- इच्छुक कम्पनीबाट प्रस्ताव आह्वान
- भदौ ८ गते आह्वान गरिएको आशयपत्रमा एक महिनाभित्र विश्वभरका कम्पनीले प्रस्ताव पेश गर्न पाउनेछन्
- निगमको समग्र प्रदर्शनमा सुधार ल्याउँदै सेवालाई अन्तरराष्ट्रिय मापदण्डअनुरुप पु¥याउन परामर्शदाता भित्राउन लागिएको हो
- निगमले ‘सञ्चालन (अपरेशन’, ‘इञ्जिनियरिङ’, ‘अर्थ (फाइनान्स)’ र व्यापारिक (कर्पोरेट) विभागलाई लक्षित गरी व्यवस्थापकीय सुधारको योजना बनाएको छ
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं २०, भदौ
नेपाल वायुसेवा निगमको समग्र व्यवस्थापकीय सुधारका लागि निगमले ‘व्यवस्थापकीय परामर्शदाता’ भित्राउने भएको छ । निगमको समग्र प्रदर्शनमा सुधार ल्याउँदै सेवालाई अन्तरराष्ट्रिय मापदण्डअनुरुप पु¥याउन परामर्शदाता भित्राउन लागिएको निगमका महाप्रवन्धक सुगतरन्त कंसाकारले जानकारी दिए । निगमको परामर्श दाताका रूपमा छनोट हुने कम्पनीले कमजोरी विश्लेषण गर्दै रणनीति बनाउने र त्यसको कार्यान्वयनका लागि परामर्श सेवा उपलब्ध गराउनेछ ।
‘व्यवस्थापकीय परामर्शदातृ सेवा’ दिन इच्छुक कम्पनीकबाट निगमले आषयपत्र आह्वान गरेको छ । भदौ ८ गते आह्वान गरिएको आशयपत्रमा एक महिनाभित्र विश्वभरका कम्पनीले प्रस्ताव पेश गर्न पाउनेछन् । ‘कम्पनीहरूको अन्तिम सूचि छनोटका लागि आषय पत्र माथिएको हो,’ महप्रवन्धक कंसाकारले भने, ‘अन्तिम सूचिमा परेका कम्पनीमध्येबाट ‘प्रपोजल’ आह्वान हुनेछ ।’
निगमले विशेषगरी ‘सञ्चालन (अपरेशन’, ‘इञ्जिनियरिङ’, ‘अर्थ (फाइनान्स)’ र व्यापारिक (कर्पोरेट) विभागमा सुधारको योजना बनाइरहेको छ । त्यसबाहेक आन्तरिक रूपमा निगमका सबै विभागलाई क्रमशः सुधार हुँदै जाने योजना निगमको छ । निगमले परामर्शदातृ सेवा प्राप्त गरेपछि कार्यान्वयन भने निगम व्यवस्थापनबाटै हुनेछ ।
यसअघि निगमको व्यवस्थापनमा चासो राख्दै जर्मनीको लुफ्थान्सा र यूरोपेली जहाज निर्माता कम्पनी एयरबसले प्रस्ताव ल्याएका थिए । त्यसमध्ये लुफ्थान्साले समग्र व्यवस्थापनमा चासो राखेको थियो भने एयरबसले केही महत्वपूर्ण विभागमात्र हेर्ने प्रस्ताव ल्याएको थियो ।
‘आशय पत्र’ र ‘टेण्डर आह्वान’बाट छनोट हुने कम्पनीले मात्र ‘निगमको व्यवस्थापकीय परामर्शदाता सेवा आयोजना’को जिम्मेवारी प्राप्त गर्नेछ । छनोट हुने कम्पनीले कमजोरी विश्लेषणका लागि २ महिनाको समयावधि प्राप्त गर्नेछ । निगमको प्रदर्शनमा सुधारका लागि भने पहिलो चरणमा २ वर्षसम्मको समयावधि तोकेर मूल्याङ्कन हुने निगमले आह्वान गरेको आषयपत्रमा उल्लेख छ ।
निगमले सुधारको योजना बनाइरहेको सञ्चालन (अपरेशन) विभागभित्र ‘क्रयू स्टाण्डर्ड’÷ म्यानेजमेण्ट, चालक दलका आवश्यकता र तालीम तथा उडान सञ्चालन व्यवस्थापनजस्ता क्षेत्रमा सुधारका लागि कम्पनीले परामर्शसेवा उपलब्ध गराउनेछ । इञ्जिनियरिङ विभागभित्र ‘एयरवर्दिनेश’ र ममर्तसम्भारको सुधारका लागि कम्पनीले परामर्श दिनेछ । अर्थ विभागतर्फ समेत निगमको समग्र आर्थिक व्यवस्थापनबारे परामर्श दिने भएको छ । व्यापारिक (कमर्शियल) विभागका क्षेत्रमा अनलाइन बुकिङ र टिकेटिङ, अन्य कम्पनीबीचको सहकार्य, नयाँ रुट बिस्तार, मूल्यजस्ता विषय कम्पनीको कार्यक्षेत्रमा पर्नेछन् ।
दुई ओटा ‘ब्राण्डन्यू’ एयरबस र दुई बोइङ विमान रहेको निगमले अहिले विभिन्न ७ गन्तब्यमा उडान गरिरहेको छ । त्यसमध्ये भारतमा सर्वाधिक ३ गन्तब्य (दिल्ली, बैङ्लौर र मुम्बई रहेका छन् । यसबाहेक निगमले मलेसियाको क्वालालाम्पुर, कतारको दोहा, हङकङ र थाइल्याण्डको बैङ्ककमा उडान गरिरहेको छ । नयाँ विमान थप गर्दै गन्तब्य बिस्तारको योजनामा रहेको निगमले व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाउँदै जाने योजना बमोजिम परामर्शदाता भित्राउन लागेको हो ।
आषयपत्र दिन इच्छुक कम्पनीको योग्यता
इच्छुक कम्पनीले सम्बन्धित काममा कम्तिमा १० वर्षे अनुभवको प्रमाण पेश गर्नुपर्नेछ । कम्पनीले वार्षिक व्यापारिक विवरण, पछिल्लो ३ वर्षको ‘फाइनान्सियल स्टेटमेण्ट’ तथा आफ्नो जनशक्ति क्षमताजस्ता विवरणसमेत बुझाउनुपर्नेछ ।
posted by : http://www.enayapatrika.com

Comments
Post a Comment