प्रशिक्षक पाइलटको अभावमा नेवानिको ब्राण्डन्यू जहाज ‘वाई १२’ दुई महिनादेखि थन्किएको छ
- निगमले प्रशिक्षक पाइलट (आइपी)को जोहो गर्न नसकेपछि नयाँ जहाज ग्राउण्डेड भएर विमानस्थलमा थन्किएको हो
- एनएसीले नेपाली पाइलटलाई नै प्रशिक्षक पाइलटका रूपमा प्रशिक्षित गरिरहेको र त्यसका लागि अझै एक महिना लाग्ने निगमको भनाई
- लामो समयसम्म ग्राउण्डेड हुँदा एकातर्फ व्यापारमा घाटा पुग्ने र अर्कोतर्फ यात्रुबीच नकारात्मक सन्देश जानेतर्फ निगम अधिकारीहरु चिन्तित छन्
- कोइली नेपाल ल्याउनुअघि पनि जहाज निर्माता कम्पनीले प्रशिक्षक पाइलट नपाएर झण्डै तीन महिना ढिलो पठाएको थियो
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं २३, पुस
दुई महिनादेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ग्राउण्डेड नेपाल वायुसेवा निगमको जहाज (वाई १२) कोइली अझै एक महिना नउड्ने भएको छ । निगमले प्रशिक्षक पाइलट (आइपी)को जोहो गर्न नसकेपछि नयाँ जहाज ग्राउण्डेड भएर विमानस्थलमा थन्किएको हो । नयाँ जहाजका लागि पाइलट तयार नभइसकेको अवस्थामा त्यसलाई निश्चित अवधिसम्म प्रशिक्षक पाइलटले उडाउनुपर्छ । यसअघि कोइलीलाई जहाज निर्माता कम्पनीबाटै खटिएका पाइलटले उडाइरहेका थिए । उनको सेवा–सम्झौता अवधि सकिएर फर्किएपछि निगमले नयाँ प्रशिक्षक पाइलटको जोहो गर्न सकेको छैन ।
एनएसीले नेपाली पाइलटलाई नै प्रशिक्षक पाइलटका रूपमा प्रशिक्षित गरिरहेको र त्यसका लागि अझै एक महिना लाग्ने निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए । ‘हामीले नेपाली पाइलटलाई नै प्रशिक्षणमा पठाएर प्रशिक्षक पाइलटका रूपमा विकास गर्दैछौं,’ उनले भने, ‘सोहीकारण वाई १२ अझै एक महिना ग्राउण्डेड हुनेछ ।’ निगमको आन्तरिक उडानका क्याप्टेनलाई प्रशिक्षक पाइलटका रूपमा प्रशिक्षित गर्ने काम भइरहेको निगमको भनाइ छ । यो जहाजका लागि को–पाइलटहरुको समस्या भने नरहेको प्रवक्ता शर्माले बताए ।
१८ सिट क्षमताको कोइलीलाई निगमले पोखरा र भैरहवा रुटमा प्रयोग गरेको थियो । लामो समयसम्म ग्राउण्डेड हुँदा एकातर्फ व्यापारमा घाटा पुग्ने र अर्कोतर्फ यात्रुबीच नकारात्मक सन्देश जानेतर्फ निगम अधिकारीहरु चिन्तित देखिन्छन् । ‘जहाज नै नउडेपछि आर्थिक क्षतिको त लेखाजोखा नै भएन,’ प्रवक्ता शर्माले भने, ‘यसबाट यात्रुले बनाउने धारणा नकारात्मक बन्न सक्छ ।’ नेपालसँग प्रशिक्षक पाइलट नहुँदा निगमले बारम्बार यस्ता समस्या भोग्नु परेको उनको गुनासो छ ।
कोइली नेपाल ल्याउनुअघि पनि जहाज निर्माता कम्पनीले प्रशिक्षक पाइलट नपाएपछि झण्डै तीन महिना ढिला भएको थियो । यो जहाज १७ कात्तिक २०७१ मा नेपाल भित्राइएको थियो । चीन सरकारले नेपाल सरकारलाई अनुदानमा दिएको दुई जहाज मध्ये कोइली एक हो । ५८ सिट क्षमताको जहाज एमए ६० भने अहिले उडिरहेको छ । जहाजको विवरणमा उल्लेख गरिएभन्दा बढी तौल रहेको यी दुई मोडलका जहाजले सिट क्षमताअनुसार यात्रु बोक्न भने सक्दैनन् ।
यसैबीच, निगमले चीनबाट लिन बाँकि थप चार जहाज पनि भित्राउने तयारी गरिरहेको छ । चीनसँग सहुलियत ऋणमा खरीद गरिएका तीन ‘वाई १२’ र एक ‘एमए ६०’ मोडलका जहाज निर्माण भइसकेको बताइएको छ । ती जहाजको प्राविधिक अध्ययनका लागि चीन गएर फर्किएको टोलीले दिने प्रतिवेदनका आधारमा प्रक्रिया अगाडी बढ्ने प्रवक्ता शर्माले जानकारी दिए । जहाज निर्माता कम्पनीका लागि निगमले अग्रिम भुक्तानी गरिसकेको, सरकार–सरकारबीचको सम्झौता भएको र जहाज तयार भइसकेकाले चिनियाँ जहाज कुनै पनि हालतमा नेपाल भित्रने सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।

posted by :
http://www.enayapatrika.com
http://www.enayapatrika.com
Comments
Post a Comment