January 18, 2015
नेपालको प्रतिनिधित्व चौधरी र अग्रवालबाट
- आतिथ्य उद्योगका चुनौतीबारे छलफल
माघ ३, काठमाडौं । दक्षिण एशियाली क्षेत्रमा सेवा दिइरहेका आतिथ्य उद्योगका लागि नेटवर्क र उच्चस्तरीय सम्पर्क स्थापित गर्न महत्वपूर्ण साबित हुँदै आएको ‘होटल इन्भेष्टमेण्ट कन्फरेन्स–साउथ एशिया २०१५’ आगामी अगष्ट दोस्रो साता भारतको नयाँ दिल्लीमा हुने भएको छ ।
संसारकै अग्रणी हस्पिटालिटी कन्सल्टिङ फर्म ‘एभीएस’ले हरेक वर्ष आयोजना गर्ने सो सम्मेलनमा विश्वभरबाट चर्चित होटल सञ्चालकहरू सहभागी हुँदै आएका छन् । ११औंै संस्करणको सम्मेलनमा यस वर्ष नेपालबाट उद्योगपति तथा चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरी, एमएस ग्रूपअन्तर्गतको नेपाल हस्पिटालिटी ग्रूपका प्रबन्ध निर्देशक गौरव अग्रवाल र पे्रmञ्च होटल ग्रूप, एक्करका नेपाललगायत दक्षिण एशियाली निर्देशक सौरभ गुप्ता वक्ताका रूपमा सहभागी हुँदै छन् ।
चौधरी ग्रूपको लगानीमा अहिले चितवनमा ‘सेभेन स्टार’ स्तरको सेवा दिन सक्ने रिसोर्ट निर्माण भइरहेको छ । रिसोर्टमा २७ करोड रुपैयाँ लगानी गर्ने घोषणा ग्रूपले यसअघि नै गरिसकेको छ । सन् २०१५ मध्यसम्म रिसोर्ट सञ्चालनमा ल्याउने चौधरी ग्रूपको योजना छ । एमएस ग्रूपले नेपालमा चारओटा पाँचतारे होटल निर्माण गर्ने घोषणा गरिसकेको छ । त्यसमध्ये दुईओटा होटलको निर्माण कार्य प्रारम्भ भइसकेको छ । थप एउटा निर्माण प्रक्रिया शुरू गर्ने क्रममा ग्रूपले यसै वर्ष उद्योग विभागमा होटल दर्ता गराइसकेको छ । एमएस ग्रूपका होटलहरूलाई अमेरिकी चेन होटल मारियोट इण्टरनेशनलले व्यवस्थापन गर्दै छ ।
विभिन्न चेन होटलका मालिक, लगानीकर्ता, सञ्चालक तथा बैङ्करहरू सहभागी हुने सम्मेलन होटलहरूका लागि नयाँ स्थानमा बजार विस्तारका लागि समेत महत्वपूर्ण रहेको आयोजकको भनाइ छ । सम्मेलनमा आतिथ्य उद्योगका विशेषज्ञबाट यस क्षेत्रको सम्भावना र चुनौतीबारे विस्तृत छलफल हुने कार्यक्रम राखिएको छ । लगानीकर्तालाई नेपालजस्ता सम्भावित बजारमा आकर्षित गर्न सम्मेलन फलदायी हुने एभीएसले उल्लेख गरेको छ । सम्मेलनलाई विश्वप्रसिद्ध चेन ग्रूप हायात, ताज, मारियोट, स्टारउड, ओवराय ग्रूपलगायत दर्जनौं होटलले सहयोग गर्दै छन् ।
वर्षको उत्कृष्ट होटल परियोजनालाई अवार्ड
सम्मेलनका अवसरमा दक्षिण एशियाली क्षेत्रमा पछिल्लो १ वर्षभित्र सञ्चालनमा आएका उत्कृष्ट होटललाई ‘वर्ष होटल’ घोषणा गर्ने कार्यक्रम राखिएको छ । बेष्ट लक्जरी होटल, बेष्ट मिड मार्केट होटल, ‘बेष्ट अपर मिड मार्केट होटल र बेष्ट बजेट होटलका नाममा उत्कृष्ट होटलहरूले अवार्ड प्राप्त गर्नेछन् ।
एभीएसले अवार्डमा प्रतिस्पर्धा गर्न चाहने होटलहरूबाट आगामी फेब्रुअरी १५ भित्र आइपुग्ने गरी आवेदन आह्वान गरेको छ । नेपाललगायत दक्षिण एशियामा नोभेम्बर २०१३ देखि डिसेम्बर २०१४ भित्र सञ्चालनमा आएका होटलले अवार्डका लागि आवेदन दिन सक्नेछन् । अवार्डका लागि अनलाइन भोटिङसमेत हुने बताइएको छ । आयोजकले यस क्षेत्रमा सञ्चालनमा आएको नयाँ होटललाई विश्वस्तरमा परिचित गराउने उद्देश्यले अवार्ड प्रदान गर्दै आएको छ ।

Comments
Post a Comment