१५ वर्षपछि उडान पुनः शुरु गर्न सम्भाब्यता अध्ययन
- निगमले पछिल्लो एक महिनादेखि इन्धन आपूर्तिका लागि कलकत्तामा ‘चार्टर्ड फलाइट’ गरिरहेको छ
- काठमाडौंबाट ४५ मिनेटको उडानमा पुग्न सकिने कलकत्ता नेपालबाट नजिकको हवाई गन्तब्य मानिन्छ
- यस रुटमा अहिले एयर इण्डियाले साताको ४ वटा उडान गर्दै आएको छ
- नेपाल एयरलाइन्सले कलकत्तामा सन् २००० यता व्यावसायिक उडान गरेको छैन
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं १९, कात्तिक
पछिल्लो एक महिनादेखि इन्धन आपूर्तिका लागि ‘चार्टर्ड फलाइट’ गरिरहेको भारतीय शहर कोलकत्तामा नेपाल एयरलाइन्सले व्यावसायिक उडानको तयारी गरेको छ । कलकत्तामा व्यावसायिक उडानको सम्भावनाबारे अध्ययन भइरहेको निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए । ‘कलकत्तामा उडान गर्न यात्रुबाट माग भइरहेको छ,’ उनले भने, ‘काठमाडौं र कलकत्ताबीच आवतजावत गर्ने यात्रुको सङ्ख्या, व्यावसायिक प्रतिफल तथा प्राविधिक पक्षबारे अध्ययनपछि उडान गर्ने–नगर्नेबारे टुंगो लाग्नेछ ।’
काठमाडौंबाट ४५ मिनेटको उडानमा पुग्न सकिने कलकत्ता नेपालबाट नजिकको हवाई गन्तब्य मानिन्छ । यस रुटमा अहिले एयर इण्डियाले साताको ४ वटा उडान गर्दै आएको छ । ‘प्रतिस्पर्धी कम्पनी एउटामात्र रहेको अवस्थामा कलकत्तामा व्यावसायिक उडान गर्दा कम्पनीलाई नाफा नै हुने देखिएको छ’, प्रवक्ता शर्माले भने, ‘तर, अध्ययन प्रतिवेदनले दिएको सुझावका आधारमा निर्णय हुनेछ ।’ निगमले अहिले कलकत्ता उडानको प्राविधिक तथा व्यावसायिक पक्षबारे अध्ययन गरिरहेको बताइएको छ ।
नेपाल एयरलाइन्सले कलकत्तामा सन् २००० यता व्यावसायिक उडान गरेको छैन । पछिल्ला दिनमा नियमित चार्टर्ड उडानको अनुभवले पनि कलकत्तामा व्यावसायिक उडानको सम्भावना देखिएको बताइएको छ । एयर इण्डियाले काठमाडौं–कलकत्ता रुटमा फुल अक्कुपेन्सीका साथ उडान गरिरहेको छ ।
कलकत्ता उडान पुनः शुरु हुन सके निगमका भारतमा ४ वटा गन्तब्य पुग्नेछन् । निगमले भारतको राजधानी नयाँ दिल्लीसहित मुम्बई र बैंलौरमा उडान गरिरहेको छ । काठमाडौं–दिल्ली साताको १० उडान गरिरहेको निगमले मुम्बई र बैंलौरमा भने साताको तीन÷तीन उडान गरिरहेको छ । निगमले बैंलौर र मुम्बईमा गत भदौ तेस्रो साताबाट नियमित उडान थालेको थियो । यी दुई गन्तब्यमा जहाज अभावका कारण निगमले विगत लामो समयदेखि उडान गर्न सकेको थिएन ।
निगमले अन्तरराष्ट्रिय उडानका लागि दुई ओटा न्यारोबडी ‘एयरबस ए३२०–२००’ जहाज थपेसँगै यसअघि गुमाएका गन्तब्यमा क्रमशः उडान थप गर्दै लैजाने योजना बनाएको छ । चीनको ग्वाञ्जाओ, दुवईलगायत गन्तब्यमा समेत उडान बिस्तार गर्ने योजना निगमले यसअघि नै सार्वजनिक गरेको थियो । मुलुकमा असामान्य परिस्थिति उत्पन्न नभएको भए ‘गन्तब्य बिस्तारको काम निकै अगाडी बढिसकेको हुन्थ्यो,’ शर्माले भने । निगमले वाइडबडी जहाज खरीद गर्नेसम्बन्धमा पनि अध्ययन गरिरहेको उनले बताए ।
posted by : http://www.enayapatrika.com

Comments
Post a Comment