- भियतनाम र न्यूजिल्याण्डसँगको सम्झौतापछि एएसए गरेका मुलुकको सङ्ख्या ३८ पुग्यो
- निर्माणाधिन दुई ओटा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल (गौतमबुद्ध क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल)को प्रवद्र्धन र सफलताका लागि पछिल्ला सम्झौता फलदायी हुने अपेक्षा गरिएको छ
- गौतमबुद्धको जन्मस्थलसम्म नै सिधा उडान हुने भएपछि भियतनामबाट धार्मिक पर्यटकको सङ्ख्या उल्लेख्य बढ्नेछ
- भियतनामसँगको हवाई सेवा सम्झौतालाई ‘ऐतिहासिक सम्झौता’का रूपमा लिइएको छ
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं ८, कात्तिक
नेपालले थप दुई मुलुक (भियतनाम र न्यूजिल्याण्ड)सँग नयाँ हवाई सेवा सम्झौता (एएसए) गरेको छ । कात्तिक २ गतेदेखि ६ गतेसम्म टर्किमा आयोजित ‘आइकाओ एयर सर्भिस निगोशिएसन इभेण्ट’का अवसरमा नेपालले भियतनाम र न्यूजिल्याण्डसँग हवाई सेवा सम्झौता गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार उक्त अवसरमा यूनाइटेड अरव इमिरेट्स, साउदी अरेविया र पाकिस्तानसँगको एएसएमा पुनरावलोकन समेत भएको भएको छ । पछिल्लो दुई मुलुकसँगको सम्झौतापछि नेपालसँग द्धिपक्षिय हवाई सेवा सम्झौता भएका मुलुकको सङ्ख्या ३८ पुगेको छ । यसबाहेक संस्थागत रुपमा यूरोपेली यूनियनसँग नेपालले हवाई सेवा सम्झौता गरेको छ ।
नेपालमा निर्माणाधिन दुई ओटा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल (गौतमबुद्ध क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल)को प्रवद्र्धन र सफलताका लागि पछिल्ला सम्झौता फलदायी हुने अपेक्षा गरिएको मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए । भियतनामसँगको सम्झौताअनुसार दुई मुलुकका वायुसेवा कम्पनीले एकअर्का मुलुकमा साताको १५ ओटासम्म उडान गर्न सक्नेछन् । कार्गो उडानका लागि भने कुनै पनि सिमा तोकिएको छैन । सम्झौताअनुसार दुबै मुलुकका वायुसेवा कम्पनीले एकअर्का मुलुकको जुनसुकै विमानस्थलमा पनि उडान गर्न सक्नेछन् ।
यस प्रावधानले भैरहवा र पोखरा विमानस्थलको सफलताका लागि महत्वपूर्ण भूमिका खेल्ने नेपालले बताए । ‘भियतनाम बौद्ध धर्मावलम्बी बाहुल्य रहेको मुलुक हो,’ उनले भने, ‘गौतमबुद्धको जन्मस्थलसम्म नै सिधा उडान हुने भएपछि भियतनामबाट धार्मिक पर्यटकको सङ्ख्या उल्लेख्य बढ्नेछ ।’ नयाँ हवाई सेवा सम्झौता तथा सम्झौता पुनरावलोकनलाई मन्त्रालयका अधिकारीहरूले ‘ऐतिहासिक सम्झौता’को संज्ञा दिएका छन् ।
नेपालले असोज ३ गते भियतनाम र असोज ५ गते न्यूजिल्याण्डसँग एएसए सम्झौतामा हस्ताक्षर गरेको हो । एएसएमा परिमार्जन भएका मुलुकसँगको सम्झौतामा समेत निर्माणाधिन नयाँ विमानस्थलको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिइएको बताइएको छ । मूख्य पर्यटकीय गन्तब्यका रूपमा चर्चित स्थानमा निर्माणाधिन यी दुई विमानस्थलमा छोटो गन्तब्यका विमानले उडान गर्न सक्दछन् । यसमध्ये भैरहवास्थित गौतमबुद्ध विमानस्थलको निर्माण कार्य प्रारम्भ भइसकेको छ भने पोखरा विमानस्थल निर्माणको प्रक्रियामा छ ।

posted by : http://www.enayapatrika.com
Comments
Post a Comment