- नेपाल नागरिक उड्डयन प्राधिकरणको बिहीबार बसेको बैठकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक संयोजक रहने गरी समन्वय समिति गठन गर्ने निर्णय गरेको हो
- विमानस्थलको सेवा सुविधा तथा सुरक्षा व्यवस्थालाई सुदृढ र प्रभावकारी बनाउन अन्तरनिकाय समन्वयका लागि समिति गठन गर्ने निर्णय बैठकले गरेको प्राधिकरणको भनाई
- विभिन्न मन्त्रालयमातहत रहेका निकायबीच समन्वयको अभावमा विमानस्थल व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको टीआईए व्यवस्थापनले गुनासो गर्दै आएको थियो
- समितिको बैठक हरेक साता बस्ने र छलफल तथा सुधारका लागि आवश्यक निर्णय गरी त्यसको कार्यान्वयनका लागि सम्बन्धित तालुक कार्यालय÷निकायमा पठाउनु पर्नेछ
अच्युत पुरी ÷नयाँ पत्रिका
काठमाडौं ७, माघ
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेका विभिन्न निकायबीच समन्वयका लागि समिति गठन गरेको छ । प्राधिकरणको बिहीबार बसेको बैठकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक संयोजक रहने गरी समन्वय समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा विमानस्थलस्थित भन्सार कार्यालय, नेपाली सेना, महानगरीय प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्यका रूपमा रहनेछन् । यसैगरी नेपाल वायुसेवा निगम वायुसेवा विभागका निर्देशक, एयरलाइन्स अपरेटर्स कमिटीका प्रतिनिधि पनि समन्वय समितिका सदस्य तोकिएको छ । विमानस्थल सञ्चालन विभागका निर्देशकलाई सदस्यसचिव तोकिएको छ ।

विमानस्थलको सेवा सुविधा तथा सुरक्षा व्यवस्थालाई सुदृढ र प्रभावकारी बनाउन अन्तरनिकाय समन्वयका लागि समिति गठन गर्ने निर्णय बैठकले गरेको हो । समितिको बैठक हरेक साता बस्ने र छलफल तथा सुधारका लागि आवश्यक निर्णय गरी त्यसको कार्यान्वयनका लागि सम्बन्धित तालुक कार्यालय÷निकायमा पठाउने निर्णयसमेत बैठकले गरेको छ । विभिन्न मन्त्रालयमातहत रहेका निकायबीच समन्वयको अभावमा विमानस्थल व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको टीआईए व्यवस्थापनले गुनासो गर्दै आएको थियो । अन्य मन्त्रालय मातहतका निकायले काम बिगार्दा पनि अपजस पर्यटन मन्त्रालयले लिनुपर्ने बाध्यता रहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरनिकाय समन्वयका लागि समिति बनाउने निर्णय गरेको थियो । विमानस्थलमा पर्यटनसहित, अर्थ, गृह, रोजगार मन्त्रालयसहित, निजी कम्पनीका दर्जनौं निकाय सक्रिय छन् ।
बैठकले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई ओरिएण्टेशन तालीम प्रदान गर्ने कार्यक्रममा भन्सार र अध्यागमन विभागका प्रतिनिधिलाई समेत सहभागी गराउने व्यवस्थाका लागि अनुरोध गर्ने निर्णयसमेत गरेको प्राधिकरणले जानकारी दिएको छ । विमानस्थलमा एडभान्सा प्यारेन्सर इन्फर्मेशन सिस्टम (एपीआईएस) र ब्यागेज रिकोन्सिलेशन सिस्टम (बीआरएस) लागू गर्न प्रक्रिया अगाडी बढाउने निर्णय समेत प्राधिकरणले गरेको छ ।
अध्यागमनले फर्काएका (रिजेक्ट गरेका) यात्रुलाई बजेट एयरलाइन्सले हवाई टिकट रिफण्ड गराउने सम्बन्धमा पनि आवश्यक व्यवस्था गर्ने निर्णय बैठकको छ । त्यसका लागि सम्बन्धित वायुसेवासँग छलफल गरी व्यवस्था मिलाइने प्राधिकरण बैठकको निर्णय छ । अबदेखि विमानस्थलमा प्रस्थान र आगमन गर्ने ‘क्रु (चालक दलका सदस्य)’हरुको पनि क्रु कार्ड चेक गरी नियमित अभिलेख राखिने भएको छ । त्यसको जिम्मेवारी अध्यागमनलाई दिइएको छ । उनीहरुको सुरक्षा मापदण्डअनुसार चेकजाँच पनि हुने भएको छ ।
posted by : http://www.enayapatrika.com/2016/01/49074
Comments
Post a Comment