विमानस्थलहरुको वर्गिकरण गरी मापदण्ड तोकिने
‘भूपरिवेष्ठित भूसंरचनाका कारण आज पनि नेपालका धेरै गन्तब्यमा सडक यातायातभन्दा हवाई यातायात सस्तो पर्न जान्छ,’ त्यसका लागि हाम्रो पूर्वाधार बलियो र सक्षम हुनुपर्छ ।’ ः दिनेशप्रसाद थपलिया, सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
- वर्गिकरण गरिएका विमानस्थलका लागि आधारभूत सेवा–सुविधा तोकेर सोहीअनुसार विकास गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको योजना छ
- यसअवधिमा सञ्चालनमा रहेका विमानस्थललाई स्थायी रूपमा सञ्चालन गर्न सकिने गरी विकास गर्ने योजना छ
- पर्यटकको बढी आवतजावत हुने नेपालका करीव आधा दर्जन विमानस्थलभित्र पर्यटकका किनमेलका लागि स्वदेशी उत्पादनका मात्र सामान राखिने भएको छ
- कार्ययोजनामा मन्त्रालयले सुन्दरताको प्रचारप्रसार, सुविधा, सुरक्षा, सञ्चार, समन्वय र सरसफाई गरी छ ‘स’को अवधारणालाई समेटेको सचिव थपलियाको भनाई
- सांस्कृतिक सम्पदाको वर्गिकरण गरी प्राथमिकताका आधारमा संरक्षण, सम्वद्र्धन तथा प्रचारप्रसार गरी त्यसलाई पर्यटकीय प्रडक्टका रूपमा स्थापित गराउने लक्ष्य मन्त्रालयको छ ।
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं १७, मंसिर
संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले आगामी दुई वर्षभित्र देशभरका विमानस्थलको वर्गिकरण गरी मापदण्ड तोक्ने भएको छ । मन्त्रालयले दुई वर्षे कार्ययोजनामार्फत विमानस्थलहरुलाई वर्गिकरण गरी निश्चित मापदण्डअनुसार विकास गर्दै लैजाने योजना बनाएको छ । वर्गिकरण गरिएका विमानस्थलका लागि आधारभूत सेवा–सुविधा तोकेर सोही अनुसार विकास गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशप्रसाद थपलियाले जानकारी दिए । ‘भूपरिवेष्ठित भूसंरचनाका कारण आज पनि नेपालका धेरै गन्तब्यमा सडक यातायातभन्दा हवाई यातायात सस्तो पर्न जान्छ,’ त्यसका लागि हाम्रो पूर्वाधार बलियो र सक्षम हुनुपर्छ ।’
यसअवधिमा सञ्चालनमा रहेका विमानस्थललाई स्थायी रूपमा सञ्चालन गर्न सकिने गरी विकास गर्ने मन्त्रालयको योजना छ । नयाँ विमानस्थल निर्माणको हकमा भने प्राथमिकता र आवश्यकताका आधारमा निर्माण गर्दै जाने सचिव थपलियाले बताए । सम्भव हुने स्थानमा विमानस्थल र सम्भव नभएका स्थानमा ठूला हेलिप्याड निर्माण गरी हेलिकोप्टर सेवा सञ्चालन गर्न सकिने गरी विकास गर्ने योजना रहेको उनको भनाई छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डअनुसार विकास गर्ने र अन्य राष्ट्रिय गौरवका विमानस्थल निर्माणलाई पनि प्राथमिकता दिइने योजना मन्त्रालयको छ ।
आधा दर्जन विमानस्थलमा नेपाली उत्पादन
पर्यटकको बढी आवतजावत हुने नेपालका करीव आधा दर्जन विमानस्थलभित्र पर्यटकका किनमेलका लागि स्वदेशी उत्पादनका मात्र सामान राखिने भएको छ । तत्कालका लागि काठमाडौंसहित पोखरा, विराटनगर, भैरहवा, पोखरा र जनकपुरमा नेपाली सामान राख्नैपर्ने प्रावधान ल्याउन लागेको मन्त्रालयका सचिव थपलियाले जानकारी दिए । ‘विमानस्थलका पसलमा चिनियाँ टि–सर्ट राखेर नेपालको पहिचान झल्किदैन,’ उनले भने, ‘यस व्यवस्थालाई देशभरका अन्य विमानस्थलमा पनि बिस्तार गर्नुपर्छ ।’
पर्यटनमा छ ‘स’को अवधारणा
कार्ययोजनामा मन्त्रालयले सुन्दरताको प्रचारप्रसार, सुविधा, सुरक्षा, सञ्चार, समन्वय र सरसफाई गरी छ ‘स’को अवधारणालाई समेटेको सचिव थपलियाले जानकारी दिए । भूकम्प र नाकाबन्दीबाट नराम्रोसँग प्रभावित भएको पर्यटन क्षेत्रको पुनर्जागरणका लागि राष्ट्रिय अन्तरराािष्ट्रय प्रवद्र्धनलाई व्यापक बनाउँदै छ ‘स’को अवधारणा अनुसार अगाडी बढिने उनको भनाई छ । नेपालको प्राकृतिक सुन्दरतालाई प्रचारप्रसार गरी पर्यटक नेपाल ल्याउने र आइसकेका पर्यटकको सुविधा, सुरक्षा, अन्तरनिकाय समन्वय, उचित सञ्चार र पर्यटकीय स्थलको सरसफाईलाई केन्द्रित गरी कार्यक्रम निर्माण गर्ने योजना मन्त्रालयको छ । यसबीचमा नयाँ गन्तब्य निर्माणलाई प्राथमिकता दिइने सचिव थपलियाले जानकारी दिए ।
सांस्कृतिक सम्पदा पुनर्निर्माण अभियान
यसबीचमा भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणलाई अभियानका रूपमा अगाडी बढाइने भएको छ । सम्पदाको वर्गिकरण गरी प्राथमिकताका आधारमा संरक्षण, सम्वद्र्धन तथा प्रचारप्रसार गरी त्यसलाई पर्यटकीय प्रडक्टका रूपमा स्थापित गराउने लक्ष्य मन्त्रालयको छ । कार्ययोजनाले मुलुक संघिय व्यवस्थामा गएको अवस्थामा पर्यटनसँग सम्बन्धित नीतिनियमलाई सोहीअनुसार परिमार्जन गर्ने योजनासमेत समेटेको सचिव थपलियाले जानकारी दिए । मन्त्रालयले कार्ययोजना निर्माण गरी अन्तिम स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाएको छ ।

Comments
Post a Comment