April 21, 2015
नगरकोटमा लक्जरी रिसोर्ट सञ्चालनको तयारी
वैशाख
७, काठमाडौं । थाइल्याण्डको बहुराष्ट्रिय हस्पिटालिटी कम्पनी ‘इपिकुरियन
होटल्स एण्ड लाइफस्टाइल’ले नेपालमा यसै वर्षदेखि लक्जरी रिसोर्ट सञ्चालन
गर्ने भएको छ । इपिकुरियनले पहिलोपटक नेपालमा सेवा विस्तार गर्ने क्रममा
पर्यटकीय स्थल भक्तपुरको नगरकोटमा सुविधासम्पन्न लक्जरी रिसोर्ट सञ्चालनमा
ल्याउँदै छ । सो रिसोर्ट ‘द लिफ नगरकोट’ नाममा सञ्चालनमा आउने बताइएको छ ।
कम्पनीका अनुसार सन् २०१५ को अन्त्यसम्म सेवा प्रारम्भ गर्ने गरी अहिले
रिसोर्ट निर्माणको काम भइरहेको छ ।
इपिकुरियनले १ वर्षअघि नै नेपालमा रिसोर्ट सञ्चालन गर्ने घोषणा गरेको
थियो । कम्पनीले तयार गरेको प्रतिवेदनअनुसार रिसोर्टको अनुमानित लागत रू.
५८ करोड रहेको छ । काठमाडौंबाट नजीकको पर्यटकीय गन्तव्य हुनुका साथै
स्वदेशी तथा विदेशी पर्यटक बढी पुग्ने सो स्थानमा अत्याधुनिक
सेवासुविधासहित रिसोर्ट सञ्चालन हुन लागेको हो ।
पातको आकारमा निर्माण गर्ने डिजाइन तयार पारिएका कारण रिसोर्टलाई ‘द लिफ नगरकोट’ नाम दिइएको हो । रिसोर्टमा ३५ देखि ४२ ओटा भिल्ला र ६५ ओटा कोठा रहने छन् । ती भिल्लालाई ‘फरेष्ट’, ‘स्काई’, ‘ट्यारेस’ र ‘डिलक्स’ गरी चारओटा डिजाइनमा वर्गीकरण गरिएको छ । रिसोर्टमा स्वीमिङ पुल, सभाहल, स्पा र आयुर्वेदिक मसाज, अग्र्यानिक कुकिङ क्लासजस्ता सुविधासँगै माउण्टेन बाइकिङ, माउण्टेन टे«किङ, हर्स राइडिङलगायत सुविधा पनि उपलब्ध गराउने कम्पनीको योजना छ ।
रिसोर्टका भिल्लामा रहने बेडहरू पाँचतारे रिसोर्ट स्तरका हुने बताइएको छ । इपिकुरियन होटल्स एण्ड लाइफस्टाइलले हस्पिटालिटी उद्योगको लगानी, विकास, व्यवस्थापन, विक्री तथा बजारीकरण, फूड एण्ड बेभरेजलगायत क्षेत्रमा विभिन्न सेवा उपलब्ध गराउँछ । कम्पनीले थाइल्याण्ड र नेपालबाहेक भारत, माल्टा, माल्दिभ्स, श्रीलङ्का, सिङ्गापुर, हङ्कङलगायत स्थानमा पनि सेवा विस्तारगरिरहेको छ । कम्पनीले न्यूजिल्याण्डमा समेत सेवा विस्तारको योजना बनाइरहेको बताइएको छ ।

Comments
Post a Comment