- १२ करोड ५० लाख भुक्तानी
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं 2, असोज
सरकारले गत वैशाख १२ गतेको भूकम्पपछि निजी क्षेत्रबाट सञ्चालित हेलिकोप्टरलाई उद्धार र राहतका लागि करीव ६ सय घण्टासम्म चार्टर्डमा लिएर परिचालन गरेको छ । गृहमन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार सरकारले ६ ओटा निजी कम्पनीका हेलिकोप्टर ५ सय ९४ घण्टा ११ मिनेट समयसम्म चार्टर्डमा लिएर उद्धार र राहतमा खटाएको थियो । त्यसमध्ये श्री एयरलाइन्सले सर्वाधिक १ सय ४९ घण्टा ६ मिनेट उडान गरेको छ । एयर डाइनेस्टीले १ सय ११ घण्टा ८ मिनेट उडान गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । माउण्टेन एयरलाइन्सले ९९ घण्टा ७ मिनेटसम्म सरकारको आदेशमा उडान गरेको छ ।
गृह मन्त्रालयअन्तगर्तको केन्द्रिय दैविप्रकोप उद्धार समितिले सिफारिस गरेको स्थानमा खटिनुपर्ने शर्तसहित सरकारले वैशाख १३ गतेदेखि निजी कम्पनीका १५ ओटा हेलिकोप्टर उद्धार र राहतमा खटाइएको थियो । ति हेलिकोप्टरले वैशाख २१ गतेसम्म समितिको सिफारिसमा उडान गरेका थिए । त्यसपछि भने सरकारले आवश्यक परेको बेलामात्र उपयोगमा ल्याउने गरी हेलिकोप्टरहरू निजी कम्पनीको जिम्मा लगाएको थियो । गृहको चार्टर्ड सकिएपछि भने ति हेलिकोप्टर अन्य राष्ट्रिय–अन्तरराष्ट्रिय सङ्घसंस्थाले चार्टर्ड गरी आ–आफ्नो प्रयोजनमा उपयोग गरेको वायुसेवा सञ्चालक सङ्घका प्रमुख कार्यकारी विमलेश वर्माले जानकारी दिए ।
सरकारले चार्टर्ड गरेको ९ दिनको समयमा ति हेलिकोप्टरले २ हजार ५ सय ३ जनालाई विभिन्न जिल्लाबाट उद्धार गरी राजधानी ल्याएका थिए । त्यसअवधिमा निजी कम्पनीका हेलिकोप्टरले ९९ हजार ३ सय ७० किलोग्राम बराबरको राहत सामग्री पिडितसम्म पु¥याएको सङ्घले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ । बैशाख २९ गतेको दोस्रो भूकम्पपछि भने सरकारले आवश्यक परेको बेलामात्र हेलिकोप्टर चार्टर्ड गरी खटाएको थियो । सो अवधिसम्म नेपाली सेनासहित, भारतीय, अमेरिकी र चिनियाँ सेनाका हेलिकोप्टरहरू समेत उपयोगमा आएका कारण निजी हेलिकोप्टरको आवश्यकता कम परेको गृह मन्त्रालयको भनाइ छ । सरकारले पहिलो भूकम्पपछिको ९ दिनका लागि सिम्रिक, एयर डाइनेस्टी, फिस्टेल र श्री एयरका तीन÷तीन, मनाङ एयरको दुई तथा माउण्टेन हेलिसर्भिसको एउटा हेलिकोप्टर चार्टर्ड गरेको थियो ।
१२ करोड ५० लाख भुक्तानी
सरकारले चार्डर्टमा लिई उद्धार र राहतमा खटिएका हेलिकोप्टरको भाडास्वरुप कम्पनीहरूलाई १२ करोड ५० लाख ९३ हजार रुपैयाँ भुक्तानी दिएको छ । गृह मन्त्रालयअन्तर्गतको आर्थिक प्रशासन शाखाका प्रमुख रुद्र लामिछानेका अनुसार हेलिकोप्टर सेवा प्रदायक कम्पनीहरूलाई उडान गरेको घण्टाका आधारमा भुक्तानी दिइएको हो । कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ‘लगबुक’ प्रमाणित गरेको सिफारिस पेश गरेपछि मात्र रकम हेलिकोप्टर चार्डर्ट गरेवापतको रकम उपलब्ध गराइएको लामिछानेले बताए । केन्द्रबाट समितिले पठाएका हेलिकोप्टर जिल्लामा समेत प्रमुख जिल्ला अधिकारीले सिफारिस गरेको स्थानमा उद्धार र राहतका लागि खटिएका थिए ।
कसलाई कति भुक्तानी
कम्पनी उडान घण्टा भूक्तानी भएको रकम (रु.)
