April 13, 2015
०७१ सालमा नेपाली पर्यटन क्षेत्र विवादै विवादमा रह्यो । नेपाल पर्यटन
बोर्डमा भ्रष्टाचार भएको आरोपमा २०७१ साल वैशाखबाट शुरू भएको आन्दोलनको
उपलब्धिस्वरूप अन्नतः चैत महीनामा अख्तियार दुरुपयोग अनुसन्धानले
दर्जनौंविरुद्ध मुद्दा दायर गर्यो । नेपाल पर्यटन बोर्डको भ्रष्टाचार
काण्डमा पर्यटन क्षेत्रका अधिकांश सरोकारवाला निकायका नेतृत्वहरू मुछिएपछि
वर्षको अन्त्यमा यी निकाय नेतृत्वविहीन बन्न पुगे । पर्यटन बोर्डको विवाद
केन्द्रमा रहेकै अवस्थामा सरकारले पर्यटन उद्योग महाशाखालाई खारेज गर्दै
पर्यटन विभाग खडा गर्न बाध्य भयो भने निजीक्षेत्रका सरोकारवाला
सङ्घसंस्थाको संयुक्त प्रतिनिधित्व गर्ने ‘संयुक्त पर्यटन समन्वय समिति
(जेटीसीसी)’को जन्म भयो ।
पर्यटन बोर्ड काण्ड, नेपाली वायुसेवा यूरोपेली युनियनको कालोसूचीमा यथावत्
रहनु, टर्किस एयरको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा
दुर्घटनाग्रस्त भएपछि चार दिनसम्म अन्तरराष्ट्रिय हवाई सम्पर्क टुट्नु,
नेपाल वायुसेवा निगममा मन्त्री र व्यवस्थापनको विवादका बीच महाप्रबन्धकको
राजीनामा आउनु, अन्नपूर्ण क्षेत्र र मनाङ–मुस्ताङमा हिमपातका कारण विदेशी
पर्यटक र नेपाली सहयोगीको निधन, सगरमाथा हिमपहिरोमा १६ जना नेपाली शेर्पाको
निधनजस्ता प्रकरणले यस वर्ष पर्यटन क्षेत्र उत्साहजनक रहन सकेन ।
यस वर्ष नेपालका सबै क्यासिनो अवैध घोषित भएसँगै क्यासिनोबाट हुने आम्दानी गुम्यो भने क्यासिनो खेल्न आउने पर्यटकको सङ्ख्या घट्यो । यसको असर समग्र पर्यटन आगमनमा पर्न गयो । फलस्वरूप सन् २०१४ मा हवाई मार्ग प्रयोग गरी नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी देखिएको छ ।
यस वर्ष नेपालका सबै क्यासिनो अवैध घोषित भएसँगै क्यासिनोबाट हुने आम्दानी गुम्यो भने क्यासिनो खेल्न आउने पर्यटकको सङ्ख्या घट्यो । यसको असर समग्र पर्यटन आगमनमा पर्न गयो । फलस्वरूप सन् २०१४ मा हवाई मार्ग प्रयोग गरी नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी देखिएको छ ।

आतिथ्य सत्कारमा लगानी थपिँदै
यस वर्ष होटल उद्योगले नेपालमा लगानीयोग्य वातावरण बन्दै गएको सकारात्मक सन्देश प्रवाह गर्न सफल रह्यो । यसबीचमा कतिपय अन्तरराष्ट्रिय चेन होटलहरूले नेपाल आउने घोषणा गरे भने कतिपय होटलको निर्माण आरम्भ भयो । यसअघि नै निर्माणको घोषणा भएका शेराटन काठमाडौं होटल (कान्तिपथ), अलफ्ट काठमाडौं, ठमेल तथा मारियोट फेरफिल्ड होटल (ठमेल)को निर्माण दु्रत गतिमा अगाडि बढ्यो ।
यस वर्ष थप केही नयाँ अन्तरराष्ट्रिय चेन होटलले नेपालमा सेवा विस्तारको घोषणा गरे । त्यसमध्ये भारतका लीला ग्रूप र लर्ड्स होटल एण्ड रिसोर्ट प्रमुख हुन् । थाइल्याण्डको दुषित थानी पब्लिक लिमिटेडले दरबारमार्गस्थित अन्नपूर्ण होटलको व्यवस्थापन लिने योजनाको घोषणा यसै वर्ष ग¥यो । होटल सङ्घ नेपाल (हान)ले आफ्ना क्षेत्रीय च्याप्टरहरूको सक्रियतामा भारतमा पर्यटन प्रवद्र्धन केन्द्रित गर्ने तथा पर्यटन भिजन–२०२० पूरा गर्न राष्ट्रिय सम्मेलनमार्फत श्वेतपत्र जारी गर्ने तयारी पनि यस वर्ष होटल उद्योगमा देखिएका केही सकारात्मक पक्ष हुन् ।
