- नेपालको सर्वाधिक ट्राफिक चाँप हु्ने सडक खण्ड छनोट गरी पहिलो चरणमा काक्डभिट्टा–बुटवल, नारायणघाट–काठमाडौं र मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनका रूपमा स्तरोन्नी गर्ने योजना बनाएको छ
- एक वर्षभित्र सम्भाब्यता अध्ययन पुरा गरी निर्माणको प्रक्रियामा जाने तयारी
- विश्व बैङ्क, एसियाली विकास बैङ्क र मिलिनियम च्यालेञ्ज को–अपरेशन (एमसीसी) लगानीका लागि सकारात्मक
- मुग्लिन–काठमाडांै सडक खण्डको विद्यमान सडकलाई बढाउन सक्ने सम्भावना नदेखिएपछि त्रिशुली पारी नयाँ सडक बनाउनेबारे सम्भाव्यता अध्ययन गरिनेछ
- दुई लेन सडक थप गर्न प्रतिकिलोमिटर १५ देखि २० करोड रुपैयाँ लाग्ने अनु्मान गरिएको छ
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं २९, भदौ
सरकारले सवारी चाँप बढी हुने मुलुकका तीन ओटा ठूला राजमार्गलाई चार लेनमा स्तरवृद्धि गर्ने भएको छ । सडक विभागमार्फत काक्डभिट्टा–बुटवल, नारायणघाट–काठमाडौं र मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनका रूपमा स्तरोन्नी गर्ने योजना बनाएको छ । विश्व बैङ्क, एसियाली विकास बैङ्क र मिलिनियम च्यालेञ्ज को–अपरेशन (एमसीसी) गरी तीन ओटा दाता संस्थाबाट लगानीको आश्वासन पाएपछि सरकारले सडक विभागमार्फत यी सडकको स्तरोन्नती गर्ने योजना बनाएको विभागका महानिर्देशक माधव कार्कीले जानकारी दिए । यी संस्था सडक आयोजनामा लगानीका लागि सकारात्मक देखिएकाले योजना कार्यान्वयन हुने कार्कीको भनाइ छ ।
नेपालको सर्वाधिक ट्राफिक चाँप हु्ने सडक खण्ड छनोट गरी पहिलो चरणमा बिस्तारको योजना बनाइएको हो । एक वर्षभित्र सम्भाब्यता अध्ययन पुरा गर्ने र त्यसपछि निर्माणको चरणमा जाने योजनासहित प्रक्रिया अगाडी बढाइएको कार्कीले जानकारी दिए । सरकारको बजेटले ठूलो आयोजना कार्यान्वयन सम्भव नहुने भएकाले दाता संस्थाबाट सहयोग आवश्यक रहेको महानिर्देशक कार्किले बताए ।
विभागको योजनाअनुसार महेन्द्र राजमार्गअन्तर्गत काकडभिट्टादेखि बुटवलसम्म ६ सय किलोमिटर, पोखरा–मुग्लिन ९० किलोमिटर र नारायणघाटदेखि काठमाडौंसम्मको १ सय १० किलोमिटर सडक चार लेनका रूपमा विकसित हुनेछन् । यी सडकको क्षमता वृद्धिको लागि विभिन्न खण्डमा विश्व बैङ्कमार्फत सम्भाव्यता अध्ययन प्रारम्भ भएको कार्कीले जानकारी दिए । ‘मुग्लिन–काठमाडांै सडक खण्डको विद्यमान सडकलाई बढाउन सक्ने सम्भावना देखिएको छैन,’ उनले भने, ‘सो खण्डमा त्रिशुली पारी नयाँ सडक बनाउनेबारे सम्भाव्यता अध्ययन गरिनेछ ।’
यी सडक खण्डमा दुई लेन सडक थप गर्न प्रतिकिलोमिटर १५ देखि २० करोड रुपैयाँ लाग्ने अनु्मान गरिएको छ । सडक बिस्तारका क्रममा सडक खण्डमा पर्ने पुल तथा कलभर्डहरूसमेत बिस्तार हुनेछन् । योजनाबमोजिम काकडभिट्टा–पथलैया, बुटवल नारायणघाट र मुग्लिन–पोखरा प्रथम चरणमा निर्माण हुनेछन् । सम्भावना रहेको स्थानमा ६ लेनसम्म पनि बिस्तार हुने र विभिन्न स्थानमा ‘अण्टरपास’, ‘ओभरपास’को निर्माण गरी आधुनिक प्रविधिमार्फत सडक बिस्तार हुने कार्कीले जानकारी दिए । सडक बिस्तारसँगै बढ्दो ट्राफिक व्यवस्थित गर्न सहयोग पुग्ने र दूर्घटना कम हुने अपेक्षा गरिएको छ ।
shar.es/17XkB2

Comments
Post a Comment