सुगममा घट्यो दूर्गममा बढ्यो
- पेट्रोलियम पदार्थको पछिल्लो मूल्य समायोजनअनुसार काठमाडौंबाट हुने आन्तरिक उडानको भाडा घटेको छ भने उपत्यका बाहिरका केही विमानस्थललाई आधार मानेर हुने उडानको भाडा बढेको छ
- समायोजना अघि हवाई इन्धनमा १ सय १८ रुपैयाँ र २ सय ३३ रुपैयाँ गरी दुई वटा म्ूल्य कायम थियो ।
- सोमबार निगमले हवाई इन्धनको मूल्य देशभर १ सय ६४ बनाएको छ । सोहीकारण काठमाडौंबाट सुगम (ट्रंक) रुटको हवाई भाडा घटेको छ भने पोखरा र नेपालगञ्जबाट कर्णाली अञ्चलका दूर्गम रुटमा हुने उडानको भाडा बढेको छ
- दूर्गम क्षेत्रमा बढेको मूल्य भने वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ (आयोन)ले बुधबारमात्र तोक्ने तयारी गरेको छ
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं ५, माघ
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा प्रदायक कम्पनीहरुले हवाई भाडा समायोजन गरेका छन् । पछिल्लो मूल्य समायोजनअनुसार काठमाडौंबाट हुने उडानको भाडा घटेको छ भने उपत्यका बाहिरका केही विमानस्थललाई आधार मानेर हुने उडानको भाडा बढेको छ । पेट्रोलियम पदार्थमा भएको पछिल्लो समायोजना अघि हवाई इन्धनमा दुई वटा म्ूल्य कायम थियो । नेपाल आयल निगमले काठमाडौंबाट हुने उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय ३३ तोकेको थियो । पोखरा, नेपालगञ्ज, भैरहवा, विराटनगर र धनगढीमा भने हवाई इन्धनको मूल्य १ सय १८ रुपैयाँ नै कायम थियो ।
सोमबार निगमले हवाई इन्धनको मूल्य देशभर १ सय ६४ बनाएको छ । सोहीकारण काठमाडौंबाट सुगम (ट्रंक) रुटको हवाई भाडा घटेको छ भने पोखरा र नेपालगञ्जबाट दूर्गम रुटका लागि हुने हवाई भाडा बढेको छ । ‘सरकारको पछिल्लो निर्णयले दूर्गमका जनता थप मारमा पर्नेछन्,’ यति एयरलाइन्सका प्रवक्ता भीम राईले भने, ‘सुगम क्षेत्रका यात्रुलाई फाइदा पुगेको छ ।

कम्पनीहरुका अनुसार सुगम क्षेत्रको भाडा ३० प्रतिशतसम्म घटेको छ । बुद्ध एयरका निर्देशक (मार्केटिङ, सेल्स एण्ड ग्राउण्ड ह्याडिलिङ विभाग)का अनुसार काठमाडौंबाट सबैभन्दा नजिकको गन्तब्य सिमराको भाडा सबैभन्दा कम ७ सय ७५ रुपैयाँले घटेको छ । सिमरामा यसअघि ४ हजार १ सय ६० रुपैयाँ भाडा तोकिएको थियो । सबैभन्दा टाढाको गन्तब्य धनगढीको भाडा सबैभन्दा बढी २ हजार ६ सय ७० रुपैयाँले घटेको छ । उक्त गन्तब्यमा यसअघि १५ हजार ८ सय २ रुपैयाँ भाडा रहेको थियो । घटेको मूल्य बुधबारबाटै लागु हुने निर्देशक जोशीले जानकारी दिए । हवाई इन्धनको मूल्यमा थपघट भएसँगै कम्पनीहरुले ‘फ्यूल सरचार्ज’ शिर्षकको मूल्यलाई समायोजन गर्दै आएका छन् ।
दूर्गम क्षेत्रमा बढेको मूल्य भने वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ (आयोन)ले बुधबारमात्र तोक्ने तयारी गरेको बताइएको छ । सो क्षेत्रमा बढेको मूल्य विहीबारबाट मात्र लागु हुने यति एयरलाइन्सका प्रवक्ता राईले जानकारी दिए । इन्धनको मूल्य घटेसँगै माउण्टेन फ्लाइण्टको भाडा पनि कम भएको छ । राइका अनुसार माउण्टेन फ्लाईटको भाडा २ हजार ५ सय ८५ रुपैयाँ घटेको छ । यसअघि १४ हजार ३५ रुपैयाँ रहेको माउण्टेन फ्लाईटको भाडा ११ हजार ५ सय ५० मा झरेको छ ।
पछिल्लो मूल्य समायोजनले सुगम क्षेत्रका यात्रुलाई फाइदा पुग्ने देखिएको सिम्रिक एयरका बजार निर्देशक प्रज्जवल थापाले बताए । ‘उपत्यकाबाहेक इन्धन भर्न मिल्ने अन्य विमानस्थललाई आधार मानेर हुने उडानको मूल्य बढेको छ,’ उनले भने, ‘आयल निगमले यसअघि कायम गरेको दोहोरो मूल्यको असर अहिले देखिएको छ ।’ पछिल्लो मूल्यले हेलिकोप्टरको भाडामा भने खास असर नगर्ने उनले जानकारी दिए । नेपालमा हेलिकोप्टरको आधारभुत भाडा तोकिएको छैन ।
posted by : http://www.enayapatrika.com/2016/01/48532
Comments
Post a Comment