January 25, 2015
माघ १० , काठमाडौं । नियमित विदेशी पर्यटक पुग्ने नेपालका ‘बेड एण्ड
ब्रेकफाष्ट’ (बीएण्डबी) क्याटगोरीतर्फ कीर्तिपुरमा सञ्चालित ‘होम स्टे
नेपाल’ लगातार तेस्रो वर्ष उत्कृष्ट घोषित भएको छ । पूर्णतया होम स्टे
अवधारणामा सञ्चालित होम स्टे नेपाललाई त्यहाँ वास बसिसकेका विदेशी पर्यटकले
दिएको अङ्कका आधारमा चर्चित ट्राभल साइट ‘ट्रीप एडभाइजर’ले सन् २०१३ देखि
प्रत्येक वर्ष उत्कृष्ट घोषित गर्दै आएको छ । सोबापत सो होम स्टेले
‘उत्कृष्ट बी एण्ड बी अवार्ड’ प्राप्त गरेको बताइएको छ । ट्रीप एडभाइजरमा
पर्यटकले आपूm पुगेको स्थान र गन्तव्यबारे प्रतिक्रिया लेख्नुका साथै सेवा र
गुणस्तरबारे ‘स्टार’ दिने गरेका छन् ।
‘हामीले सन् २०१४ मा दिएको सेवाका आधारमा यो वर्ष पनि ‘ट्रीप एडभाइजर’बाट अवार्ड प्राप्त गरेका छौं,’ कीर्तिपुर १०, लङ्गोलस्थित होम स्टे नेपालका सञ्चालक बाबुराजा महर्जनले भने । होम स्टे नेपाललाई ट्रीप एडभाइजरसँगै अर्को लोकप्रिय ट्राभल साइट ‘लोन्ली प्लानेट’ले समेत आप्mनो वेबसाइटमार्पmत प्रशंसा गरेको छ । सन् २००४ देखि कीर्तिपुरमा सञ्चालित होम स्टे नेपाल सो क्षेत्रकै पहिलो व्यावसायिक होम स्टे हो । महर्जनका अनुसार सो होम स्टे आन्तरिक पर्यटकबीच भने त्यति परिचित छैन । होम स्टे नेपाल २०६८ सालमा पर्यटन विभाग (तत्कालीन पर्यटन उद्योग महाशाखा)मा समेत दर्ता भई अहिले आधिकारिक रूपमा सञ्चालन भइरहेको छ ।
लामो समयदेखि ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका महर्जन विभिन्न ट्रेकिङ कम्पनी, विदेशी वेबसाइटले गरिदिने प्रचारप्रसार तथा आप्mनो व्यक्तिगत सम्पर्कका आधारमा विदेशी पर्यटकलाई आफ्नो घरसम्म ल्याउन सफल भएका छन् । कीर्तिपुर क्षेत्रमा स्तरीय होटल र लजहरू सञ्चालनमा रहे पनि आफूले विदेशी पर्यटकलाई घरसम्म ल्याउन सकेको महर्जन बताउँछन् । चारओटा कोठासहित होम स्टे सञ्चालन गरेका उनको घरमा एक रातमा १० जनासम्म वास बस्न सक्छन् ।
ट्रेकिङ गाइड हुँदा कमाएको अनुभव र सम्बन्धलाई परिवारको सहयोगमा होम स्टे व्यवसायतर्पm प्रयोग गर्दै आएको महर्जन बताउँछन् । अग्रिम सम्पर्क भई प्याकेजमा आएका पर्यटकलाई उनी आफैले नेपालका विभिन्न गन्तव्यसम्म पुर्याउँदै आएका छन् । ‘ग्रामीण क्षेत्रमा जाँदा म पर्यटकलाई होटलभन्दा स्थानीय घरमै राख्ने व्यवस्था मिलाउँछु,’ उनले भने, ‘यसबाट मजस्तै थप अरू स्वरोजगार बन्न सकून् ।
होम स्टे नेपालले विदेशी पर्यटकका लागि प्रतिरात प्रतिव्यक्ति २५ डलर मूल्य लिने गरेको छ ।
नर’ चिया कुकिजसहित निःशुल्क वाइफाइलगायत सुविधा उपलब्ध गराइन्छ । होम स्टेले स्थानीयस्तरमा उपलब्ध अग्र्यानिक तरकारी तथा घरमै तयार परिकारलाई खानाका रूपमा प्रस्तुत गर्ने महर्जन बताउँछन् । ‘विदेशी साइटहरूले होम स्टे नेपाललाई गर्ने चर्चा मेरो व्यक्तिगत फाइदाका लागि मात्र होइन,’ उनी भन्छन्, ‘यसले पर्यटक आगमनमा पनि योगदान पु¥याउँछ ।’ राजनीतिक खिचातानीका कारण जनवरी महीनामा पर्यटक आगमन उल्लेख्य नरहेको उनले बताए ।
कीर्तिपुरबाट ३ किलोमिटर कच्ची सडकको यात्रापछि उनको घरमा पुग्न सकिन्छ । पछिल्लो समय नेपालमा ‘होम स्टे’ व्यावसायिक रूपमा विकसित भइरहेको छ । देशभर सञ्चालित होमस्टे व्यवसायीहरू अहिले एकै छातामुनि सङ्गठित हुने प्रक्रियामा छन् ।
Comments
Post a Comment