अच्युत पुरी
January 29, 2015
मापदण्ड पूरा गर्ने रेष्टुराँलाई ‘हरियो स्टिकर’
माघ
१४, काठमाडौं । नेपालमा सञ्चालित रेष्टुराँको खाद्य गुणस्तर र
सरसफाइसम्बन्धी मापदण्ड तोकिने भएको छ । मापदण्ड पूरा गर्ने रेष्टुराँलाई
‘हरियो स्टिकर’ उपलब्ध गराउने गरी सहकार्य गर्र्नेसम्बन्धमा सरोकारवालाबीच
एक सम्झौता भएको छ । विश्व बैङ्कको समन्वयमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशन
अफ नेपाल (रेवान), खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल एकेडेमी
अफ टूरिजम एण्ड हस्पिटालिटी म्यानेजमेण्ट (नाथम)बीच खाद्यसुरक्षा र
सरसफाइको मापदण्ड कायम गर्न सहकार्य गर्ने सहमति भएको हो ।
‘नेपाली रेष्टुराँमा खाना सरसफाइको स्तर सुधार’ परियोजनाको ‘पाइलट फेज (परीक्षणकाल)’ अन्तर्गत आगामी मार्चसम्म १० ओटा रेष्टुराँमा अध्ययन गरी स्टिकर उपलब्ध गराइने रेवानका कोषाध्यक्ष सम्राट पाण्डेले जानकारी दिए । परियोजनाले नेपालको होटल तथा रेष्टुराँ व्यवसाय र खानामा अन्तरराष्ट्रिय मापदण्ड कायम गर्न सहयोग पुग्ने रेवानको भनाइ छ । ‘नेपाल आउने पर्यटक होटल, रेष्टुराँ या टे«किङ लजमा पुग्छन्, उनले भने, ‘यी सबै क्षेत्रको खानाले अन्तरराष्ट्रिय स्तरको मापदण्ड पूरा गरेको हुनुपर्छ ।’ होटल, रेष्टुराँ तथा लजमा हरियो स्टिकर टाँस्नु अन्तरराष्ट्रिय प्रचलन हो ।
विश्व बैङ्कद्वारा नेपाल आउने पर्यटकसँग लिइएको प्रतिक्रियाका आधारमा तयार तथ्याङ्कमा खाद्य गुणस्तर र सरसफाइबारे धेरै गुनासा पाएपछि मापदण्ड कायम गराउन समन्वयकर्ताको भूमिका निर्वाह गर्न लागेको बताइएको छ ।
सम्झौताअनुसार रेवानले मापदण्ड कायम गराउन क्रमशः आफ्ना सदस्यलाई अभिप्रेरित गर्नेछ । नाथमले तालीम दिने तथा विभागले मापदण्ड पूरा भएपछि स्टिकर टाँस्ने बताइएको छ । मापदण्ड कायम गर्ने अधिकार सीधै सरकारलाई दिँदा धेरै रेष्टुराँ बन्द हुनसक्ने सम्भावना देखेपछि रेवानले विश्व बैङ्कसँगको सहकार्यमा नेतृत्व लिन लागेको हो । मापदण्ड पूरा नगरेका रेष्टुराँलाई निश्चित समय उपलब्ध गराएर मापदण्ड कायम गर्ने अवसर प्रदान गरिने पाण्डेले बताए ।
सन् २०१८ सम्म रेवानमा आबद्ध सबै सदस्यलाई तालीम प्रदान गरी हरियो स्टिकर टास्नयोग्य बनाउने लक्ष्य लिइएको छ । नाथमले रेवान सदस्यलाई खाद्य सरसफाइसम्बन्धी अन्तरराष्ट्रिय मापदण्ड कसरी पूरा गर्ने भन्नेसम्बन्धमा तालीम प्रदान गर्नेछ । रेष्टुराँपछि होटल एशोसिएशन अफ नेपाल (हान)सँगको समन्वयमा होटलमा समेत सोही प्रकारको मापदण्ड लागू गराउन प्रयास गर्ने सरोकारवालाको भनाइ छ ।

Comments
Post a Comment