April 17, 2015
अत्याधुनिक बनिसकेको काठमाडौंमा परम्परागत नेवारी शैलीका घर देख्न
मुस्किल बन्दै गएको छ । तथापि, शहरका भित्री भागमा अझै पनि केही यस्ता
परम्परागत
शैलीमा बनाइएका घर भेटिन्छन्, जसले शहरको शोभा बढाइरहेका छन् । यतिमात्र
होइन, यस्ता घरहरूलाई पछिल्लो समय विभिन्न व्यावसायिक
उद्देश्यका लागि पनि उपयोगमा ल्याउन थालिएको छ । ललितपुरको बखुण्डोलस्थित एक परम्परागत शैलीमा निर्मित घरलाई नमूनाका रूपमा लिन सकिन्छ, जहाँ घरको प्रारम्भिक स्वरूपलाई यथावत् राखी रेष्टुराँ सञ्चालनमा ल्याइएको छ । सो घरबाट ‘दि इण्ट्रान्स क्याफे’ले विगत ३ वर्षदेखि मल्टीकुजिन स्वाद
पस्किरहेको छ ।
कुपण्डोल हुँदै पुल्चोक जाने मुख्य बाटोबाट अगाडि बढ्दै गर्दा एउटा गल्ली बखुण्डोलतर्फ मोडिएको छ, सोही बाटोतर्फ मोडिएर ५० मिटर पर पुगेपछि दि इण्ट्रान्समा पुग्न सकिन्छ । इण्टेरियर स जावटमा प्रायः काठ प्रयोग गरिएको घरभित्र एकसाथ १ सय २० जनासम्म बसेर खान सक्छन् । रेष्टुराँमा नेपाली, चाइनिज, इण्डियन, इटालियन र कण्टिनेण्टल व्यञ्जन उपलब्ध छन् । जसलाई २ सयभन्दा बढी आइटमका रूपमा इण्ट्रान्सको मेनुमा सजाइएको छ ।
चिनियाँ परिकारमा नेपाली आकर्षण
नेपाली स्वादसँग मिल्दोजुल्दो भएको कारणले हुनुपर्छ, रेष्टुराँका ग्राहकले चिनियाँ परिकारहरू बढी रुचाएका छन् । चिनियाँ सससहित चिनियाँ सामग्रीमा चिकन मिलाएर तयार पारिने ‘सिचुआन चिकन’ रेष्टुराँमा सबैभन्दा बढी रुचाइएको परिकार हो । यसलाई ‘राइस’सँगै प्रस्तुत गरिन्छ । मसरुम मिसाइएको ‘ग्रिन पाक चोइ’लाई पनि राइससँगै प्रयोग गर्न सकिन्छ । ‘चाइनिज चिकन चिल्ली’, ‘स्पाइसी होल फिस’जस्ता परिकार पनि नेपाली रेष्टुराँप्रेमीबीच लोकप्रिय छ । सबै स्वादमा सुप, सलाद, मेन कोर्षबाहेक खाजाका लागि ‘वर्गर’, ‘पिजा’, ‘रोटी’, ‘मःमः’, ‘फ्राइड राइस’, ‘नुडल’ नेपाली थालीजस्ता परिकारसमेत रेष्टुराँको मेनुमा समेटिएको छ ।
‘ब्रेकफाष्ट’, ‘लञ्च’ र ‘डिनर’ एकै स्थानमा
बिहान ८ बजेदेखि अर्डर लिन शुरू गर्ने इण्ट्रान्स राति ११ बजेसम्म सञ्चालनमा रहन्छ, जहाँ तपार्इंले बिहानको खाजादेखि रातिको खानासम्म प्राप्त गर्न सक्नुहुन्छ । राष्ट्रिय–अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका कार्यालयबीचमा पारेर खोलिएको रेष्टुराँका नियमित ग्राहक ती संस्थामा कार्यरत कर्मचारी तथा व्यावसायिक व्यक्तित्वहरू रहेको इण्ट्रान्सकी सेल्स एण्ड मार्केटिङ निर्देशक पूर्णिमा श्रेष्ठ बताउँछिन् । यस रेष्टुराँमा एक जना ग्राहकले औसत २ घण्टा बिताउँछन्, सो अवधिमा निःशुल्क वाइफाई, सुमधुर सङ्गीतसँगै वातावरण अनुकूलित सेवा उपयोग गर्न सकिन्छ ।

फाइन डाइनिङ ‘नो स्मोकिङ जोन’
तीनओटा तलामा फैलिएको रेष्टुराँको सबैभन्दा तल्लो तलामा बार निर्माण गरिएको छ, जहाँ २० जनासम्म एकसाथ बस्न सक्ने क्षमता छ । बारमा स्वदेशी तथा विदेशी ब्राण्डका पेय पदार्थ सजाइएका छन् । रेष्टुराँले सबै प्रकारका ‘मोर्डन कक्टेल’सहित ग्राहकको रुचिअनुसार कक्टेल–मक्टेल उपलब्ध गराउँछ । बारकै अगाडि बगैंचामा बसेरसमेत पेय पदार्थसँगै परिकारमा रमाउन सकिन्छ । दोस्रो तलास्थित फाइन डाइनिङलाई ‘नो स्मोकिङ जोन’ भनेर छुट्ट्याइएको छ । बालबच्चा र परिवारका साथ आउने ग्राहकका लागि सो स्थान उपयुक्त छ । रेष्टुराँले इण्डियन प्रिमियर लीग तथा इङ्लिङ प्रिमियर लीगका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न प्रत्येक तलामा ठूलो पर्दाको व्यवस्थासमेत गरेको छ । रेष्टुराँले आमाको मुख हेर्ने दिन शनिवारका लागि आमासँगै आउने ग्राहकका लागि २५ प्रतिशत छूट दिने बताएको छ ।
इभेण्टवेश गन्तव्य
इण्ट्रान्स क्याफे विभिन्न साङ्गीतिक प्रस्तुति तथा अन्य इभेण्ट आयोजना गर्नेबीच बढी परिचित छ । नयाँ वर्षलगायत उत्सवका अवसरमा विभिन्न इभेण्ट
आयोजक संस्थाले यस क्याफेलाई प्रमुख गन्तव्य बनाउँदै आएका छन् । यहाँ हरेक शुक्रवार ‘लाइभ म्युजिक’को आयोजना हुन्छ । तीनओटा सभाहल उपलब्ध क्याफेको सबैभन्दा ठूलो हलमा १ सयभन्दा बढी अटाउन सक्ने क्षमता छ । अन्य दुईओटा हलमा भने २० देखि ३० जनासम्म अटाउन सक्छन् । इभेण्ट आयोजना गर्दा खाना रेष्टुराँमा नै अर्डर गरी बूक गरिएको हलका लागि छुट्टै भाडा तिर्नुपर्दैन । आउटडोर क्याटरिङको सुविधासमेत उपलब्ध गराउने रेष्टुराँले नेवारी समुदायले आयोजना गर्ने भोजका अवसरमा आवश्यक पर्ने परम्परागत परिकारसमेत जुटाइदिने गर्छ ।

शब्द : अच्युत पुरी
तस्वीर : सुनिल सी बज्राचार्य
Comments
Post a Comment