‘लर्डस् होटल एण्ड रिसोर्ट’ नेपालमा लगानी थप्दै

February 2, 2015
माघ १८, काठमाडौं । भारतीय चेन होटल कम्पनी ‘लर्डस् होटल एण्ड रिसोर्ट’ले नेपालमा दोस्रो होटल परियोजना सञ्चालन गर्ने भएको छ । लर्डस्ले भक्तपुरको साँगास्थित १ सय ४३ फीट अग्लो महादेव मूर्ति परिसरमा सञ्चालित हिलटेक हेल्थ स्पा एण्ड रिसोर्टलाई स्तरोन्नति गर्दै अत्याधुनिक रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो । लर्डस्ले हिलटेक लर्डस् रिसोर्टका नाममा सो रिसोर्ट सञ्चालनको योजना बनाइरहेको हिलटेक स्पा एण्ड रिसोर्टका प्रबन्धक सुमित गोयलले जानकारी दिए ।

‘लर्डस्ले रिसोर्ट सञ्चालन गर्नेसम्बन्धमा अध्ययन गरिरहेको छ,’ उनले भने, ‘सम्भवतः इण्टेरियर डिजाइनमा परिवर्तन गर्दै रिसोर्ट नयाँ स्वरूपमा सञ्चालन हुनेछ ।’ धार्मिक पर्यटक बढी पुग्ने सो क्षेत्र पछिल्लो समय बिदा मनाउनेहरूका लागि पनि प्रमुख गन्तव्यका रूपमा स्थापित भइरहेको छ । भारतीय पर्यटकहरूमा समेत लोकप्रिय महादेव मन्दिरमा व्यापारको उच्च सम्भावना देखेपछि लर्डस्ले रिसोर्ट सञ्चालनको योजना बनाएको हो । लर्डस्ले यसअघि बत्तीसपुतलीमा ‘मिराज लर्डस् इन’ नामक होटल सञ्चालन गरिसकेको छ । सो होटल लर्डस्को पहिलो र एकमात्र अन्तरराष्ट्रिय चेन हो ।

महादेव मूर्ति परिसरमा अत्याधुनिक सुविधासम्पन्न रिसोर्ट सञ्चालन गर्ने सम्बन्धमा लर्डस्का भाइस प्रेसिडेण्ट ऋषि पुरी र नेपालका उद्योगपति तथा मूर्ति निर्माता कमल जैनबीच सम्झौता भइसकेको बताइएको छ । हाल ३८ कोठा रहेको रिसोर्टमा लर्डस्का तर्पmबाट थप कति लगानी गर्ने भन्नेबारे छलफल जारी रहेको गोयलले बताए । ‘धेरै कुरा अध्ययनकै क्रममा छन्,’ उनले भने, ‘लर्डस्ले आफ्नो स्तरअनुसार रिसोर्टलाई स्तरोन्नति गर्नेछ ।’

भारतीय सञ्चारमाध्यमहरूका अनुसार लर्डस्ले रिसोर्टमा ५० भन्दा बढी कोठा थप गर्ने योजना बनाएको छ । धार्मिक र माइस पर्यटकको उच्च सम्भावना देखेपछि लर्डस्ले साँगामा रिसोर्ट सञ्चालनको सोच बनाएको पुरीले बताएका छन् ।

लर्डस्का अनुसार रिसोर्ट धार्मिक या बिदा जुनसुकै उद्देश्यले पुग्नेहरूका लागि समेत उपयुक्त हुनेछ ।

‘रन अफ रिभर’ प्रविधिमा बन्न लागेको आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियुनिट ७ र वर्षायामको समय प्रतियुनिट ४ रुपैयाँमा विद्युत् खरीद सम्झौता (पीपीए) गरिसकेको छ । आयोजनाबाट विद्युत् उत्पादन शुरू भएपछि लोडशेडिङ केही भए पनि घट्ने अपेक्षा गरिएको छ ।

सिक्लेस जलविद्युत् आयोजनाका लगानीकर्ताले यसअघि ४ मेगावाट क्षमताको गण्डकी हाइड्रोपावर, १ मेगावाट क्षमताको सेती १ र ४ दशमलव ५ मेगावाट क्षमताको सेती २ परियोजनामा लगानी गरिसकेका छन् ।

Comments