January 14, 2015
क्यासिनो बन्दको असर रोजगारीमा
पुस २९, काठमाडौं । लामो समय क्यासिनो मजदूरका रूपमा काम गर्दै आएका माधव
खनाल क्यासिनो बन्द भएसँगै वैकल्पिक आयको खोजीमा अहिले शेयर बजारतर्फ धाउन
थालेका छन् । शङ्खमूलनिवासी उनीसँग शेयरबजारमा एकै पटक लगानी गर्न पर्याप्त
पूँजी थिएन । त्यसैले थोरै रुपैयाँ लगानीसहित उनी पेशा परिवर्तनको
निष्कर्षमा पुगेका हुन् । सोल्टी होटलस्थित क्यासिनो माजोङमा कार्यरत
खनालसँग क्यासिनो अन्ना, क्यासिनो रोयल, क्यासिनो ¥याडलगायत कम्पनीमा काम
गरेको अनुभव छ ।
क्यासिनो माजोङकै अर्का कर्मचारी मुकुन्दराज खरेललाई अब क्यासिनो मजदूरका रूपमा काम गर्ने इच्छा मरिसकेको छ । लामो समय काम गर्दा पनि व्यवस्थापनबाट शर्तअनुसार तलबभत्ता नपाउने समस्या भोग्दै आएका उनीलगायत दर्जनौँ मजदूर कम्पनीबाट प्राप्त हुन बाँकी बक्यौता पाए पेशा नै छाडिदिने मनस्थितिमा पुगेका छन् ।
यी प्रतिनिधि पात्रले झण्डै ११ हजार मजदूरको प्रतिनिधित्व गर्छन्, जो अहिले रोजीरोटीका लागि वैकल्पिक आयस्रोतको खोजीमा छन् । गत वैशाखदेखि बन्द भएका नेपालका सबै क्यासिनोमा कार्यरत मजदूर यतिबेला बेरोजगार छन् । क्यासिनो मजदूरको हकहितका लागि भन्दै खोलिएका विभिन्न मजदूर सङ्गठनका अनुसार सङ्घमा आबद्ध मजदूरमध्ये कतिपय अहिले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगिसकेका छन् । वैदेशिक रोजगारीका लागि पूँजीको जोहो गर्न नसक्ने मजदूर भने गाउँ फर्किएका छन् । काठमाडौंमा टिक्न सक्ने क्षमता भएका मजदूरले भने वैकल्पिक पेशा रोजेका छन् । पूँजी जुटाउन सक्ने क्षमता भएका महिला कर्मचारीले फेन्सी पसल, ब्यूटीपार्लरलगायत खोलेर आयआर्जनको जोहो गरिरहेको बताइन्छ ।
‘अहिले बेरोजगार कर्मचारीको अवस्था दयनीय छ,’ क्यासिनो माजोङस्थित टे«ड युनियन काङ्ग्रेसका सचिव प्रेम खनाल भन्छन्, ‘हिजो सुटबुटमा ठाँटिएर कामका खटिने कतिपय साथी अहिले दाह्री पालेर सडकमा भौंतारिएको देख्छु ।’ आफ्नो कमाइले परिवार पाल्नुपर्ने बाध्यता भएका धेरै मजदूरको बिचल्ली भएको उनी बताउँछन् ।
मल्ल होटलस्थित क्यासिनो भेनसमा कार्यरत मजदूरमध्ये १० देखि १५ प्रतिशत मजदूर विदेश पलायन भएको अनुमान अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदूर सङ्घ, भेनस एकाइका अध्यक्ष प्रेम लामाको छ । ‘क्यासिनो मजदूर यतिबेला बेचैन अवस्थामा छन्’, लामा भन्छन्, ‘स्वदेशमा क्यासिनो व्यवसायसँग मिल्दोजुल्दो वैकल्पिक काम पाइँदैन, विदेश जान पूँजी छैन ।’ मजदूरलाई नियमावली, प्रावधान र व्यवस्थाभन्दा बढी आप्mनो रोजीरोटीको चिन्ता भएको भन्दै उनले मजदूरमा बढ्दै गएको आक्रोेश कम गर्न तत्काल क्यासिनो सञ्चालनको वातावरण बनाउनु पर्नेमा जोड दिए ।
क्यासिनोभित्र पनि केही विभागको काम अन्य व्यवसायसँग मिल्दोजुल्दो भए पनि आफ्ना मान्छेको ‘लिङ्क’ नहुँदा काम नपाउने समस्या अत्यधिक रहेको मजदूरहरूको गुनासो छ । सबै क्यासिनोमा कार्यरत मजदूरहरू कुनै न कुनै रूपमा आफूआबद्ध मजदूर सङ्घको सम्पर्कमा छन् । विदेश जानुपर्दा या गाउँ फर्कनुअघि उनीहरूले सङ्घलाई कम्पनीबाट पाउनुपर्ने आफ्नो हिसाब–किताबबारे सम्झाउने गरेका छन् । ‘अधिकांश मजदूर अहिले पनि ‘पर्ख र हेर’को स्थितिमा छन्,’ खनालले भने ।
क्यासिनो सञ्चालकहरू भने व्यवसाय बन्द रहेको अवस्थामा पनि आफ्ना मजदूरलाई विविध किसिमका सहयोग जारी राखेको बताउँछन् ।
सञ्चालकहरूले विशेषगरी वैदेशिक रोजगारीमा जाने मजदूरलाई कम्पनीबाट अनुभवको प्रमाणपत्र उपलब्ध गराइदिने तथा परामर्शसमेत दिने गरेको क्यासिनो सञ्चालक सङ्घका सदस्य प्रसन्नमान श्रेष्ठको भनाइ छ । ‘हामी पनि मजदूरको पीडा बुझ्छौं, उनले भने, ‘तर, दीर्घकालसम्म व्यवसाय सञ्चालनको वातावरण बनेको अवस्थामा मात्र त्यो मजदूर र सञ्चालक दुवैको हितमा हुन्छ ।’ तत्कालका लागि वैकल्पिक व्यवसायमा गए पनि अन्ततः सबै मजदूर आफ्नै पेशामा फर्कने श्रेष्ठको भनाइ छ । ‘उहाँहरूमा लामो समय काम गरेको अनुभव छ,’ उनले भने, ‘बन्द क्यासिनो सञ्चालनमा आएपछि पुरानै कम्पनीमा फिर्ता गर्छौं ।’

Comments
Post a Comment