा प्रवेश गरेको छ । प्राधिकरणको वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जनताको मन जित्नेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । प्राधिकरणका आन्तरिक प्रतिवेदन र प्रतिवद्धताले संस्थाप्रति सकारात्मक संकेत देखाएपनि प्राधिकरणको सेवाले जनताको मन जित्न नसकेको भन्दै उनले मुनाफा कमाएर संस्थालाई बलियो बनाएपछि मात्र बोनस माग्न कर्मचारीसँग आग्रह गरे ।
प्राधिकरणको कार्यशैलीप्रति उनले तिब्र असन्तुष्टि व्यक्त गरेका थिए । ‘हाम्रा भौतिक संरचना निर्माण सम्पन्न भएको भोलीपल्टदेखि पुनर्निर्माण गर्न थाल्नुपर्छ,’ उनले भने, ‘यो कस्तो परिपाटी हो ?’ दूर्गम स्थानका जनतालाई हवाई सेवा दिन निर्माण गर्नुपर्ने विमानस्थल गौचरनमा परिणत भएको भन्दै उनले प्राधिकरणको कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष पवित्रकुमार कार्कीले व्यवसायमैत्री नीति–नियम ल्याएर वायुसेवा उद्योग फस्टाउने वातावरण तयार पार्न प्राधिकरणले भूमिका खेल्नुपर्ने बताए । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले हवाई सुरक्षा, भौतिक पूर्वाधार निर्माण र विमानस्थलहरुको निर्माणका कामहरु भइरहेको जानकारी गराएका थिए ।

posted by : http://www.enayapatrika.com
Comments
Post a Comment