माग धान्न दैनिक चार उडान आवश्यक
- नेवानिले गत असोज २१ गतेयता भारतको कलकत्ताबाट दैनिक औसतःमा दुई उडान गरिरहेको बताएको छ
- नेपाल वायुसेवा निगमको उडानमार्फत पर्याप्त इन्धन आउन नसकेको र नेपाल आयल निगमले वैकल्पिक व्यवस्था गर्न नसकेपछि विगत एकसातायता निजी कम्पनीले उडान कतौती गरेका छन्
- नेवानिले कलकत्ताबाट दुई उडानमार्फत ल्याएको इन्धनमध्ये आफ्ना लागि एक उडान बराबरको इन्धन राख्ने र बाँकि नेपाल आयल निगमलाई उपलब्ध गराउँदा माग धान्न नसकिएको आयल निगमका अधिकारीहरुको गुनासो छ
- इन्धन अभाव बढेसँगै पछिल्लो समय नेपाल आयल निगमले निजी वायुसेवा कम्पनीहरुका लागि जहाज तथा उडान संख्याका आधारमा कोटा प्रणालीअनुसार इन्धन उपलब्ध गराउन थालेको छ
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं ८, मंसिर
नेपाल वायुसेवा निगमले विगत डेढ महिनायता हवाई इन्धन आपूर्तिका लागि औसतः दैनिक दुई वटा चार्टर्ड उडान गरेको छ । निगमले गत असोज २१ गतेयता भारतको कलकत्ताबाट दैनिक औसतःमा दुई उडान गरिरहेको जानकारी दिएको छ । नेपाल आयल निगमसँग हवाई इन्धन आपूर्तिसम्बन्धमा सम्झौता गरेको निगमले सम्झौताअनुसार इन्धन उपलब्ध गराउन नसकेको आरोप लगाइरहेका बेला सम्भव भएसम्म नियमित उडान गरी इन्धन भित्राइरहेको निगममा प्रवक्ता रामहरी शर्माले बताए । ‘हामीले सम्भव हुँदा चार वटासम्म चार्टर्ड उडान गरेर इन्धन ल्याएका छौं,’ उनले भने, ‘असोज २१ गतेपछि एक÷दुई बाहेक हरेक दिन उडान भएको छ ।’
नेवानिको एक उडानमार्फत करिव २२ हजार लिटर हवाइ इन्धन आउने गरेको छ । नेपाल आयल निगमले आन्तरिक वायुसेवा कम्पनीका लागिमात्र इन्धन उपलब्ध गराइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपोका अनुसार निजी कमपनीले दैनिक ५५ देखि ६० हजार लिटर इन्धन खपत गर्दछन् । नेपाल वायुसेवा निगमको उडानमार्फत पर्याप्त इन्धन आउन नसकेको र नेपाल आयल निगमले वैकल्पिक व्यवस्था गर्न नसकेपछि विगत एकसातायता निजी कम्पनीले उडान कतौती गरेका छन् ।
निगमले कलकत्ताबाट दुई उडानमार्फत ल्याएको इन्धनमध्ये आफ्ना लागि एक उडान बराबरको इन्धन राख्ने र बाँकि नेपाल आयल निगमलाई उपलब्ध गराउँदा माग धान्न नसकिएको आयल निगमका अधिकारीहरुको गुनासो छ । नेपाल वायुसेवा निगमले दैनिक चार या तीन वटासम्म उडान गरिदिने हो भने आन्तरिक उडानका कम्पनीलाई इन्धन समस्या नहुने जानकारी नेपाल आयल निगममार्फत आएको वायुसेवा सञ्चालकहरुले बताएका छन् ।
नेवानिले निगमले दैनिक तीन उडान बराबरको इन्धन उपलब्ध गराउँदा औसतः ६०÷६५ हजार लिटर इन्धन प्राप्त हुने र यसले आन्तरिक उडानतर्फको माग धान्न सकिने आयल निगमको भनाई छ । नेवानिले भने नयाँ गन्तब्यमा उडान गर्नुपर्ने, सिमित जहाज र बेलाबेलामा आउने प्राविधिक समस्याका कारण आयल निगमको अपेक्षा अनुसार उडान गर्न नसकिने बताउँदै आएको छ । ‘राष्ट्रिय संकटलाई ध्यानमा राख्दै हामीले अतिरिक्त सेवाका रुपमा इन्धन ल्याएका हौं,’ प्रवक्ता शर्माले भने, ‘सम्भव भएसम्म ल्याउँछौं ।’
