नेवानि सुधारको कार्ययोजना १० दिनभित्र ः अध्यक्ष
- निगमको समग्र सुधारका योजना समेटिएको सुधारको दुई वर्षे कार्ययोजना तयार भइरहेको निगम सञ्चालक समितिका अध्यक्षको भनाई छ
- निगम सञ्चालनमा विगतको कार्यशैली मूल्याङ्कन गर्दै आगामी दिनमा कसरी जाने भन्ने सम्बन्धमा कार्ययोजना केन्द्रित हुनेछ
- कार्ययोजनामा निगमको सुधारका लागि कुन महिनामा के काम गर्ने भन्नेबारे विस्तृतमा उल्लेख हुने र सोहीअनुसार काम गर्दै जाने योजना छ
- सबै क्षेत्रको चासोलाई समेट्दै आगामी १० दिनभित्र नेवानि सुधार कार्ययोजना सार्वजनिक हुनेछ
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं ३, माघ
नेपाल वायुसेवा निगमले दुई वर्षसम्म संस्थाको शुद्धिकरण अभियान सञ्चालन गर्ने भएको छ । निगमको समग्र सुधारका योजना समेटिएको सुधारको दुई वर्षे कार्ययोजना तयार भइरहेको निगम सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीनेशकुमार थपलियाले बताए । आइतबार राजधानीमा आयोजित नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को ५२ औं साधारणसभामा बोल्दै उनले निगम सुधारको दुई वर्षे कार्ययोजनाबारे जानकारी दिएका हुन् ।
निगम सञ्चालनमा विगतको कार्यशैली मूल्याङ्कन गर्दै आगामी दिनमा कसरी जाने भन्ने सम्बन्धमा कार्ययोजना केन्द्रित हुने अध्यक्ष थपलियाको भनाइ छ । ‘निगमसँग उपलब्ध विद्यमान साधन–स्रोतको उच्चतम उपयोग गर्दै वायुयान थप गर्दै जाने योजना बनाइएको छ,’ उनले भने, ‘सबै क्षेत्रको चासोलाई समेट्दै आगामी १० दिनभित्र नेवानि सुधार कार्ययोजना सार्वजनिक हुनेछ ।’
कार्ययोजनामा निगमको सुधारका लागि कुन महिनामा के काम गर्ने भन्नेबारे विस्तृतमा उल्लेख हुने र सोहीअनुसार काम गर्दै जाने उनको भनाई छ । सरोकारवालाले निगमको प्रभावकारी सञ्चालनका लागि नेवानिको संस्थागत शुद्धिकरणमा लामो समयदेखि जोड दिँदै आएका छन् । उपलब्ध वायुयानलाई पूर्ण क्षमतामा चलाउन नसक्नु, ग्राण्डेण्ड वायुयानलाई तत्काल उडानयोग्य नबनाउन नसक्नु, अन्तरविभागीय समन्वयको अभावलगायत थुप्रै समस्या निगममा छन् ।
निगमको शुद्धिकरणसँगै अन्तरराष्ट्रिय उडानका लागि आगामी दुई वर्षभित्र चार वटा जहाज (दुई वटा वाइडबडी र दुई वटा न्यारो बडी) खरीद प्रक्रियाले पनि गति लिएको अध्यक्ष थपलियाले जानकारी दिए । ‘जहाजबीनाको वायुसेवा कम्पनी संसारमा कहीँ पनि हुँदैन’, उनले भने, ‘आजको दिनमा नेपाल वायुसेवाको विकल्प सुदृढ, सक्षम र प्रभावकारी सेवासहितको नेवानि मात्र हो ।’
जहाज असनबाट किनेर ल्याउने होइन
निगमले वाइडबडी जहाज खरीद गर्ने निर्णय गरेसँगै बजारमा नकारात्मक टिप्पणी र चलखेल बढेको प्रति अध्यक्ष थपलियाले गुनासो गरे । ‘निगमका लागि जहाज हामी किन्छौं भन्दै दैनिक यति धेरै फोन आउन थालेको छ,’ उनले भने, ‘लाग्छ, जहाज असनमा किनेर निगमलाई बुझाउने हो ।’जहाज खरीद पूर्ण पारदर्शी र नियमसंगत हुने भन्दै उनले यसमा कुनै पनि सम्झौता नहुने बताए । उनले देशभर अझै पनि १७ वटा विमानस्थलमा जहाज नउड्ने समस्या रहेको भन्दै ३÷४ महिनाभित्र थप ५ वटा विमानस्थल सञ्चालनमा ल्याउनेगरी काम भइरहेको समेत जानकारी दिए । आन्तरिक उडानमा निजी क्षेत्रका वायुसेवा कम्पनीको भूमिका बढी हुने भन्दै उनले वायुसेवा निगमलाई पनि आन्तरिक उडानका लागि जहाज थप गर्दै सक्षम बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
बक्समा
बलियो नेवानि आवश्यक ः व्यवसायी
पर्यटन क्षेत्रका व्यवसायीहरुले नेपालमा पर्यटक आगमन बढाउन बलियो, सुविधासम्पन्न र सक्षम राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी आवश्यक रहेको बताएका छन् । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को ५२ औं साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले वायुसेवा निगमलाई पर्याप्त जहाज नहुनु र वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलको अभावका कारण पर्यटक आगमनले गति लिन नसकेको बताए ।
वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले निगमसँग कार्गो विमानहरु भइदिएको र दोस्रो अन्तरराष्ट्रिय विमानस्थल तयारी अवस्थामा रहेको भए वर्तमान नाकाबन्दीको प्रभाव न्यून हुने बताइन् । विगतमा समेत पटकपटक नाकाबन्दी हुँदा नेपालका नेताहरुको चेत नआएको भन्दै उनले हाम्रो नै दिमाग बन्द भएको टिप्पणी गरिन् । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रपुरुष ढकालले हिजो यूरोप र अमेरिकाको प्रभाव रहेको नेपालको पर्यटनमा चीन र भारतको प्रभाव क्रमशः बढ्दै गएको बताए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपालको पर्यटन विकासका लागि चीन मूख्य बजार रहने भन्दै अबको प्रवद्र्धन उक्त देशमा केन्द्रित गर्नुपर्ने बताए । नेपालमा उचित पर्यटकीय प्रडक्ट रहेको, पर्यटन ल्याउने उपयुक्त समय रहेको, उचित स्थानमा रहँदारहँदै पनि सही बजारीकरण गर्न नसक्दा यस क्षेत्रबाट लाभ भने उठाउन नसकिएको उनको भनाई छ । नाट्टाका अध्यक्ष डीबी लिम्बुले नेपाल वायुसेवा निगमको सवलिकरण, अन्तरराष्ट्रिय विमानस्थल निर्माण र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको निर्माणलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । सन् १९६६ मा स्थापना भएको नाट्टा पर्यटनसँग सम्बन्धित नेपालको सबैभन्दा पुरानो संस्था हो ।

posted by : http://www.enayapatrika.com/2016/01/48198
Comments
Post a Comment