नयाँ पत्रिका
काठमाडौं ३१, भदौ
काठमाडौं ३१, भदौ
यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले नयाँ जहाज थप गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका दूर्गम गन्तब्यमा उडान गर्दै आएको ताराले क्यानडामा निर्मित नयाँ जहाज ‘भाइकिङ डीएचसी६–४०० विट्नअटर’ थप गरेको हो । जहाज विहीवार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरियो ।
अत्याधुनिक जहाज थप गर्दै पुराना जहाज विस्थापन गर्ने कम्पनीको योजना बमोजिम नयाँ जहाज भित्राएको यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) उमेश राइले जानकारी दिए । ‘हामी तारा एयरमार्फत मुलुकको उच्च पहाडी र हिमाली क्षेत्रमा सेवा दिइरहेका छौं,’ उनले भने, ‘कम्पनीमार्फत स्तरीस्य सेवा प्रदान गर्न थप गरिएका जहाजले सहयोग गर्नेछन् । उनका अनुसार कम्पनीले क्रमशः नयाँनयाँ जहाज भित्राउँदै जाने योजना बनाएको छ ।
अत्याधुनिक जहाज थप गर्दै पुराना जहाज विस्थापन गर्ने कम्पनीको योजना बमोजिम नयाँ जहाज भित्राएको यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) उमेश राइले जानकारी दिए । ‘हामी तारा एयरमार्फत मुलुकको उच्च पहाडी र हिमाली क्षेत्रमा सेवा दिइरहेका छौं,’ उनले भने, ‘कम्पनीमार्फत स्तरीस्य सेवा प्रदान गर्न थप गरिएका जहाजले सहयोग गर्नेछन् । उनका अनुसार कम्पनीले क्रमशः नयाँनयाँ जहाज भित्राउँदै जाने योजना बनाएको छ ।
योजना बमोजिम निकट भविश्यमा थप जहाजहरू आउन लागेको उनले जानकारी दिए । ‘भाइकिङ डीएचसी६–४०० विट्नअटर’को बजार मूल्य ७० करोड नेपाली रुपैयाँ पर्ने यति एयरलाइन्सका प्रवन्धक (ग्राउण्ड ह्याण्डिलिङ डिपार्टमेण्ट) भीमराज रा्रईले जानकारी दिए । जहाज थप भएसँगै तारासँग ट्विनअटर जहाजको सङख्या ५ पुगेको छ । कम्पनीसँग २ ओटा डोर्नियर जहाजसमेत छन् ।
तारा र यतिमार्फत कम्पनीले मुलुकका झण्डै ३० गन्तब्यमा उडान गरिरहेको छ । त्यसमध्ये ताराको गन्तब्य बढी रहेको बताइएको छ । ट्विनअटर विमानहरू नेपालको भौगोलिक अवस्थितीसँग उपयुक्त मानिन्छन् । छोटो धावनमार्ग भएका र जोखिमयुक्त विमानस्थलमा सजिलैसँग उडान–अवतरण गर्न सक्ने यस्ता विमानहरूले स्वदेशी–विदेशी यात्रुको विश्वास जित्न सफल रहेको कम्पनीको भनाइ छ । ताराले थप गरेको यस जहाजमा चालकदलका सदस्यबाहेक १९ सिट क्षमता रहेको
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट भएको योगदान पं्रशसायोग्य रहेको बताए । सरकारले एक जिल्ला एक विमानस्थल कार्यक्रमअन्तर्गत विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
ताराका जहाजमा जीएचटीको लोगो
यसैबीच, तारा एयरले आफ्ना नयाँ जहाजहरूमा ‘ग्रेट हिमालयन ट्रेल (जीएचटी)’को लोगो प्रयोग गर्ने भएको छ । विहीवार सार्वजनिक गरेको जहाजमा समेत जीएचटीको लोगो प्रयोग गरिएको छ । ट्रेकिङका लागि नेपाल आउने पर्यटक खुम्बु र अन्नपूर्ण क्षेत्रमा बढी पुग्ने गरेको तर ताराले जीएचटीभित्र पर्ने अन्य आकर्षक गन्तब्यमा समेत उडान गरिरहेका कारण जहाजमा जीएचटीको लोगो प्रयोग गरिएको यति एयरका सीइओ राइले जानकारी दिए । यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । ताराका लागि अब थप हुने सबै जहाजमा जीएचटीको लोगो प्रयोग हुने उनको भनाइ छ ।
Comments
Post a Comment