कम्पनीलाई कोटा प्रणालीमा इन्धन
पछिल्लो समय नेपाल आयल निगमले निजी वायुसेवा कम्पनीहरुका लागि जहाज तथा उडान संख्याका आधारमा कोटा प्रणालीअनुसार इन्धन उपलब्ध गराउन थालेको छ । यस प्रणालीअनुसार बुद्ध एयरले सर्वाधिक दैनिक १२ हजार लिटर र यति एयरले ९ हजार लिटरसम्म इन्धन पाउने गरेका छन् ।
कम उडान क्षमता भएका कम्पनीका लागि पनि कोटा प्रणालीअनुसार इन्धन दिइएको सिम्रिक एयरलाइन्सका बजार प्रवन्धक प्रज्वल थापाले जानकारी दिए । उनका अनुसार सिम्रिकले दैनिक ३ हजार लिटर इन्धन प्राप्त गरेको छ । सो परिणामको इन्धनले सामान्य अवस्थामा निर्धारित उडानको ६० प्रतिशत उडानमात्र सम्भव हुने उनको भनाई छ ।
पछिल्लो समय पोखरा, भैरहवालगायत विमानस्थलमा समेत इन्धनको मौज्दाद सकिएपछि काठमाडौंबाट फिर्ता हुन पुग्ने बराबरको इन्धन लैजानुपर्ने बाध्यता कम्पनीहरुलाई छ । आउँदा–जाँदा नै पुग्ने इन्धन भरेर जाँदा वायुसेवा कम्पनीले यात्रु र कार्गो क्षमता घटाउनु पर्ने हुन्छ । अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले गत असोज १२ गतेदेखि नेपालबाट हवाई इन्धन भर्न पाएका छैनन् । निजी कम्पनीबाट हवाई इन्धन ल्याउन आयल निगमबाट अनुमति पाएको पेट्रोलिम्याक्सले इन्धन ओसार्न थालेपछि भने हवाई इन्धन आपूर्तिमा समस्या नहुने अपेक्षा सरोकारवालाले गरेका छन् ।
बक्समा
जनताको विश्वास जित्नेगरी काम गर्नुहोस ः मन्त्री पोखरेल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले जनताको विश्वास जित्नेगरी काम गर्न नेपाल वायुसेवा निगम व्यवस्थापनलाई आग्रग गरेका छन् । समयमै उडान गर्न निर्देशन दिँदै उनले त्यसबाट कम्पनीलाई वित्तिय घाटा हुने बताए । मंगलबार निगमको कार्यालयमा पुगेका मन्त्री पोखरेलले सम्पूर्ण कर्मचारीलाई नेवानिको हितमा काम गर्न आग्रह गरे । निगमको व्यापार बढाउन व्यवसायिक योजना बनाएर अगाडी बढ्ने उनले सुझाव दिए । निगमले प्रस्तुत गरेको व्यवसायिक योजनाअनुसार आवश्यक सहयोग गर्न सरकार तयार रहेको मन्त्री पोखरेलको भनाई थियो ।
पर्यटनसचिव दिनेश थपलियाले आम जनतासँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले निगमबारे बढी चासो र टिकाटिप्पणी हुने गरेको बताए । उनले निगमको गन्तब्य संख्या बढाउन काम प्रारम्भ भइसकेको जानकारी गराएका थिए । निगमका महाप्रवन्धक सुगतरत्न कंशकारले कम्पनीले नयाँ विमानहरु सेवामा लगाई काम गरिरहेको बताएका थिए । उनले वाइडबडी जहाज खरीद गर्ने कम्पनीको योजना रहेको पनि जानकारी गराएका थिए ।
posted by : http://www.enayapatrika.com

Comments
Post a Comment