March 5, 2015
दुर्घटनाबाट बचाउन पाइलटको साहसिक भूमिका
फागुन
२०, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पछिल्लो ३ महीनाभित्र
अन्तरराष्ट्रिय उडानका दुई विमान ठूलो दुर्घटनाबाट बचेका छन् । बुधवार
टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको ‘टीके ७२६’ विमान
आकस्मिक अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ । यसअघि गत पुस १४ गते
भारतको मुम्बईबाट काठमाडौं आइरहेको जेट एयरवेजको विमान सोही विमानस्थल नजीक
आइपुग्दा चरासँग ठोक्किएपछि आकस्मिक अवतरण गरिएको थियो । सो समय विमानमा
आगो लाग्दालाग्दै पाइलटले सकुशल अवतरण गर्न सफल भएका थिए । दुवै विमान
पाइलटको साहसिक निर्णयका कारण ठूलो दुर्घटनाबाट बचेको प्रारम्भिक अध्ययनले
देखाएको छ ।
नेपालको एभिएशन क्षेत्रलाई यूरोपेली युनियनले कालो सूचीमा राखिरहेकै समयमा अन्तरराष्ट्रिय स्तरमा ठूलो आलोचना हुन सक्ने सम्भावनाबाट समेत नेपाल बच्न सफल भएको छ । नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलको स्तर र सेवासुविधालाई लिएर अन्तरराष्ट्रिय स्तरमा नकारात्मक आलोचना हुने गरेको छ ।
उद्धारका लागि विमानस्थलको अग्रिम तयारी
पहिलोपटकको अवतरण प्रयासमा सफल नभएको टर्किस एयरलाइन्सको आकस्मिक अवतरणका लागि बुधवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले अग्रिम तयारी गरेको थियो । सो क्रममा विमानले ७ फन्का लगाइसकेपछि अवतरण प्रयास गरेको थियो । त्यसबीचमा विमानमा गडबड भएको अनुमानसहित विमानस्थलले उद्धार टोली र अग्नि निवारण सेवालाई तयारी अवस्थामा राखेको थियो । विमानस्थलको चुस्त तयारीका कारण विमानमा कम क्षति पुगेको यात्रुहरूले प्रतिक्रिया दिएका छन् ।
दुर्घटनाबारे प्राविधिक अध्ययन हुन्छ : टर्किस एयरलाइन्स
टर्किस एयरलाइन्सले दुर्घटनामा एकजना सामान्य घाइते हुनुबाहेक आप्mनो विमानमा सवार सबै (१ जना नवजातसहित २ सय २३ यात्रु र ११ जना चालक दलका सदस्य) यात्रु सकुशल रहेको पुष्टि गरेको छ । विमान रनवेबाट बाहिर निकाल्न प्रारम्भिक काम शुरू भइसकेको भन्दै एयरलाइन्सले प्राविधिक अध्ययनपछि दुर्घटनाको कारण स्पष्ट हुने बताएको छ ।
सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न एक समिति गठन गरेको छ । पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठित समितिमा पाइलट बीएम अमात्य, नेपाल एयरलाइन्सका इञ्जिनीयर चूडामणि बस्याल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य छन् ।

Comments
Post a Comment