अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं १०, भदौ
नेपाल वायुसेवा निगमलाई जहाज उपलब्ध गराएको जहाज निर्माता कम्पनी एयरबसले काठमाडौंबाट युरोपका गन्तब्यमा सिधा उडान गर्दा निगम नाफामा जाने निष्कर्ष निकालेको छ । एयरबसले युरोपको लण्डनलाई आधार मानेर गरेको विस्तृत अध्ययन प्रतिवेदनले उक्त निष्कर्ष निकालेको हो । एयरबसले प्रतिवेदन यसैसाता निगमलाई बुझाएको छ । प्रतिवेदनमा काठमाडौंबाट लण्डनका लागि सिधा उडान गर्दा निगमलाई घाटा नहुने निष्कर्ष निकालिएको निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।
‘एयरबसको एक टोली निगमसँग परामर्शका लागि नेपाल आएको थियो,’ उनले भने, ‘टोलीले लण्डन उडानबारे दिएको प्रतिवेदनबाट हामी उत्साहित छौं ।’ लण्डनमा अध्ययन तथा कामका लागि पुगेका नेपालीको सङ्ख्या, उनीहरूको नेपाल आवतआवत र पर्यटक आगमनका हिसावबाट यूरोपका गन्तब्य नेवानिका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको हो ।
हवाई शुल्कका हिसावले एसियाकै सबैभन्दा महङ्गो गन्तब्यका रूपमा चिनिएको नेपाललाई निगमको युरोपमा सिधा उडानले निकै राहत दिने अपेक्षा गरिएको उनले बताए । निगमले विगतमा गुमेका गन्तब्यमा पुनः उडान सुचारु गर्न ‘वाइडबडी’ जहाज खरीद गर्ने योजना बनाएको छ । जहाज खरीदबारे आगामी सञ्चालक समितिको बैठकबाट निर्णय गर्ने तयारी भइरहेको छ । महाप्रवन्धक कंशाकारका अनुसार सञ्चालक समितिको बैठक आगामी साताभित्र बस्दैछ ।
नेपालमा अहिले २१ ओटा कम्पनीले अन्तरराष्ट्रिय उडान गरिरहेपनि हवाई शुल्क भने अत्यधिक महङ्गो रहेको निष्कर्ष विभिन्न अध्ययनहरूले निकालेका छन् । पर्यटक र नेपाली यात्रुको बढी चाँप हुने गन्तब्यमा निगमले बजार हस्तक्षेप नगरेसम्म भाडा घट्दैन,’ कंशाकारले भने, ‘त्यसका लागि हामीलाई ठूला जहाज आवश्यक छ ।’
एयरबसको टोलीले नेपाल भ्रमणका अवसरमा निगमलाई उपयुक्त हुने ‘वाइडबडी जहाज’का विभिन्न मोडलबारे समेत परामर्श दिएको छ । त्यसमध्ये एयरबस ३२०, ३३० र अत्याधुनिक मोडलको ३५० जहाज निगमका लागि उपयुक्त हुने सुझाव दिइएको छ । ३५० मोडल एयरबसको ‘ब्राण्डन्यू’ उत्पादन हुनेछ । आगामी दुई वर्षभित्र अन्तरराष्ट्रिय बजारमा सार्वजनिक हुने ३५० मोडा मोडल निगमका लागि पनि उपयुक्त हुने देखिएको उनले बताए ।
जहाजको मोडल र खरीद प्रक्रियाबारे भने सञ्चालक समितिले निर्णय गर्नेछ । महाप्रवन्धक कंशाकारका अनुसार निगमले एयरबससँग सिधा वार्तामार्फत या बजारमा टेण्डर प्रक्रिया आह्वान गरेर जहाज खरीद गर्न सक्ने दुई ओटा उपाय छन् ।
एयरबसले काठमाडौंबाट युरोपका गन्तब्यमा सिधा उडान गर्दा निगम नाफामा जाने निष्कर्ष निकालेको छ
एयरबसले युरोपको लण्डनलाई आधार मानेर गरेको विस्तृत अध्ययन प्रतिवेदनले उक्त निष्कर्ष निकालेको हो
निगमले विगतमा गुमेका गन्तब्यमा पुनः उडान सुचारु गर्न ‘वाइडबडी’ जहाज खरीद गर्ने योजना बनाएको छ
एयरबसको टोलीले नेपाल भ्रमणका अवसरमा निगमलाई उपयुक्त हुने ‘वाइडबडी जहाज’का विभिन्न मोडलबारे समेत परामर्श दिएको छ

posted by : http://www.enayapatrika.com
Comments
Post a Comment