नयाँ पत्रिका
काठमाडौं १७, भदौ
नेपालमा हवाई सेवा प्रारम्भ गरेको दुई वर्षभित्र टर्कीस एयरलाइन्सले विभिन्न १३ ओटा समूहलाई पर्यटन प्रवद्र्धनको उद्देश्यले नेपाल भ्रमणमा ल्याएको छ । यूरोप र अमेरिकाका विभिन्न मुलुकबाट सो सङ्ख्यामा ‘फामट्रीम’का लागि समूहहरू नेपाल भ्रमण्मा आएको टर्कीस एयरलाइन्सले जानकारी दिएको छ । फामट्रिपमा ल्याइएका समूहमध्ये स्पेनबाट सर्वाधिक ५ समूह नेपाल आएका छन् । नेदरल्याण्ड्स र टर्कीबाट दुई÷दुई समूह नेपाल भ्रमणमा आएका छन् । अमेरिका, इटाली, रुस र नर्वेबाट एकएक टोली टर्कीसको पहलमा फामट्रिपका लागि नेपाल आएको एयरलाइन्सले जानकारी दिएको छ ।
भूकम्पपछि टर्कीसले नेदरल्याण्ड्सबाट सञ्चारकर्मीहरूको एक टोलीलाई फामट्रिपका नेपाल ल्याएको थियो । टर्कीस एयरलाइन्सले सन् २०१३ सेप्टेम्बरबाट नेपालमा उडान प्रारम्भ गरेको थियो । प्रारम्भमा साताको चार उडान गरेको टर्कीसले सन् २०१४ जुलाईबाट दैनिक उडान प्रारम्भ थालेको थियो । अहिले पनि दैनिक उडानको तालीका यथावत राखेको टर्कीसले भूकम्पपछि पनि पर्याप्त यात्रु पाइरहेको बताएको छ ।
विशेषगरी यूरोपसहित, अमेरिका र अष्टे«लियाका विभिन्न मुलुकको भिषा भएका नेपाली यात्रुले टर्कीको इस्तानबुललाई ‘ट्राण्जिट’ मानी उडान गर्न सक्ने योजना ल्याएपछि यात्रु सङ्ख्यामा धेरै गिरावटको समस्या नआएको कम्पनीको भनाइ छ । टर्किस एयरले नेपालबाट युरोपमा सिधा उडान गर्दै आएको छ । प्रारम्भमा नेपाली यात्रुबाट आएका गुनासा सम्बोधन गर्दै कम्पनीले आफ्नो सेवालाई यात्रु्मैत्री बनाउँदै गएको कम्पनीले उल्लेख गरेको छ । विशेषगरी खाना, भाषाजस्ता समस्यामा रहेका गुनासालाई कम्पनीले सम्बोधन गर्दै गएको बताएको छ ।
टर्किस एयरले यसवर्ष यूरोपको ‘वेष्ट एयरलाइन्स’सहित आधादर्जन अर्वाड हात पारिसकेको छ । २ सय ९० एयरक्राफ्ट रहेको टर्कीसले अहिले विश्वका १ सय १० मुलुकमा उडान गरिरहेको छ । कम्पनीले ५० आन्तरिकसहित २ सय ३० गन्तब्यमा उडान गरिरहेको जानकारी दिएको छ ।
posted by : http://www.enayapatrika.com
Posted by: nayapatrika
Posted by: nayapatrika
Comments
Post a Comment