आन्तरिक उडान सामान्य
- तत्कालका लागि डिसेम्बर ३१ तारिखसम्म इन्धन उपलब्ध गराउन नसक्ने जानकारी कम्पनीहरुलाई गराइएको छ
- अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुले करिव तीन महिनायता नेपालबाट इन्धन भर्न पाइरहेका छैनन्
- कम्पनीहरुले भारतका विभिन्न शहरमा प्राविधिक अवतरण गरी इन्धन भर्दै नेपाल उडानलाई निरन्तरता दिइरहेका छन्
- नेपालमा मूख्य पर्यटकीय मौसम, चाडबाड अंग्रेजी नयाँ वर्षका अवसरमा सेप्टेम्बरदेखि डिसेम्बरसम्म नेपाल उडान गर्ने अधिकांश अन्तरराष्ट्रिय एयरलाइन्सले फुल अक्कुपेन्सीसहित उडान गर्दै आएका छन्
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं २९, मंसिर
नेपालमा उडान गर्ने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले अंग्रेजी नयाँ वर्षयता नेपालमा इन्धन भर्न नपाउने भएका छन् । तत्कालका लागि डिसेम्बरसम्म इन्धन उपलब्ध गराउन नसक्ने जानकारी कम्पनीहरुलाई गराइएको विमानस्थलका महाप्रवन्धक देवआनन्द उपाध्यायले जानकारी दिए । अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुले करिव तीन महिनायता नेपालबाट इन्धन भर्न पाइरहेका छैनन् । निगमले असोज १२ गतेयता अन्तरराष्ट्रिय उडानका जहाजलाई नेपालमा इन्धन उपलब्ध गराउन सकेको छैन ।
अन्तरराष्ट्रिय वायुसेवा सञ्चालक समितिका अनुसार नेपाल आयल निगमले केही दिनअघि पत्र पठाएर डिसेम्बर ३१ तारीखसम्म नेपालमा इन्धन दिन नसक्ने जानकारी गराएको थियो । यसअघि निगमले मंसिर मसान्त (डिसेम्बर १५) सम्म नेपालमा इन्धन उपलब्ध नहुने जानकारी कम्पनीहरुलाई गराएको थियो । कम्पनीहरुले नयाँ वर्षयता नेपालमा इन्धन नपाउने अनुमानसहित पूर्व तयारी गरेका कारण अन्तरराष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको समितिको भनाई छ । कम्पनीहरुले भारतका विभिन्न शहरमा प्राविधिक अवतरण गरी इन्धन भर्दै नेपाल उडानलाई निरन्तरता दिइरहेका छन् ।
अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुले काठमाडौंमा इन्धन नपाउने अवस्थामा अतिरिक्त इन्धन बोक्दा २५ प्रतिशतसम्म यात्रु कम बोक्नु पर्ने बाध्यता रहेको बताउँदै आएका छन् । सम्बन्धित गन्तब्यबाट काठमाडौं आएपछि पुनः कलकत्ता, लखनउ, दिल्ली या अन्य शहरसम्म पुग्ने इन्धन अतिरिक्त बोक्नुपर्दा पूर्ण क्षमतामा यात्रु बोक्न नमिल्ने कम्पनीहरुको गुनासो छ ।
नेपालमा मूख्य पर्यटकीय मौसम, चाडबाड अंग्रेजी नयाँ वर्षका अवसरमा सेप्टेम्बरदेखि डिसेम्बरसम्म नेपाल उडान गर्ने अधिकांश अन्तरराष्ट्रिय एयरलाइन्सले फुल अक्कुपेन्सीसहित उडान गर्दै आएका छन् । यसबीचमा वैदेशिक रोजगारीमा जाने–आउने र अध्ययनमा जाने नेपाली पनि अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीका मूख्य यात्रु हुन् । अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुका लागि भने दैनिक २ लाख ५० हजार लिटरसम्म इन्धन आवश्यक पर्छ ।
आन्तरिक उडान सामान्य
यसैबीच, निगमका लागि नेपाल वायुसेवा निगम र निजी क्षेत्रबाट हवाई इन्धन आपूर्ति शुरुभएसँगै आन्तरिक उडान भने सामान्य भएको छ । पछिल्ला दिनमा आन्तरिक उडानका लागि कम्पनीको माग बमोजिम इन्धन उपलब्ध हुन थालेको सिम्रिक एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाले जानकारी दिए । ‘मागअनुसार हवाई इन्धन आपूर्ति भइरहेको छ,’ उनले भने, ‘उडान सामान्य बनिसकेको छ ।’ नेपालमा आन्तरिक वायुसेवाले दैनिक ५० देखि ६० हजार लिटरसम्म हवाई इन्धन खपत गर्दै आइरहेका छन् ।

posted by : http://www.enayapatrika.com
Comments
Post a Comment