- १ वर्षभित्र १९ दिन २४ सै घण्टा सूचारु
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं १०, असोज
नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआई) आकस्मिक अवस्थामा नियमित सञ्चालनका लागि सक्षम देखिएको छ । सन् २०१४ मा नेपालमा आयोजित सार्क सम्मेलनका अवसरमा टीआईए इतिहासमै पहिलो पटक २४ सै घण्टा सञ्चालन गरिएको थियो । त्यसयता १ वर्षको अवधिमा विमानस्थल पटकपटक गरी १९ दिनसम्म २४सै घण्टा सञ्चालनमा आएको विमानस्थलका महाप्रवन्धक बीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
एकमात्र धावनमार्ग रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालनमा ल्याउनु जोखिमपूर्ण मानिन्छ । उक्त धावनमार्गमा सानो समस्या आएपनि मर्मत गर्दा लाग्ने समयमा विमानस्थलमा उडान–अवतरण बन्द गर्नुपर्ने बाध्यता छ । सामान्यतया १८ घण्टा सञ्चालन गरिसकेपछि विमानस्थलले बाँकि ६ घण्टाको समयमा धावनमार्गमा रहेका समस्या समाधान गर्दै आएको छ ।
सार्क सम्मेलनमा अन्तरराष्ट्रिय राष्ट्रप्रमुख तथा सरकार प्रमुखको आगमनका कारण नियमित उडान–अवतरणमा भएको ढिलाईलाई सामान्य बनाउन विमानस्थल ४ दिनसम्म लगातार २४ सै घण्टा सञ्चालनमा आएको थियो । २०१४ नोभेम्बर २५ देखि २८ तारीखसम्म विमानस्थललाई २४सै घण्टा सूचारु गर्नु परेको विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
सन् २०१५ मार्च ४ तारीखमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा टर्कीस एयरलाइन्सको विमान दूर्घटना भएपछि नेपालबाट हुने अन्तरराष्ट्रिय उडान–अवतरण ४ दिनसम्म ठप्प भएको थियो । त्यसपछि टीआईए पुनः लगातार ६ दिन २४ सै घण्टा सञ्चालनमा ल्याइएको थियो । ‘हामी आफुलाई निकै भाग्यमानी मान्छौं’, महाप्रवन्धक श्रेष्ठले भने, ‘सङ्कटको समयमा जोखिम मोलेर विमानस्थललाई पूर्ण क्षमतामा सूचारु गर्दा पनि कुनै ठूलो समस्या आएन ।’
गत बैशाख १२ गतेको भूकम्पका कारण अन्तरराष्ट्रिय विमानस्थल पुनः लगातार ९ सम्म २४ सै घण्टा सञ्चालनमा ल्याउनु् परेको थियो । श्रेष्ठका अनुसार सन् २०१५ अप्रिल २६ देखि मे ४ तारीखसम्म विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आएको थियो । ‘त्यससमय विमानस्थलमा सानो समस्या आएको भएपनि उद्धार र राहतमा ठूलो समस्या आउन सक्ने थियो,’ महाप्रवन्धक श्रेष्ठले भने, ‘व्यवस्थापनले जोखिम मोलेर लिएको निर्णयले अन्त्यमा राम्रो नतिजा दियो ।’
विमानस्थल २४सै घण्टा सञ्चालनमा आएको समय
इन्धन अभावको विद्यमान अवस्थामा अन्तरराष्ट्रिय उडानका वायुसेवा कम्पनीलाई नजिकको अन्तरराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर उडान गर्नेलगायत बैकल्पिक व्यवस्थाका लागि अनुरोध गरिएको व्यवस्थापनले जानकारी दिएको छ । आन्तरिक उडानका वायुसेवा कम्पनीका लागि अझै केही समयका लागि इन्धन बाँकि रहेको र अन्तरराष्ट्रिय कम्पनीलाई बैकल्पिक व्यवस्था गर्न आग्रह गरिएका कारण तत्काल हवाई यातायातमा असर नपुग्ने विमानस्थल व्यवस्थापनले स्पष्ट पारेको छ ।
विमानस्थल व्यवस्थापनले आर्थिक वर्ष २०७१÷७२ को प्रगति विवरण र आर्थिक वर्ष २०७२÷७३ का योजनाहरू आइतवार सार्वजनिक गरेको छ । विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डअनुसार स्तरोन्ती गर्नेसम्बन्धका विविध योजना सार्वजनिक गरिएको छ ।
posted by : http://www.enayapatrika.com

- सन् २०१४ नोभेम्बर २५–२५ (सार्क सम्मेलन)
- सन् २०१५ मार्च ७–१२ (टर्कीस एयरलाइन्सको विमान दूर्घटनाग्रस्त)
- सन् २०१५ अप्रिल २६–मार्च ४ (विमासकारी भूकम्प)
- उडान अवस्था सामान्य ः व्यवस्थापन
इन्धन अभावको विद्यमान अवस्थामा अन्तरराष्ट्रिय उडानका वायुसेवा कम्पनीलाई नजिकको अन्तरराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर उडान गर्नेलगायत बैकल्पिक व्यवस्थाका लागि अनुरोध गरिएको व्यवस्थापनले जानकारी दिएको छ । आन्तरिक उडानका वायुसेवा कम्पनीका लागि अझै केही समयका लागि इन्धन बाँकि रहेको र अन्तरराष्ट्रिय कम्पनीलाई बैकल्पिक व्यवस्था गर्न आग्रह गरिएका कारण तत्काल हवाई यातायातमा असर नपुग्ने विमानस्थल व्यवस्थापनले स्पष्ट पारेको छ ।
विमानस्थल व्यवस्थापनले आर्थिक वर्ष २०७१÷७२ को प्रगति विवरण र आर्थिक वर्ष २०७२÷७३ का योजनाहरू आइतवार सार्वजनिक गरेको छ । विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डअनुसार स्तरोन्ती गर्नेसम्बन्धका विविध योजना सार्वजनिक गरिएको छ ।
posted by : http://www.enayapatrika.com
Comments
Post a Comment