- काठमाडौं उत्रिएको दुई÷तीन दिनसम्म पनि लगेज नआउँदा दशैंको मुखमा उपत्यकाबाहिर जानुपर्ने यात्रुमा समस्या थपिएको हो
- इन्धनको जोहो आफै गर्नुपर्ने कम्पनीहरूले कार्गो र यात्रु सङ्ख्या कम गरेर नेपाल उडानलाई नियमित गरिरहेको कारण यात्रुका लगेज समयमै ल्याउन नसकिएको अन्तरराष्ट्रिय वायुसेवा सञ्चालक सङ्घको भनाइ छ
- विमानस्थलमा आएका लगेज हराउने समस्या भने नरहेको विमानस्थल कार्यालयको भनाइ छ
- लगेज कै कारण बसको टिकट छूट्ने डर भएका यात्रुले त्रिभुवन विमानस्थलस्थित सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमा उपस्थित भई आफ्नो ठेगाना टिपाएमा कतिपय कम्पनीले घरमै पठाउने व्यवस्था मिलाएका छन्
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं २६, असोज
पछिल्लो समय अन्तरराष्ट्रिय उडानबाट नेपाल भित्रिएका यात्रु समयमै लगेज नआएपछि समस्यामा पर्न थालेका छन् । काठमाडौं उत्रिएको दुई÷तीन दिनसम्म पनि लगेज नआउँदा दशैंको मुखमा उपत्यकाबाहिर जानुपर्ने यात्रुमा समस्या थपिएको हो । अन्तरराष्ट्रिय उडान गरिरहेका वायुसेवा कम्पनीले नेपालमा हवाई इन्धन भर्न नपाएपछि आफै व्यवस्था गर्नुपर्ने बाध्यता छ ।
इन्धनको जोहो आफै गर्नुपर्ने कम्पनीहरूले कार्गो र यात्रु सङ्ख्या कम गरेर नेपाल उडानलाई नियमित गरिरहेको बताएका छन् । सोहीकारण यात्रुका लगेज समयमै ल्याउन नसकिएको अन्तरराष्ट्रिय वायुसेवा सञ्चालक समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । ‘कम्पनीहरूले असामान्य अवस्थामा नेपालमा उडान गरिरहेका छन्,’ श्रेष्ठले भने, ‘विभिन्न गन्तब्यमा अड्किएर बसेका लगेज जतिसक्दो चाँडो नेपाल ल्याउने प्रयास भइरहेको छ ।’
आफै इन्धनको व्यवस्था गर्दा प्रतिउडान २० देखि २५ जनासम्म यात्रु कम गरेर उडान गर्नुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ । विभिन्न गन्तब्यमा छूटेका यात्रु र लगेजलाई अतिरिक्त उडान तथा अन्य कम्पनीका जहाजमार्फत नेपाल ल्याउने व्यवस्था मिलाइएको उनले बताए । नजिकिएको चाडबाडका अवसरमा घर जान हतारिएका यात्रुको सङ्ख्या अत्यधिक रहेका कारण नेपाल उडान रद्द गर्न सक्ने अवस्था नरहेको कम्पनीहरूको प्रतिक्रिया छ ।
सामान्य अवस्थाभन्दा अहिले अन्तरराष्ट्रिय उडानबाट लगेज आउन ढिलाई भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले बताए । ‘विमानस्थलमा आएका लगेज हराउने समस्या छैन’, उनले भने, ‘कठिन अवस्थामा उडान गर्नुपर्दा लगेज केही ढिलाई हुनुलाई सामान्य रूपमा लिनुपर्छ ।’ कम्पनीहरूले इन्धनको चरम अभावकाबीच पनि नेपाल उडानलाई निरन्तरता दिएका कारण यात्रुलाई सुविधा पुग्नुका साथै मुलुकको छविमा कुनै असर नपुगेको उनले बताए । इन्धन अभावका बीच पनि अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य हवाई ट्राफिक भने नघटेको उनले जानकारी दिए ।
ठेगाना टिपाएमा घर मै पुग्छ सामान
लगेज कै कारण बसको टिकट छूट्ने डर भएका यात्रुले त्रिभुवन विमानस्थलस्थित सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमा उपस्थित भई आफ्नो ठेगाना टिपाएमा कतिपय कम्पनीले घरमै पठाउने व्यवस्था मिलाएका छन् । ओमान एयरले ठेगाना टिपाएपछि कूरियरमार्फत कम्पनीले यात्रुको घरसम्म नै लगेज पठाउने व्यवस्था गरेको छ । यसपटक गाडीका लागि पनि इन्धन अभाव कायम रहेका कारण समस्या थपिएको श्रेष्ठले बताए । लगेज आउन ढिला भएपनि सुरक्षित रहने उनको भनाइ छ ।

posted by : http://www.enayapatrika.com
Comments
Post a Comment