April 12, 2015
बजार अंश बढाउने निगमको लक्ष्य असफल
- अनुदानका ‘फिर्ता गर्ने’ र थप जहाज ‘नभित्र्याउने’
चैत २८, काठमाडौं । उच्च महत्त्वाकाङ्क्षासहित चीनबाट भित्र्याइएका दुईओटा जहाजबाट घाटामात्र भएपछि सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (एनएसी) अनुदानमा प्राप्त जहाज फिर्ता गर्ने र खरीद सम्झौता भएका थप चारओटा जहाजसमेत नल्याउने मनस्थितिमा पुगेको छ । प्राविधिक समस्याका कारण पटकपटक ग्राउण्डेड भइरहने जहाजको मर्मतका लागि निगमलाई जहाज उपलब्ध गराउने कम्पनी एभिक इण्टरनेशनलबाट राम्रो ‘रेस्पोन्स’ नपाउँदा निगमले ठूलो घाटा बेहोर्न बाध्य भएपछि एनएसी यस्तो मनस्थितिमा पुगेको बताइएको छ ।
निगमले गत साता एभिकलाई पत्र पठाउँदै अनुदानमा प्राप्त जहाजमा देखिएको समस्या सुधार नभए थप जहाज ल्याउनेबारे पुनर्विचार गर्ने बताएको छ । निगमले आन्तरिक उडानका लागि चीनबाट जहाज भित्र्याउँदै व्यापार अंश वृद्धि गर्ने लक्ष्य राखेको थियो । अनुदानमा प्राप्त यी दुई जहाजबाट योजनाअनुसार सफलता प्राप्त नभएपछि निगमको सो लक्ष्य असफल हुने देखिएको छ ।
निगमले यी दुई मोडलका जहाजबाट सोचेजस्तो उपलब्धि नभएकोबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समेत जानकारी गराएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । अनुदानमा प्राप्त दुई जहाज र ल्याउन बाँकी थप चारओटा जहाजबारे के गर्ने भन्नेबारे मन्त्रालयले निर्णय गर्ने बताइएको छ ।
निगमका अनुसार चीन सरकारबाट अनुदानमा प्राप्त दुई छुट्टाछुट्टै मोडलका जहाजमा गुणभन्दा बढी दोष पाइएका छन् । गत वैशाख १४ गते काठमाडौं अवतरण गरेको पहिलो जहाज एमए ६० १ वर्षमा ३ महीनाभन्दा बढी ग्राउण्डेड भएको छ । सो जहाज अहिले पनि ग्राउण्डेड अवस्थामै छ । पटकपटक ग्राउण्डेड भइरहने, कम्पनीले छिटो रेस्पोन्स नगर्ने र अत्यधिक बीमा दरका कारण पनि निगमले यी जहाजबाट निरन्तर घाटा बेहोर्नु परेको प्रवक्ता शर्माले बताए ।
अनुदानमा प्राप्त दोस्रो जहाज ‘वाई १२’ मा भने प्रारम्भमा प्रपोजल पठाउँदा उल्लेख भएको उडान तौल र वास्तविक तौलमा फरक देखिएको छ । निगमका अनुसार चीनले प्रारम्भमा सो जहाज १८ सीट क्षमताको हुने बताएको थियो । तर, सो जहाज प्रारम्भमा बताइएको तौलभन्दा झण्डै २ सय किलो बढी पाइएको छ । सोहीकारण निगमले एकपटकमा पूर्ण क्षमतामा सो जहाज उडाउन सक्दैन । एक उडानमा २ सय किलो बराबर तीन जनासम्म यात्रु सङ्ख्या घटाएर खाली सीट उडाउनु परिरहेको निगम स्रोतको भनाइ छ । दुर्गम क्षेत्रका विमानस्थलमा उडान गर्ने उद्देश्यसहित भिœयाइए पनि उडान तौलमा समस्या आएपछि निगमले जहाजबाट सुगम गन्तव्य (पोखरा)मा मात्र उडान गरिरहेको छ ।

Comments
Post a Comment