श्री एयरलाइन्स १४९.०६ ३६९४२१३२
एयर डाइनेस्टी १११.०८ २०५९६०८३
माउण्टेन हेलिसर्भिस ९९.३७ २०३२१३३६
सिम्रिक एयर ९०.२५ १८०८३३२०
फिस्टेल एयर ७९.३५ १३३८७८०७
मनाङ एयर ६५ १५७६२९५४
कूल ः ५९४.११ १२५०९३६३३
उद्धार र राहतमा ५ हजार उडान
भूकम्पपछि उद्धार र राहतमा डेढ महिनासम्मको मूख्य अभियान अवधिभर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए)लाई आधार मानेर ५ हजारभन्दा बढी हेलिकोप्टर उडान भएका थिए । विमानस्थल कार्यालयका अनुसार स्वदेशी तथा विदेशी हेलिकोप्टरले वैशाख १३ गतेदेखि जेठ २६ गतेसम्मको अवधिमा टीआइएमार्फत ५ हजार १ सय ९८ ओटा उडान गरेका छन् । त्यसमध्ये फिस्टेल एयरमार्फत सर्वाधिक ९ सय ६८ उडान गरेको छ । नेपाली सेनाले ८ सय ५ तथा भारतीय सेनाले ७ सय ३१ ओटा उडान गरेको विमानस्थलको तथ्याङ्कमा उल्लेख छ ।
डेढ महिनाको अवधिमा टीआइए सञ्चालनको इतिहासमै सर्वाधिक व्यस्त रहेको थियो । उक्त अवधिमा विमानस्थलबाट राष्ट्रिय–अन्तरराष्ट्रिय गरी कूल १४ हजार ४ सय २३ उडान भएको थिए । त्यसमा चार्टर्ड र नियमित दुबै उडान सङ्ख्या समावेश छ ।
टीआईएलाई आधार मानेर भएका विदेशी हेलिकोप्टर उडान सङ्ख्या
भारतीय एयरफोर्स (१३ ओटा) ः ७ सय ३१
नेपाल आर्मीका –आवश्यकताअनुसार)ः ८ सय ५
अमेरिकी रेक्यू टोली (८ ओटा) ः ३ सय ९
चीन रेक्स्यू टोली (३ ओटा) ः ४१
जम्मा ः १८८६
स्वदेशी हेलिकोप्टर उडान
सिम्रिक ः ३५९
फिस्टेल ः ९६८
माउण्टेन ः ३३१
एयर डाइनेस्टी ः ३६६
मनाङ एयर ः ५५७
मुक्तिनाथ एयर ः ६
श्री एयरलाइन्स ः ७२५
कूल उडान सङ्ख्या ः ३३१२

‘चार्डर्ट फ्लाइट’ नियमनका लागि कार्यदल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी कम्पनीका फिक्स विंग्स (जहाज) तथा हेलिकोप्टरबाट हुने चार्टर्ड फ्लाइटको नियमनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । निजी कम्पनीका एयरक्राफ्टमार्फत हुने चार्टर्ड उडानका विविध पक्षमा अनुगमन तथा अध्ययन गरी सुझाव दिन कार्यदल गठन भएको मन्त्रालयको भनाइ छ । कार्यदलले चार्टर्ड उडानका लागि अधिकतम भाडा तय गर्ने सम्बन्धमा सरकारलाई सुझाव दिने बताइएको छ ।
मन्त्रालयले गत साता सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो । चार्टर उडानका बेला वायुसेवा कम्पनीले मनोमानी भाडा लिएको गुनासो आएकोले सरकारले यसको नियमन गर्न र अधिकतम भाडा तय गर्न कार्यदल गठन गरेको मन्त्रालयको भनाइ छ ।
्कार्यदलले दुई महिनासम्म अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउनेछ । प्रतिवेदनका आधारमा सरकारले नीति बनाएर कार्यान्वयन गर्ने योजना बनाएको छ । कार्यदलमा पर्यटन मन्त्रालयका तीन, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा वायुसेवा निगमबाट एकएक र वायुसेवा संचालक संघका दुइ प्रतिनिधि सदस्यका रूपमा रहनेछन् ।
https://shar.es/17rJkH
Comments
Post a Comment