May 1, 2015
वैशाख १७, काठमाडौं । नेपालका अधिकांश तारे होटल विदेशी उद्धारकर्मी टोलीको
आगमनपछि भरिभराउ भएका छन् । १ दर्जनभन्दा बढी मुलुकका विशेषज्ञ, चिकित्सक,
सुरक्षाकर्मी, सञ्चारकर्मी तथा अन्य गरी सयौंको सङ्ख्यामा उद्धारकर्मी
यतिबेला नेपालमा छन् । नेपालका अधिकांश ठूला होटल उद्धारकर्मीले भरिएको
होटल सङ्घ नेपाल (हान)का महासचिव विनायक शाहले जानकारी दिए । ‘अहिले धेरै
होटलमा कोठा पाउन गाह्रो छ,’ उनले भने, ‘सम्भवतः आगामी २ हप्तासम्म यो
अवस्था रहन्छ ।’ विनाशकारी भूकम्पपछि उद्धार तथा राहतको कार्यक्रम सञ्चालन
हुने दिनसम्म होटलहरूको बिजनेश विदेशी उद्धारकर्मीबाटै हुने भएको छ ।
भ्रमण योजनासहित नेपाल आएका अधिकांश विदेशी पर्यटक भने भूकम्पपछि स्वदेश फर्किसकेका छन् । विभिन्न एजेन्सीमार्फत आएका अधिकांश पर्यटक भूकम्पलगत्तै होटलमा चेकआउट गरी आ–आफ्ना मुलुकको दूतावासको सम्पर्कमा गएका थिए । पर्यटक फर्किएलगत्तै नेपाल आएका विदेशी उद्धारकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले होटल भरिभराउ भएका हुन् ।
होटल व्यवसायीहरू प्राकृतिक विपत्तिका कारण उत्पन्न असामान्य परिस्थिति सामान्य बन्दै गएपछि नेपालमा पुनः पर्यटन व्यवसाय स्थापित गराउन सक्रिय हुने भएका छन् । भूकम्पपछि पनि नेपालका अधिकांश तारे होटलको भौतिक संरचनामा क्षति नपुगेको र सामान्य क्षति पुगेको संरचना उद्धार कार्य सञ्चालन हुने समयसम्ममा मर्मत सकेर सहज अवस्थामा ल्याउने व्यवसायीहरूको योजना छ । ‘ठूलो भूकम्पपछि स–साना धक्का आइरहेको समयमा अन्तरराष्ट्रिय प्रचलनअनुसार पनि पर्यटकलाई होटलका कोठामा सुताउनु हुँदैन,’ महासचिव शाहले भने, ‘तर, धेरै होटलका संरचना सुरक्षित पाइएका छन् ।’
होटल व्यवसायीहरूले सरकारसँगको समन्वयमा ‘नेपाल भ्रमणका लागि सुरक्षित छ’ भन्दै पर्यटकलाई पुनः नेपाल आगमनमा प्रोत्साहित गर्ने खालका कार्यक्रमको तयारी गरिरहेका छन् । अप्रत्याशित प्राकृतिक विपत्ति आएको र यसको असर सधैंभरि नरहने भन्दै यस्ता विपत्ति भोग्दै आएकै मुलुकबाट सर्वप्रथम पर्यटक भिœयाउने गरी योजना बनाइने हानको भनाइ छ । ‘उद्धार कार्य सकिएलगत्तै नेपालका होटल खाली हुन्छन्, त्यसपछि यस क्षेत्रको ठूलो लगानी डुब्न सक्छ,’ शाहले भने, ‘त्यसैले, वी आर ब्याक इन टु बिजनेश’ भन्ने सन्देश दिने खालका योजना आउनुपर्छ ।’
भूकम्पलगत्तै केही घण्टा होटलको नियमित सेवामा असर पुगे पनि अधिकांश ठूला होटल सामान्य अवस्थामा फर्किसकेका छन् । भूकम्पबाट कतिपय कर्मचारी र उनीहरूका परिवार प्रभावित हुँदा समस्या आए पनि विदेशी सञ्चारमाध्यमले प्रचार गरेजस्तो होटलमा पानी, बिजुलीजस्ता अत्यावश्यक वस्तुको अभाव नरहेको हानले स्पष्ट पारेको छ ।
‘टूरिष्ट हेल्प डेस्क’ स्थापना
होटल सङ्घ नेपालका पदाधिकारी, पूर्वअध्यक्ष तथा नेपालका मुख्यमुख्य होटलका महाप्रबन्धकहरूको बैठकले पर्यटकको सुरक्षाका लागि ‘टूरिष्ट हेल्प डेस्क’ स्थापना गरेको छ । टूरिष्ट हेल्प डेस्कको सेवा हानको प्रधान कार्यालय गैरीधारा र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सङ्घको काउण्टरबाट उपलब्ध हुनेछन् । डेस्कको टेलिफोन नम्बर ४२२८७८७ मा फोन अथवा ९८०१००२००३ मा एसएमएस गरी पर्यटकले आवश्यक सेवा प्राप्त गर्न सक्ने हानले बताएको छ ।

Comments
Post a Comment