April 17, 2015
वैशाख ३, काठमाडौं । टेलिकम्युनिकेशन, जलविद्युत्, रियल इस्टेटलगायत विविध
क्षेत्रमा लगानी गर्दै आएको मुक्तिश्री प्रालिले पाँचतारे होटल निर्माण
प्रक्रिया थालेको छ । सन् २०१३ को अन्त्यतिर राजधानीमा पाँचतारे होटल
निर्माण गर्ने घोषणा गरेको प्रालिले मुक्तिश्री हस्पिटालिटी प्रालिका नाममा
उद्योग विभागमा २ साताअघि होटल दर्ता गराएको हो । ५ अर्ब रुपैयाँ लगानी
गर्ने लक्ष्यसहित दर्ता भएको होटलमा २ सय ५० बेड तथा २ सय ५० सीट क्षमताको
रेष्टुराँ निर्माण हुने कम्पनीद्वारा विभागलाई उपलब्ध गराइएको विवरणमा
उल्लेख छ ।
काठमाडौं महानगरपालिका ओडा नं. ५ मा होटल सञ्चालनमा ल्याउने गरी कम्पनीले विभागमा दर्ता गराएको छ । कम्पनीले यसअघि सन् २०१६ को अन्त्यसम्म सेवा प्रारम्भ हुने गरी पाँचतारे होटल निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो । होटलमा ६ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने बताइएको छ ।
पछिल्लो समय नेपालको आतिथ्य उद्योगमा व्यापारिक घरानाबाट ठूलो परिणाममा लगानी आइरहेको छ । यसअघि घोषणा भएका कतिपय घरानाले अहिले होटल परियोजना निर्माण गरिरहेका छन् भने कतिपय निर्माणको तयारीमा छन् । एमएस ग्रूप, चौधरी ग्रूप, सोल्टी होटल लिमिटेड, सेञ्चुरी ग्रूप (दुगड)जस्ता ठूला व्यापारिक घरानाले होटल निर्माण शुरू गरिसकेका छन् ।
व्यापारिक समूहले उपत्यकाभन्दा बाहिरका सम्भावित पर्यटकीय गन्तव्यलाई लक्षित गर्दै ठूला होटल परियोजना सञ्चालनमा ल्याउँदै छन् । चौधरी ग्रूपले चितवनको मेघौलीमा ‘जिङ्क जर्नी’ नाममा रिसोर्ट निर्माण गरिरहेको छ । ग्रूपले सन् २०१५ भित्र सञ्चालनमा ल्याउने गरी सो परियोजनाको काम भइरहेको बताएको छ । अहिले अन्तरराष्ट्रिय हस्पिटालिटी ब्राण्ड जिङ्क जर्नीबाट पनि सो होटलको प्रचार शुरू भइसकेको छ ।
सोल्टी होटल लिमिटेडले सोल्टी हस्पिटालिटी नामक सहायक कम्पनीमार्पmत नेपालगञ्जमा चारतारे होटल निर्माण शुरू गरिसकेको छ । उता, सेञ्चुरी ग्रूपले पनि विराटनगर र धरानमा ठूला होटल परियोजनाको भौतिक पूर्वाधार निर्माण शुरू भएको बताएको छ । एमएस ग्रूपले भने राजधानीको नक्साल र ठमेलमा ठूला होटल निर्माण गरिरहेको छ ।
पर्यटन क्षेत्रमा ठूलो सम्भावना देखेका व्यापारिक समूह आतिथ्य उद्योगमा आकर्षित हुनु सकारात्मक रहेको होटल व्यवसायीहरूले बताउँदै आएका छन् । निकट भविष्यमा नेपालमा ठूलो सङ्ख्यामा होटल र बेडको सङ्ख्या बढ्ने निश्चित भएसँगै पर्यटक आगमन सङ्ख्यासमेत वृद्धि गर्नुपर्ने र त्यसका लागि राज्यको सक्रियता जरुरी रहेको उनीहरूको भनाइ छ ।

Comments
Post a Comment