- टोलीले जहाजको प्राविधिक अध्ययनपछि नेपाल सरकारलाई बुझाउने प्रतिवेदनका आधारमा जहाज ल्याउने या नल्याउने भन्ने सम्बन्धमा ठोस निर्णय हुनेछ
- नेपाल सरकार र चीन सरकारबीच एमए ६० मोडलको एउटा र वाई १२ ई मोडलका तीन वटा विमान सहुलियत ऋणमा खरीद गर्ने सम्बन्धमा सम्झौता भइसकेको छ ।
- वर्तमान सरकार चिनियाँ जहाज भित्राउने सम्बन्धमा सकारात्मक रहेकाले थप जहाजको डेलिभरी गर्ने वातावरण तयार पार्न प्राविधिक टोली चीन गएको बताइएको छ ।
- आन्तरिक उडानमा गुमेका गन्तब्य बिस्तारका लागि नयाँ जहाज उपयोगी सावित हुने अपेक्षा गरिएपनि जहाजको पर्फमेन्सबाट निगम उत्साहित भने हुन सकेको छैन
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं ३, पुस
नेपाल वायुसेवाका लागि नेपाल र चीन सरकारबीच भएको जहाज खरीद सम्झौताअनुसार डेलिभरी हुन नसकेका जहाजको अध्ययन गर्न प्राविधिक टोली चीन गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एक तथा नेपाल एयरलाइन्सका तीन जना प्राविधिकको टोली बिहीबार चीन गएको हो । टोलीले जहाजको प्राविधिक अध्ययनपछि नेपाल सरकारलाई बुझाउने प्रतिवेदनका आधारमा जहाज ल्याउने या नल्याउने भन्ने सम्बन्धमा ठोस निर्णय हुने नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए । नेपाल सरकार र चीन सरकारबीच एमए ६० मोडलको एउटा र वाई १२ ई मोडलका तीन वटा विमान सहुलियत ऋणमा खरीद गर्ने सम्बन्धमा सम्झौता भइसकेको छ ।
नेपाल वायुसेवा निगमका लागि चीन सरकारले एमए ६० मोडलको एउटा र वाई १२ ई मोडलको एउटा गरी दुई वटा जहाज अनुदानमा उपलब्ध गराइसकेको छ । अहिले आन्तरिक उडानमा प्रयोग गरिएका ती जहाजमा पटकपटक प्राविधिक समस्या आउने र त्यसको समाधानका लागि जहाज निर्माता कम्पनीले तत्काल ‘रेस्पोन्स’ नगर्ने समस्या दोहोरिदै गएपछि निगम चिनियाँ जहाज उडाएर नाफा गर्न नसकिने निष्कर्षमा पुगेको थियो । तर, वर्तमान सरकार चिनियाँ जहाज भित्राउने सम्बन्धमा सकारात्मक रहेकाले थप जहाजको डेलिभरी गर्ने वातावरण तयार पार्न प्राविधिक टोली चीन गएको बताइएको छ ।
निगमले अनुदानमा प्राप्त गरेका चिनियाँ जहाजमा जहाज निर्माता कम्पनीले उपलब्ध गराएको विवरण (स्पेसिफिकेसन) नमिल्ने समस्या मूख्य छ । त्यसमध्ये भारबहन क्षमता विवरण अनुसार नमिलेपछि निगमले जहाजलाई पूर्ण क्षमतामा उडाउन सकेको छैन । भारबहन क्षमता दुबै मोडल एमए ६० र वाई १२ ई दुबै मोडलको समस्या हो । लामो समय ग्राउण्डेड गर्नुपर्ने बाध्यता, स्पेयर पार्ट्स असाध्यै महंगो, पार्ट्स ल्याउन लामो समय लाग्ने, चर्को बीमा शुल्कलगायत यी जहाजका कमजोरी हुन् । एमए ६० ५६ सीट र वाई १२ ई १८ सीट क्षमताका जहाज हुन् ।
आन्तरिक उडानका लागि कुनै समय झण्डै जहाजविहिन भएको निगमले चिनियाँ जहाजलाई निकै महत्वका साथ भित्राएको थियो । आन्तरिक उडानमा गुमेका गन्तब्य बिस्तारका लागि नयाँ जहाज उपयोगी सावित हुने अपेक्षा गरिएपनि जहाजको पर्फमेन्सबाट निगम उत्साहित भने हुन सकेको छैन । ‘चीन गएको प्राविधिक टोलीले बुझाउने अध्ययन प्रतिवेदनपछि चिनियाँ जहाजका सम्बन्धमा निर्णय हुन्छ,’ प्रवक्ता शर्माले भने ।
posted by : http://www.enayapatrika.com

Comments
Post a Comment