March 12, 2015
नाट्को फर्माले गर्यो विश्वमै पहिलोपटक नेपालका लागि ‘लञ्च’
फागुन
२७, काठमाडौं । भारतीय कम्पनी नाट्को फर्माले ‘हेपाटाइटिस सी’
रोगविरुद्धको एक महँगो औषधि विश्वमै सर्वप्रथम नेपालबाट विक्री प्रारम्भ
गर्ने भएको छ । नाट्कोले अघिल्लो साता अमेरिकी कम्पनी ‘गिलियड
साइन्स’द्वारा उत्पादित सो औषधि नेपालजस्ता विकासशील ९१ ओटा मुलुकमा
विक्रीका लागि ‘स्वैच्छिक लाइसेन्स सम्झौता’ गरेको थियो । सम्झौतापछि गत
सोमवार नाट्कोले एक विज्ञप्ति जारी गर्दै औषधिको नेपालबाट सर्वप्रथम विक्री
प्रारम्भ गर्ने घोषणा गरेको हो ।
नाट्कोले ‘हेप्सिन्याक्ट’ ब्राण्ड नाम राखिएको सो औषधि नेपालमा विक्रीका लागि सार्वजनिक गरेको जानकारी दिएको छ । सो औषधिको २८ ओटा ट्याब्लेट ३ सय अमेरिकी डलर (झण्डै ३२ हजार रुपैयाँ)मा विक्री गर्ने कम्पनीको योजना छ । नेपालमा ‘लञ्च’ गरेको पहिलो चरणमै ७ करोड भारतीय रुपैयाँ आम्दानी गर्ने उक्त कम्पनीको लक्ष्य छ । सम्झौताअनुसार आम्दानीको ७ प्रतिशत रोयल्टी औषधि निर्माता कम्पनीलाई बुझाउनुपर्ने हुन्छ ।
नाट्कोले भारतमा भने औषधि विक्रीका लागि अझै अनुमति पाइसकेको छैन । नाट्कोसहित ६ ओटा कम्पनीले सो औषधि विक्रीका लागि ‘ड्रग कण्ट्रोलर अफ इण्डिया’बाट अनुमति पर्खिरहेको बताइएको छ । त्यसमध्ये नाट्कोले नेपालका लागि हेपाटाइटिस सीविरुद्धको औषधि सर्वप्रथम लञ्च गर्दै सोऔषधि विक्री गर्ने पहिलो भारतीय कम्पनी बनेको भारतीय स्टक एक्सचेञ्जले उल्लेख गरेको छ ।
नेपाललगायत मुलुकमा गिलियड साइन्सका विभिन्न उत्पादन ‘एलएफ एशिया’नामक कम्पनीले समेत उपलब्ध गराउँदै आएको छ । बढ्दो बजार सम्भावना देखेका कम्पनीहरूले नेपालमा विभिन्न रोगका महँगो मूल्य पर्ने औषधि विक्री गर्दै आएका छन् । अधिकांश भारतीय कम्पनीले औषधि विक्रीका लागि नेपाललाई सम्भावित बजारका रूपमा लिने गरेको पाइएको छ । नेपालमा औषधि विक्री गर्नुपूर्व कुनै पनि विदेशी कम्पनीको उत्पादनले समेत विश्व स्वास्थ्य सङ्गठनद्वारा निर्धारण मापदण्ड पूरा गरेको हुनुपर्छ ।
नेपाली औषधि बजारको ठूलो अंश अझै पनि विदेशी उत्पादनमा निर्भर छ । व्यवसायीहरूका अनुसार स्वदेशी उत्पादनले औषधिको कुल मागको ४० प्रतिशत अंश मात्र पूरा गर्न सकेको छ । सोहीकारण जटिल प्रकारका रोगविरुद्ध प्रयोग हुने विभिन्न औषधि नेपालमा आयात गर्नुपर्ने बाध्यता छ । औषधि निर्माता सङ्घ नेपालका अनुसार ५० ओटा कम्पनीले स्वदेशी औषधि उत्पादन गर्दै आएका छन् । त्यसमध्ये ३२ कम्पनीले मात्र ‘डब्लूएचओ–एएमपी’ मान्यताप्राप्त गरेका छन्

Comments
Post a Comment