पृष्ठभूमीमा ‘अनिवार्य नेपालीपनः
- निजी कम्पनीका होर्डिङ बोर्डले विमानस्थलको स्वरुप कुरुप बनाइरहेको गुनासो आइरहेका बेला विमानस्थल कार्यालयले होर्डिङ बोर्डका लागि नयाँ मापदण्ड तोकेको हो
- विमानस्थल परिसरको भित्री र बाहिरी भागमा रहने होर्डिङ बोर्डको पृष्ठभूमिमा नेपालीपनः झल्कने तस्वीर अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ
- बोर्डको पृष्ठभूमिमा सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, स्वयम्भूनाथ, हनुमानढोका दरवारजस्ता नेपाली सम्पदा र संस्कृति झल्कने तस्वीर राखेपछिमात्र निजी कम्पनीले आफ्नो प्रचार सामग्री राख्न पाउनेछन्
- विमानस्थलको मूख्य आम्दानीको स्रोतमध्ये निजी कम्पनीका विज्ञापन पनि एक हो । आर्थिक वर्ष २०७१÷७२ मा विमानस्थलले विज्ञापनबाट मात्र २ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं २२, भदौ
काठमाडौं २२, भदौ
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राखिएका निजी कम्पनीको विज्ञापनका ‘होर्डिङ बोर्ड’का लागि मापदण्ड तोकिएको छ । निजी कम्पनीका होर्डिङ बोर्डले विमानस्थलको स्वरुप कुरुप बनाइरहेको गुनासो आइरहेका बेला विमानस्थल कार्यालयले होर्डिङ बोर्डका लागि नयाँ मापदण्ड तोकेको हो । विमानस्थल परिसरको भित्री र बाहिरी भागमा रहने होर्डिङ बोर्डको पृष्ठभूमिमा नेपालीपनः झल्कने तस्वीर अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको विमानस्थलका महाप्रवन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
निजी कम्पनीले सम्झौता नविकरण गर्दा नयाँ मापदण्डअनुसार होर्डिङ बोर्ड राख्नुपर्ने व्यवस्था गरीएको श्रेष्ठको भनाइ छ । बोर्डको पृष्ठभूमिमा सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, स्वयम्भूनाथ, हनुमानढोका दरवारजस्ता नेपाली सम्पदा र संस्कृति झल्कने तस्वीर राखेपछिमात्र निजी कम्पनीले आफ्नो प्रचार सामग्री राख्न पाउनेछन् । कार्यालयले विमानस्थलको अन्तरराष्ट्रिय टर्मीनल भवनको भित्री भागमा विज्ञापनका लागि नमुना होर्डिङ बोर्डहरू बनाएर प्रदर्शनमा राखिसकेको छ ।
विमानस्थल परिसरमा अहिले विभिन्न विज्ञापन एजेन्सीमार्फत व्यावसायिक कम्पनीका होर्डिङ बोर्डहरू राखिएका छन् । निजी कम्पनीका बोर्डको अत्यधिक प्रयोगले अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रिय पहिचानका सङ्केतहरू ओझेलमा परेको गुनासो सर्वसाधारण तथा सरोकारवालाले गर्दै आएका छन् । ‘अन्तरराष्ट्रिय विमानस्थल राष्ट्रिय पहिचान झल्कने पहिलो विन्दु हो,’ महाप्रवन्धक श्रेष्ठले भने, ‘यस्ता गुनासा सम्बोधना लागि होर्डिङ बोर्डका लागि मापदण्ड बनाएका हौं ।’ विमानस्थलमा राखिएका विद्यमान कम्पनीका होर्डिङ बोर्डको समयावधि सकिएपछि नविकरण गर्दा सबै कम्पनीले पृष्ठभूमिमा नेपालीपनः झल्कने तस्वीर राखेको नुमना पेश गरेपछिमात्र विज्ञापनका लागि स्थान प्राप्त गर्नेछन् ।
विमानस्थलको मूख्य आम्दानीको स्रोतमध्ये निजी कम्पनीका विज्ञापन पनि एक हो । आर्थिक वर्ष २०७१÷७२ मा विमानस्थलले विज्ञापनबाट मात्र २ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्यमान बोर्डलाई एकैपटक परिवर्तन गराउन खोज्दा कार्यान्वयनमा समस्या आउने भएकाले नविकरण गर्दा बोर्ड परिवर्तन गर्नुपर्ने व्यवस्था मिलाइएको श्रेष्ठले बताए ।
व्यवस्थापनले विमानस्थल परिसरभित्र रहेका सङ्केत चिन्हसमेत परिवर्तन गर्ने र पर्यटक आगमन क्षेत्र आसपास नेपाली मौलिक कला–संस्कृति झल्कने बोर्डहरू राख्ने तयारीसमेत गरेको छ । ति क्षेत्रमा मूर्तिहरू राख्दा धेरै खर्च लाग्ने भएपछि मौलिक संस्कृति झल्कने कला तथा पेण्टिङहरु राख्ने तयारी कार्यालयको छ ।

posted by : http://www.enayapatrika.com
Comments
Post a Comment