‘एभिएशन’मा थोरै आशा, धेरै निराशा
टर्किस एयरलाइन्सको विमान दुर्घटनापछि मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल लगातार ४ दिनसम्म ठप्प भएपछि नेपाली पर्यटन र एभिएशन क्षेत्रबारे नकारात्मक टिकाटिप्पणी भए । यसबाट दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा केही दबाब पनि सृजना ग¥यो । तर, यस घटनापछि नेपाल आउन तयार भएर बसेका सयौं पर्यटक र वैदेशिक रोजगारीमा जाने र आउने हजारौं नेपालीले सास्ती भोग्नुप¥यो । यसअघि भैरहवास्थित गौतम बुद्ध विमानस्थलको शिलान्यास भई कार्य प्रारम्भ हुनु, पोखरामा क्षेत्रीय विमानस्थल निर्माणका लागि ऋण सम्झौताको तयारी तथा बारामा प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थलको चारकिल्ला तोक्ने मन्त्रिपरिषद्को निर्णयलाई उड्डयन क्षेत्रका सकारात्मक प्रगतिको रूपमा लिन सकिन्छ ।
यस वर्ष नेपालको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय उडानका लागि एयरबस कम्पनीको ब्राण्ड न्यू विमान भिœयायो । त्यससँगै निगमले आफ्ना गुमेका कतिपय गन्तव्यमा पुनः उडान थालिसकेको छ । तर, आन्तरिक उडानका लागि चीनबाट अनुदानमा प्राप्त दुईओटा एयरक्राफ्ट पटकपटक ग्राउण्डेड भएपछि निगमको छवि यस वर्ष पनि उकासिन सकेन । सोहीकारण सहुलियत ऋणमा चीनबाट प्राप्त हुने थप चार विमानको ‘डेलिभरी’ रोकिएको छ । निगमले यसै वर्ष दशवर्षे रणनीतिक योजना बनाउँदै अगाडि बढ्ने योजना बनाएको थियो । नयाँ विमान प्राप्त नभएपछि सो योजना असफल हुने भएको छ ।
यस वर्ष केही नयाँ विदेशी एयरलाइन्स कम्पनीले नेपालमा सेवा विस्तार गरे । मलेसियाको मालिन्दो एयर र चीनको सिचुआन एयरलाइन्सले उडान थालिसकेका छन् भने नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानीमा स्थापित हिमालयन एयरलाइन्सले चीनको ल्हासामा उडान प्रारम्भ गर्ने तयारी गरिरहेको छ । आन्तरिक उडानमा नयाँ कम्पनीका रूपमा सौर्य एयरलाइन्सले उडान प्रारम्भ गर्यो भने गोमा एयर, श्री एयर, मनाङ एयर र सिम्रिक एयरले एयरक्राफ्ट थप गरे ।
अलपत्र पर्यटन भिजन–२०२०
सरकारले घोषणा गरेको भिजन–२०२० अलपत्र अवस्थामा छ । सरकारले भिजन–२०२० मार्फत सन् २०२० सम्म वार्षिक २० लाख पर्यटक भिœयाउने योजना बनाएको थियो । तर, ठोस योजनाविनै घोषित यो लक्ष्य कठिन हुने व्यवसायीहरूले आशङ्का थालिसकेका छन् ।
१० वर्षे गुरुयोजना बन्दै
सरकारले सन् २०२४ सम्म वार्षिक २५ लाख पर्यटक भिœयाउने लक्ष्यसहित १० वर्षे पर्यटन गुरुयोजना तयार पारिरहेको छ । सो अवधिभित्र पर्यटन क्षेत्रबाट अहिले भइरहेको आम्दानीलाई दोब्बरले बढाउने सरकारको लक्ष्य छ । यस गुरुयोजनाको पहिलो ५ वर्षलाई पर्यटन रणनीतिक कार्ययोजना नाम दिइएको छ । कार्ययोजनाको लक्ष्य भिजन–२०२० पूरा गर्ने रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।
Comments
Post a Comment