यात्रुका कारण चालकको एकाग्रता गुम्यो
- माउण्टेन हेलिकोप्टरको एयरक्राफ्ट (९एन–एजेपी) दूर्घटनामा यात्रुका कारण चालकको एकाग्रता गुम्नु प्रमुख कारण पाइएको छ
- चालकसँगै बसेका यात्रुसँगको कुराकानीका क्रममा चालकको एकाग्रता गुम्न पुगि हेलिकोप्टर दूर्घटना भएको हो
- ‘चालक भौगोलिक अवस्थितिसँग राम्रोसँग जानकार थिए । तर, तत्कालिन अवस्थितिको आङ्कलन गर्न नसक्दा दूर्घटना भएको देखिएको छ
- आगामी दिनमा यस प्रकारका दूर्घटना दोहोरिन नदिन चाल्नुपर्ने सुरक्षा सतकर्ताबारे नेपाल नागरिक उड्डयन प्राधिकरण, माउण्टेन हेलिकोप्टर्स प्रालि र नेपाल विद्युत प्राधिकरणलाई सचेत गराइएको छ
अच्युत पुरी
काठमाडौं २२, असोज
गत जुन ३ तारीख (जेठ २० गते) सिन्धुपाल्चोकको यमुनाडाँडामा भएको माउण्टेन हेलिकोप्टरको एयरक्राफ्ट (९एन–एजेपी) दूर्घटनामा यात्रुका कारण चालकको एकाग्रता गुम्नु प्रमुख कारण पाइएको छ । सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पालाई अन्तिम अन्तिम प्रतिवेदन बुझाएको छ । प्रतिवेदनले चालकसँगै बसेका यात्रुसँगको कुराकानीका क्रममा चालकको एकाग्रता गुम्न पुगि हेलिकोप्टर दूर्घटना भएको औल्याएको छ । ‘चालक त्यहाँको भौगोलिक अवस्थितिसँग राम्रोसँग जानकार थिए,’ आयोगका सदस्यसचिव तथा मन्त्रालयका उपसचिव प्रमोद नेपालले भने, ‘तर, तत्कालिन अवस्थितिको आङ्कलन गर्न नसक्दा दूर्घटना भएको देखिएको छ ।’
भूकम्पबाट घाइते भएकाहरूको उपचारमा खटिएको मेडिकल टोलीलाई लिएर उक्त हेलिकप्टर सिन्धुपाल्चोकबाट काठमाडौंका लागि उडेको थियो । सिन्धुपाल्चोकको गुम्बा गाविसस्थित तेम्बाथानबाट फर्कने क्रममा यमुनाडाँडामा दूर्घटनाग्रस्त भएको थियो । दूर्घटनामा चालक सुबेक श्रेष्ठसहित ४ जनाको निधन भएको थियो । अनियन्त्रित भएको हेलिकोप्टर नेपाल विद्युत प्राधिकरणको ट्रान्समिसन लाइनमा ठोक्किएर दूर्घटना भएको थियो । दूर्घटनामा निधन भएका यात्रुमध्ये दुई जना चिकित्सक र एक जना नर्स थिए ।
दूर्घटनाका लागि चालक थकित हुनु पनि एक कारण मानिएको छ । प्रतिवेदनका अनुसार भूकम्पपछि असहज परिस्थितिमा निरन्तर खटिनुपर्दा चालक थाकेका थिए । नेपाल विद्युत प्राधिकरणको ट्रान्समिसन लाइनमा खतराका चिन्हहरू नराखिएको र पाइलटले तत्कालिन परिस्थतिलाई सम्हाल्न नसकेपछि हेलिकोप्टर दूर्घटनामा परेको निष्कर्ष आयोगले निकालेको छ । अनियन्त्रित भएको हेलिकोप्टर पहाडी भुभागमा ठोक्किएर दूर्घटनाग्रस्त भएको थियो । पाइलटमा तारबाट जहाजलाई बचाउने प्रशिक्षणको कमीसमेत दूर्घटनाको कारण मानिएको छ ।
आयोगले आगामी दिनमा यस प्रकारका दूर्घटना दोहोरिन नदिन चाल्नुपर्ने सुरक्षा सतकर्ताबारे नेपाल नागरिक उड्डयन प्राधिकरण, माउण्टेन हेलिकोप्टर्स प्रालि र नेपाल विद्युत प्राधिकरणलाई सचेतसमेत गराएको छ । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले हवाई सुरक्षाका सम्बन्धमा सरकार गम्भिर रहेको बताएका थिए । उनले आयोगद्धारा औल्याइएका विषयलाई कार्यान्वयन गर्न सरोकारवालालाई निर्देशनसमेत दिए । हेलिकोप्टर दूर्घटनापछि सरकारले मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा दूर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगमा क्याप्टेन सिद्धार्थजंग गुरुङ र इन्जिनियर जनक थापा सदस्य थिए । नेपाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको थियो ।
यसैबीच, बिहीवार नै मन्त्री शेर्पालाई टर्किस एयरलाइन्सको जहाज दूर्घटनाबारे छानविन गर्न गठित समितिले तयार पारेको अन्तिम प्रतिवेदन बुझाएको छ । गत फागुनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्कीस एयरलाइन्सको एयरबस ३३०–३०३ जहाज दूर्घटनामा परेको थियो । दूर्घटनापछि धावनमार्गमा रोकिएको सो विमानका कारण नेपालको अन्तरराािष्ट्रय हवाई सम्पर्क चारदिनसम्म विच्छेद भएको थियो । प्रतिवेदनले कम भिजिविलिटी रहेको अवस्थामा चालकदलका सदस्यले जवर्जस्ती विमान अवचरण गराउने निर्णयलाई दूर्घटनाको मूख्य कारण मानेको छ । आयोगले यसअघि नै मन्त्रालयमा आफ्नो प्रतिवेदन बुझाइसकेको थियो ।
posted by : http://www.enayapatrika.com

Comments
Post a Comment