January 22, 2015
माघ ७, काठमाडौं । नेपाल विश्व क्रिकेटको अहिलेसम्मकै सबैभन्दा माथिल्लो
श्रेणी (डिभिजन वान) नजीक पुगेको छ । नामिबियामा जारी आईसीसी वल्र्ड
क्रिकेट लीग डिभिजन टूअन्तर्गत तेस्रो खेलमा आयोजक टोली (नामिबिया)लाई
हराएसँगै नेपाल ऐतिहासिक सफलतातर्फ उन्मुख भएको हो । नामिबियालाई ३ विकेटले
हराएको नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । समान अङ्क भए पनि
नामिबिया राम्रो रनरेटका आधारमा पहिलो स्थानमा छ । प्रतियोगितामा नेपालले
उपाधि दाबेदार मानिएका नामिबियासँगै नेदरल्याण्ड्स र क्यानडाविरुद्ध समेत
प्रभावशाली जित प्राप्त गरेको हो । नेपाल पहिलो खेलमा भने युगाण्डासँग दुई
रनले पराजित भएको थियो । प्रतियोगिताअन्तर्गत लीग चरणमा नेपालले शुक्रवार
केन्याको सामना गर्दै छ । सो खेल जितेमा नेपाल स्वतः डिभिजन वानमा बढुवा
हुनेछ ।
प्रतियोगिताबाट डिभिजन वानमा बढुवा हुने दुई टोलीलाई अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आयोजना गर्ने दुई ठूला सिरिजहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ । आईसीसी इण्टरकण्टिनेण्टल कप (फष्ट क्लास क्रिकेट) र वल्र्ड क्रिकेट लीग च्याम्पियनशिप (वानडे)का नाममा सञ्चालन हुने ती सिरिजमा आयरल्याण्ड, अफगानिस्तान, स्कटल्याण्ड, हङकङ, यूएई, पपुवा न्यूगिनीसमेत प्रतिस्पर्धा गर्नेछन् ।
नामिबियाविरुद्धको खेलमा पुनः एकपटक नेपाली बलरले उच्चस्तरको प्रदर्शन गरे । टस जितेर बलिङ रोजेको नेपालले बलियो टोली नामिबियालाई ४९ दशमलव १ ओभरमा मात्र १ सय १४ रनमा अलआउट ग¥यो । सामान्य लक्ष्य नेपालले भने ३७ दशमलव ५ ओभरमा ७ विकेट गुमाउँदै भेट्यायो । छिट्टै दुई विकेट गुमाएर दबाबमा आएको नेपालको इनिङलाई बुधवार पनि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले उकासेका थिए । यी दुई खेलाडीले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपाललाई जित नजीक पुर्याएका थिए ।
कप्तान खड्काले लगातार दोस्रो खेलमा अर्धशतक पूरा गरे । क्यानडालाई ७७ रन प्रहार गरेका उनले नामिवियासँगको खेलमा भने ६६ रनको योगदान दिए । आक्रामक ब्याटिङ गरेका उनले ५६ बलको सामना गर्दै ३ छक्का र ६ चौका प्रहार गरेका थिए । नेपालका लागि उपकप्तान मल्लले ३१ रनको योगदान दिए । बसन्त भण्डारीले १८ रन जोडे । बसन्त रेग्मी ५ र सोमपाल कामी २ रनमा नटआउट रहे । शरद भेष्वाकर र सागर पुनले ७÷७ तथा सुवास खकुरेलले ४ रन र आरिफ सेखले १ रन जोडे ।

यसअघि, फिल्डिङ रोज्ने कप्तान खड्काको निर्णयलाई सही साबित गर्ने क्रममा युवा पेसबलर करन केसी र सोमपाल कामीले पहिलो ५ ओभरभित्रै ३ विकेट लिएर नामिवियालाई दबाबमा ल्याएका थिए । नेपालका लागि पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता खेलिरहेका केसीले बुधवार १ मेडनसहित ६ दशमलव १ ओभरमा १२ रन दिएर ३ विकेट लिए । अघिल्लो खेलमा ५ विकेट लिएका केसीले प्रतियोगितामा निरन्तर निखारिएको प्रदर्शन जारी राखेका छन् । सोमपालसहित शक्ति गौचन र बसन्त रेग्मीको नाममा समान दुईदुई विकेट हात पारे ।
प्रतियोगिताअन्तर्गत बुधवारका अन्य खेलहरूमा नेदरल्याण्ड्सले केन्या र क्यानडाले युगाण्डालाई पराजित गरे ।

Comments
Post a Comment